काठमाडौं । कोरोना भाइरसको हालसम्म ४७ हजार ४९६ जनाको परीक्षण गरिएको छ । जसमा पिसिआर विधिबाट नौ हजार ४०७ र ¥यापिड डायग्नेस्टिक टेस्ट प्रविधिबाट परीक्षण गर्नेको सङ्ख्या ३८ हजार ८९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।
मन्त्रालयमा आज आयोजित नियमित पत्रकार भेटघाटमा पछिल्लो २४ घण्टामा तीन हजार ७९१ नयाँ प्रयोगशाला परीक्षण भएको जानकारी दिइयो । क्वारेन्टाइनमा रहने व्यक्तिको सङ्ख्या हालसम्म १२ हजार ९८५ छ भने आइसोलेसनमा रहने सम्भावित सङ्क्रमितको सङ्ख्या ८९ जना रहेको छ । काठमाडौँ उपत्यकामा तीन र उपत्यका बाहीर ८६ जना रहेका जानकारी गराइएको छ । त्यसैगरी हाल कोभिड १९ को रेड जोनमा पर्नेको सङ्ख्या २८७ पुगेको छ ।
मन्त्रालयमा सञ्चालनमा रहेका कलसेन्टरमा गत २४ घण्टामा एक हजार ७०८ रहेका र ती सबै कलको सम्बोधन स्वास्थ्यकर्मीबाट भइसकेको पनि मन्त्रालयले जानकारी गारएको छ । कोरोना भाइरसबारे जानकारी लिनका लागि स्वमूल्याङ्कन फारम भर्नेको सङ्ख्या २४ हजार ९२६ रहेको छ ।
मन्त्रालयले यस भाइरसको रोकथाम, नियन्त्रण र सहजीकरणका लागि विभिन्न स्थानीय निकायमा खटिनका लागि समूह गठन गर्ने तयारी गरेको छ । जनस्वास्थ्य अधिकृत, प्रयोशालाका कर्मचारी, नर्स गरी तीनको समूह बनाइने जुन हरेक गाउँपालिकामा एक समूह, नगरपालिकामा दुई, उपमहानगरपालिकामा तीन, महानगरपालिकामा पाँचसमूह परिचालन गर्ने तयारी रहेको जनाएको छ ।
आज नयाँ सङ्क्रमित नभएकाले नेपालमा हालसम्म कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ४८ नै रहेको छ । दश जना उपचारपछि घर फर्किसक्नुभएको छ । ३८ को उपचार भइरहेको छ भने उपचारमा रहेका सबैको स्थिति सामान्य रहेको छ ।
यसैबीच मन्त्रालयले कोभिड–१९ को जोखिम नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा ज्येष्ठ नागरिकको स्वास्थ्य र स्याहारमा विशेष ध्यान पु¥याउन आग्रह गरेको छ । पछिल्लो समय औषधिको मूल्य बढेको कुरा बाहिर आएको भन्दै प्रवक्ता देवकोटाले मूल्य बढाउनुपर्ने कुनै कारण नभएको भन्दै सबै सम्बन्ध भएका निकायलाई कुनै पनि औषधिको मूल्य नबढाउन आग्रह गर्दै बढाएको पाइए कारवाही गर्ने चेतावनीसमेत दिए ।
मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले यस वर्षको रमजानमा घरमा नै बसेर नमाज पढ्न अनुरोध गरे । शनिबारदेखि यस वर्षको रमजान शुरु हँुदैछ । यस भाइरसको नियन्त्रणका लागि आयोगले हरेक जिल्लामा अनुगमन समिति बनाएर मस्जिदको अनुगमन गरिरहेको उनले जानकारी दिए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: