एजेन्सी । कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमणको महामारी र यसलाई नियन्त्रणमा ल्याउनका लागि सरकारले अपनाउने नीतिका कारण खाद्यान्न आपूर्ति प्रक्रियामा अवरोध आउनसक्ने विश्व बैंकले चेतावनी दिएको छ ।
कोभिड–१९ को सङ्क्रमणका कारण विश्वभरी बन्दाबन्दी घोषणा वा सङ्क्रमणको त्रासमा व्यवसायिक गतिविधिमा अवरोध आएपनि खाद्यान्नको मूल्य भने स्थिर रहने विश्व बैंकले बिहीबार सार्वजनिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
बन्दाबन्दी र कोभिड–१९ नियन्त्रणका लागि अवलम्वन गरिने उपायका कारण कृषि सामानहरूको मागमा कुनै कमी नआएको र महामारीका समयमा पनि ती सामग्रीको मूल्य तेल, धातु वा अन्य औद्योगिक सामग्रीको तुलनामा स्थिर रहने उक्त प्रतिवेदनमा बताइएको छ ।
“कृषि सामग्री आर्थिक वृद्धिसँग कम सम्बन्धित रहेको र सन् २०२० को पहिलो त्रैमासिकमा यस क्षेत्रको कारोबारमा यातायातका साधनमा प्रयोग हुने रबर बाहेकका कृषि उत्पादनमा सामान्य गिरावट देखिएको छ,” विश्व बैंकले भनेको छ ।
“कृषि उत्पादनको मूल्य यस वर्ष ‘व्यापाकरूपमा स्थिर’ रहनेछ किनकि अत्यावश्यक खाद्यान्नको ‘उत्पादन अवस्था र भण्डारणमा उच्च वृद्धि’ हुनेछ,” बैंकका अधिकारीहरूले बताए । अधिकारीले चेतावनीको भाषामा भनेका छन्,“सन् २०२० मा उत्पादकहरूले व्यापार र वितरणमा भएको अवरोधका कारण मल, किटनाशक सामग्री तथा श्रमिकको उपलब्धतामा भने समस्या झेल्नेछन् ।”
“यूरोपमा फूलको निर्यात गर्ने केन्या र तान्जिनियामा सङ्क्रमणका कारण पूर्णतया बन्द अवस्था रहेको छ भने उत्तर अफ्रिकी तरकारी तथा फलफुल आपूर्तिकर्ता मुलुकहरू सङ्क्रमणका कारण प्रभावित बनेका छन्,” प्रतिवेदन लेखनमा सहायक भूमिका रहेका बैंकका अर्थशास्त्री जोन ब्याफेजले भन्नुभयो । व्याफेजले एएफपीसँग भन्नुभयो, “आपूर्ती प्रक्रिया कति जटिल छ भनेर हामी देख्न सक्छौ ।”
सङ्क्रमणले महामारीको रूप लिएपछि विश्वका अधिकांश मुलुकमा व्यापार तथा सामान्य देनिक गतिविधिमा विभिन्न प्रकारका अवरोधहरू आएका छन् । रूसले गहुँ र भियतनामले चामलको आपूर्र्तिलाई सिमित गरेका छन् भने फिलिपिन्सले पनि अत्यधिक चामल निर्यातलाई नियन्त्रण गर्ने नीति अघि सारेको छ ।
“अद्यापि ती उपायहरूलाई व्यापकरूपमा प्रयोगमा ल्याइएको नभएपनि त्यसलाई कडाईका साथ कार्यान्वयनमा ल्याइयो भने यसले समस्या निम्त्याउनेछ ,” प्रतिवेदनमा भनिएको छ ।
यसैगरी सन् २०२० मा इन्धनको मूल्यमा ४० प्रतिशतको गिरावट आउने अनुमान गरेको छ तर यसमा सन् २०२१ सम्ममा पूरानो अवस्था आइपुग्ने विश्व बैंकले जनाएको छ ।
सन् २०२० मा तेलको औसत मुल्यमा प्रतिव्यारेल ३५ डलर कायम हुने प्रक्षेपण गरिएको छ । यो अघिल्लो वर्षको भन्दा भण्डै ३४ प्रतिशतको गिरावट हो । सन् २०१९ मा तेलको औसत मूल्य प्रति व्यारेल ६१ अमेरिकी डलर कायम रहेको थियो ।
विश्वव्यापी आर्थिक वृद्धिमा प्रभावकारी भूमिका रहने धातुजन्य पदार्थहरू फलाम, तामा र जस्ता ९जिङ्क० जस्ता सस्तो धातुजन्य पदार्थको मूल्यमा औसत १३ प्रतिशतले गिरावट आउने बैंकको रिपोर्टमा प्रक्षेपण गरिएको छ ।
प्रतिवेदन तयारमा सम्लग्न अर्थविद्हरूले दैनिक उपभोग्य वस्तुहरूमा पनि ‘दीर्घकालीन प्रभाव’ पर्ने सम्भावना दर्शाएका छन् । सामाजिक दूरी कायम गर्नुर्ने बाध्यताका कारण यातायात सेवामा पर्ने प्रभाबका कारण तेलको मूल्यमा अहिलेको मूल्यमा अझ गिरावट आउने प्रक्षेपण उनीहरूले गरेका छन् । सङ्क्रमण नियन्त्रणका लागि यातायातका साधनहरू नचल्दा प्रमुख आपूर्ति प्रक्रियामा प्रभाव पर्ने र कच्चा पदार्थको अभावमा धेरै उत्पादनहरूमा ह्रास आउने अर्थविद्हरूको व्याख्या रहेको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: