Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

राहत वितरणमा अनियमितता भएको भन्दै गाउँले हातपात र ढुङ्गामुढा गरे

सप्तरी । लकडाउनको अवधि लम्बिँदै एक महिना नाघेको छ । कोराना महामारी नियन्त्रणका लागि घोषित लकडाउन लम्बिँदै गएपछि समस्यामा परेकाहरुका लागि प्रदेश नं २ सरकारले छ दिन अघि दोस्रो चरणको राहत प्याकेजको घोषणासमेत गरेको छ ।

यता लक्षित परिवारको घरमा राहत पुग्न नसक्दा दैनिक ज्याला मजदूरी गर्न नपाएका गरिब, विपन्न भोकै परेका छन् । प्रदेश सरकारले दोश्रो चरणको राहत प्याकेजको घोषणा गरे पनि सप्तरीमा कतिपय स्थानीय तहले अझै पहिलो चरणको राहत वितरण गर्न सकेका छैनन् । राहत वितरण भएका स्थानीय तहमा पनि तीव्र विवाद देखिएको छ ।

जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिले आ–आफ्ना नजिकका मतदाताको नामावली छनोट गर्नाले जीवन जोखिममा परेकाको नाम छुटेको भन्दै विवाद बढेको हो । महामारीका बेलामा राहत बाँड्न सक्ने क्षमता भएकाले नै राहतमा लोभ गर्दा गरिब, विपन्न राहत पाउनबाट वञ्चित भएका छन् । राहत वितरणमा राजनीति र भ्रष्टाचार भएको गुनासो बढ्दै गएपछि स्थानीय तहहरुमा तीव्र विवाद देखिएको छ ।

राहतका विषयमा कतै वडा कार्यालय र जनप्रतिनिधि घेराउमा परेका छन् त कतै तालाबन्दी र राहत बहिष्कार भएको छ । कञ्चनरुप नगरपालिकामा जनप्रतिनिधिमाथि हातपात भएको छ भने राहतका विषयमा डाकनेश्वरी नगरपालिकामा दोहोरो झडपको घटना भएको छ ।

डाकनेश्वरी नगरपालिका–८ मा गए राति वडाध्यक्ष उमेशकुमार यादव पक्ष र असन्तुष्ट पक्षबीच दोहोरो झडप हुँदा दुवै पक्षका सात जना घाइते भएका छन् । घाइते हुनेमा वडाध्यक्ष पक्षका रञ्जित मण्डल, रामप्रसाद मण्डल र गजेन्द्र यादव छन् । अर्को पक्षमा यानचन मण्डल, उनकी दिदी रामवतीदेवी मण्डल, लालदेव मण्डल र निजकी श्रीमति रतनीदेवी मण्डल छिन् ।

गम्भीर घाइते रञ्जितको राजविराजमा उपचार हुन नसकेपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ । उनको आइसियुमा राखेर उपचार भइरहेको छ । अन्य घाइते रामप्रसाद, गजेन्द्र, यानचन र रामवतीको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ । घाइते लालदेव र रतनीको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार भएको छ ।

राहत वितरण गर्न केही युवासहित सोमबार वडा कार्यालय पुगेका वडा अध्यक्ष उमेशकुमार यादव र सामाजिक परिचालक शिवशङ्कर मेहतासहितलाई असन्तुष्ट २०० बढी गाउँलले हातपात र ढुङ्गामुढा गर्दै भगाएका थिए । एकतर्फीरुपमा राहत पाउनेको नामावली सङ्कलन गरेको आरोप लगाउँदै नेकपा, नेपाली काँग्रेस, राजपा नेपालका कार्यकर्ताले राहत सामग्री राखेको कोठामा आ–आफ्नो ताला लगाएपछि राहत वितरण कार्य स्थगित भएको छ ।

सोही विषयमा गए राति आफ्नो घरमा पुगेर वडाध्यक्ष पक्षधरले कुटपिट गर्दै घाइते बनाएपछि आक्रोशित गाउँलेले लखेटेको घाइते यानचनले बताए । राहत वितरणमा अनियमितता भएको भन्दै विरोधमा उत्रिएका यानचनको घरमा मादकपदार्थ खाएर पुगेका युवाले आक्रमण गरेपछि दुई पक्षबीच दोहोरो झडप भएको स्थानीय विनोद यादवले बताए ।

काँग्रेसबाट निर्वाचित वडासदस्य मानविर रजकले वडाध्यक्ष यादवले बहुमतका आधारमा अन्य राजनीतिक दलका प्रतिनिधिलाई बेवास्ता गर्दै लाठीकै बलमा राहत वितरण गर्न खोज्दा विवाद बढेको आरोप लगाए । गरिब, विपन्नको साटो धनी सम्पन्नलाई राहत वितरण गर्न खोजेपछि बढेको विवाद झडपमा परिणत भएको रजकको भनाइ छ । वडाध्यक्षसहित अन्य तीन वडासदस्य सङ्घीय समाजवादी फोरमबाट निर्वाचित हुन् । फोरमकै गाउँ कमिटी अध्यक्ष उदयकान्त यादवले समेत वडा अध्यक्षको कार्यशैलीको तिब्र विरोध गरे ।

राजनीतिक दलको आधिकारिक प्रतिनिधि नराखी एकतर्फीरुपमा मनमानी तरिकाले राहत बाँड्न खोज्दा समर्थक मतदातासमेत विरोधी बनेको उनले बताए । सो वडामा २६७ परिवारलाई राहत वितरण गर्न छनोट गरिएको थियो । यसअघि कञ्चनरुप नगरपालिका–८ मा राहत वितरणपछि राहत नपाएको भन्दै वीरेन्द्र सरदार र सुरेश सरदारको समूहले वडासदस्य सञ्जय पासवानमाथि आक्रमण गरेर घाइते बनाएका थिए । कोरोना र लकडाउनबाट प्रभावितलाई राहत वितरण गरेर आइतबार साँझ घर फर्किने क्रममा वडासदस्य पासवान र उनका भाइ अजयलाई सोही ठाउँका सरदार दाजुभाइले कुटपिट गरेर घाइते बनाएका थिए ।

टाउकोमा चारवटा टाँका लागेका वडासदस्य संजय र उनका भाइ अजयको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठाना उपचार भयो भने आक्रमणकारी सरदार दाजुभाइलाई पक्राउ गरी कारवाही थालिएको इलाका प्रहरी कार्यालय कञ्चनरूपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताए । राहत पाउनेको नामावलीमा आफ्नो परिवारका सदस्यको नाम छुटाएको भन्दै सरदार दाजुभाइले राहत वितरण भइरहेकै बेला वडा कार्यालयमै पनि झगडा गरेका थिए ।

कोभिड–१९ बाट प्रभावितलाई राहत दिने भनिए पनि सप्तरीका अधिकांश स्थानीय तहमा शिक्षक, कर्मचारी, व्यापारी र धनी किसानले समेत राहत लिएको आरोप लागेको छ । राहत वितरण निर्देशिका २०७६ विपरीत राहत वितरण भएको भन्दै शम्भुनाथ नगरपालिकाका मुसहर समुदायले राहत वितरणस्थल पुगेर राहत फिर्ता गरे ।

शम्भुनाथ नगरपालिका–७ मा पूर्वसरकारी कर्मचारी र औषधि पसलेजस्ता हुनेखाने तथा धनी किसानलाई समेत राहत दिएर गरिबको भाग खोसेको भन्दै शम्भुनाथका मुसहर समुदायले राहत वितरणस्थल पुगेर राहत बहिष्कार गरेका हुन् । सो वडामा एक हजार ७५ घरधुरीलाई राहत वितरण गरिएको छ । कञ्चनरूप–४ मा सबैलाई राहत दिनुपर्ने भन्दै महिलाले वडा कार्यालय घेराउ गरे भने विष्णुपुर गाउँपालिका ६ मा राहत वितरणको चर्चा सुने पनि अन्नको गेडो देख्न नपाएको दलितहरुले गुनासो गरेका छन् ।

खडक नगरपालिका–१ मा वडाध्यक्ष सिंघेश्वर मण्डलसहितका जनप्रतिनिधिले सर्वदलीयरूपमा तथ्याङ्क सङ्कलन नगरी आफ्ना आसेपासे र कर्मचारीलाई समेत राहत वितरण गरेको पूर्वगाविस अध्यक्ष वृजनारायण साहले आरोप लगाए । हनुमाननगर कङ्कालिनी–१ का आकाशराज भण्डारीले राहत नपाउनुपर्ने धनी व्यक्तिको नाम राहत पाउने सूचीमा समावेश गरिएकोमा दुःख व्यक्त गरे । रुपनी गाउँपालिका वडा नम्बर १, ४ र ५ मा वितरण गरिएको चामल सम्झौता विपरस्त गुणस्तरहीन भएको भन्दै तीव्र विरोध भएपछि अन्य वडामा राहत वितरण स्थगित भएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy