काठमाडौं । नेपाली काँग्रेसका नेता एवं सङ्घीय सांसद दिलेन्द्रप्रसाद बडूले दार्चुलामा बसोबास गर्दै आएका ‘सौका’ समुदायको बसाइँसराइ (कुन्छा) सर्ने सम्बन्धमा आइपरेको समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। उनले आज एक वक्तव्यमार्फत बसाइँसराइका लागि नेपालतर्फको बाटो पहिराले अवरुद्ध रहेको र लकडाउनका कारण भारतको बाटो प्रयोग गर्ने अवस्था नभएकाले तत्काल वैकल्पिक उपायबाट आवश्यक व्यवस्था गर्न ध्यानाकर्षण गराएको हो ।
दार्चुलाको ब्यास गाउँपालिका–१ लगायत स्थानीय सौका समुदाय तथा अन्य नागरिक मङ्सिरदेखि चैतसम्म जिल्ला सदरमकाम खलङ्गलगायत क्षेत्रमा तथा वैशाखदेखि कात्तिकसम्म हिमाली क्षेत्रको तिङ्कर र छाङरूगाउँमा आ–आफ्नो परिवार र गाईवस्तुसहित कुन्छा सर्ने गर्छन् । उक्त क्षेत्रमा आवतजावत गर्नका लागि नेपालतर्फ बाटोघाटो राम्रो नभएकाले वर्षेनी उनीहरु भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । नेपालतर्फ ब्याँस गाउँपालिकाको घाँटीबगरबाट गिरगिरेसिङसम्म करिब दुई किलोमिटर बाटो पहिरो गइ अवरुद्ध भएकाले समयमै कुन्छा सर्न नपाउँदा सौका समुदाय बिचल्लीमा परेको उनले बताएका छन् ।
विगतमा ब्याँसको तिङ्कर र छाङरूका झण्डै १५० परिवार वैशाख पहिलो हप्ताभित्र कुन्छा सर्ने गरेको पनि यसपालि कोरोना भाइरसको सङ्कटका कारण नेपाल र भारत दुवैतर्फ लकडाउन लागू भएकाले बसाइँ सर्न नसकेको नेता बडूले उल्लेख गरेका छन् । उनले सो क्षेत्रको सीमास्थित महाकाली नदी किनारको घट्टेबगर तथा गिरगिरेसिङमा दुवै ठाउँमा अस्थायी पुल निर्माण गरेर दुई किलोमिटर मात्र भारतीय बाटो प्रयोग गर्ने गरी कुन्छा सर्न वैकल्पिक व्यवस्था मिलाउनका लागि भारतीय सरकारसँग कूटनीतिक पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: