Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

रास्वपाको समानुपातिक सूची सार्वजनिक : ५७ सांसदको नाम सिफारिस (सूचीसहित)

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ। दलगत समावेशी सिद्धान्तअनुसार विभिन्न समुदाय र वर्गबाट उम्मेदवार चयन गरिएको पार्टीले जनाएको छ।

रास्वपाले खस आर्य, आदिवासी जनजाति, मधेसी, दलित, थारु र मुस्लिम समुदायबाट प्रतिनिधित्व सुनिश्चित गर्दै सूची टुंग्याएको हो। खस आर्यतर्फ १६ महिला र एक पुरुष, आदिवासी जनजातितर्फ १३ महिला र तीन पुरुष, मधेसीतर्फ ६ महिला र तीन पुरुष, दलिततर्फ ७ महिला र एक पुरुष, थारु समुदायबाट दुई महिला र दुई पुरुष तथा मुस्लिम समुदायबाट तीन महिला सिफारिस गरिएको छ।

खस आर्य

प्रतिभा रावल
रचना खतिवडा
लिमा अधिकारी
विदुषी राणा
समीक्षा बास्कोटा
श्रद्धा कुँवर
टीका सङ्ग्रौला
क्रान्ति शिखा धिताल
आकृति अवस्थी
सृष्टि भट्टराई
मञ्जु भुसाल
प्रभा कार्की
शोभा खनाल
रत्ना कुमारी थापा
ज्ञानु पौडेल
प्रभा ढकाल
रमेश प्रसाईँ

आदिवासी जनजाति

बसुमाया तामाङ
गङ्गा छन्त्याल
सुन्नीमा उदास
अनुष्का श्रेष्ठ
ओजस्वी शेरचन
सिर्जना श्रेष्ठ
रजनी श्रेष्ठ
कुसुम महर्जन
भूमिका श्रेष्ठ
प्रमीला कुलुजु
सुजाता तामाङ
कृपा महर्जन
एलिजा गुरुङ
राम लामा
खुश्बु सरकार श्रेष्ठ
मिङ्मा ग्याबु शेर्पा

मधेसी

पुनमकुमारी अग्रवाल
निशा मेहता
ललिता कुमारी
अंकिता ठाकुर
सरिता महतो
कामिनी कुमारी
पुरुषोत्तम सुप्रभात यादव
खगेन्द्र कर्ण

दलित

रीमा विश्वकर्मा
अमृता विक
सीता बादी
स्मृति सेन्चुरी
सुष्मा स्वर्णकार
तारा विश्वकर्मा
खिमा विक

थारु

गीता चौधरी
करिस्मा कठरिया
सुरेन्द्र चौधरी
प्रेमलाल चौधरी

मुस्लिम

समिना मिया
अफ्साना बानु
गलाजा शमीम मिकरानी

रास्वपाले प्राप्त मतका आधारमा समानुपातिक सिट बाँडफाँट गरी समावेशी प्रतिनिधित्व कायम गरिएको जनाएको छ। निर्वाचन आयोगले औपचारिक अनुमोदन गरेपछि यी उम्मेदवारहरू प्रतिनिधिसभा सदस्यका रूपमा घोषणा हुनेछन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माडी नदीमा डुबेर सडक मजदुरको मृत्यु

प्यूठान । माडी नदीमा डुबेर एक सडक मजदुरको ज्यान गएको छ । नौबहिनी गाउँपालिका-१ स्याउलिवाङका ३५ वर्षीय फरम मल्लको ज्यान गएको हो । नुहाउन खोलामा गएका ...

२५ दिनमै अनुसन्धान सक्न गाह्रो: गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुदन गरूङले ज्यानसम्बन्धी कसुरमा पक्राउपछि अनुसन्धानका लागि दिइने २५ दिनको कानुनी समयसीमा अपुग हुने बताएका छन्। गृह मन्त्रालयमा ...

एमाले–नेकपाबीच सहकार्यको सघन छलफल, ओलीलाई भेट्न पुगे प्रचण्ड

काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । पत्थरीको अपरेसनपछि त्रिवी शिक्षण अस्पतालमा उपचाररत ओल...

धनकुटामा भ्यू टावरदेखि पार्कसम्म, पर्यटकको खडेरी

धनकुटा । पछिल्ला वर्षहरूमा धनकुटामा पर्यटन प्रवर्द्धनको नाममा करोडौँ रुपैयाँ खर्चेर विभिन्न पूर्वाधार निर्माण गरिए पनि अपेक्षित प्रतिफल भने प्राप्त हु...

काठमाडौंबाट कपिलवस्तु पुगेर सुन ठगी, दुई पाकिस्तानी महिला पक्राउ

काठमाडौं । सुन ठगीको आरोपमा दुई पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा २० वर्षीया बीबी काल्सुम र ४१ वर्षीया साभ्ना रहेका छन् ...

मातातीर्थ कुण्डमा भक्तजनको घुइँचो, आमाप्रति श्रद्धा प्रकट

काठमाडौं । आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । आज काठमाडौंको मातातीर्थमा ...

तिंकर सडक कुर्दै व्यासको बेचैनी

धनगढी । देशको नक्सामा रेखा कोर्न सजिलो छ, तर भूगोल जोगाउन बाटो चाहिन्छ । बाटो नभए सीमाना कागजमै रहन्छ, बस्ती बिस्तारै पराइ बन्छ । व्यासको कथा यही हो। ...

आज मातातीर्थ औँसी, श्रद्धा भक्तिसाथ मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा-मीठा खानेकुरा खान ...

जनकपुर रिफाइनरीमा आगलागी, १५ करोड बराबरको क्षति

धनुषा । मिथिला नगरपालिका-७, ढल्केबरस्थित जनकपुर रिफाइनरीमा आगलागी भएको छ । गए राति भएको आगलागीबाट १५ करोड बराबरको क्षति भएको रिफाइनरीका प्रबन्धक सञ्जय...

१८ वर्षअघि बेपत्ता भएका छोरा फेसबुक भिडियोमा भेटिए

कञ्चनपुर । सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरिएको एउटा भिडियोले १८ वर्षदेखि हराएको छोराको खबर ल्याएपछि शुक्लाफाँटा नगरपालिका–१२ का डम्बरबहादुर नेगीको पर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending