Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

‘कोविड १९’ को खोप विश्वका सबै नागरिकले उपभोग गर्न पाउनुपर्छ : महासचिव गुटर्रेसले

न्युयोर्क । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले कोरोना भाइरस ‘कोविड १९’ को खोप विश्वका सबै नागरिकका लागि उपलब्ध हुनुपर्ने बताएका छन्।

उनले शुक्रबार ट्वीट गर्दै भनेका छन्, यो कुनै एक देश वा क्षेत्र विशेषका लागि होइन कि संसारमा सबै मानिसले उति नै दुःख पाएकोले यो खोप विश्वका सबै देशका लागि सुलभ हुनुपर्दछ ।

यो खोप विश्वका सबै नागरिकले उपभोग गर्न पाउने सार्वजनिक वस्तुजस्तै हुनुपर्ने उहाँको जोड छ । विश्वका केही देशले पछिल्ला केही दिनयता यो खोप मानिसमा परीक्षण गरेको भन्ने समाचार आएपछि महासचिव एन्टोनियो गुटर्रेसको यो भनाई आएको हो ।

यो कोरोना भाइरसको प्रकोपका विरुद्ध खोप निर्माणको प्रतिश्पर्धा विश्वमा भइरहेकोमा दुई दिनअघि बेलायत र संयुक्त राज्य अमेरिकाले यो खोपको परीक्षण मानिसमा शुरु भएको बताएका थिए ।
बेलायतमा कोरोना भाइरस खोपको परीक्षण शुरु गरिएको समाचार बिहीबार मात्र सार्वजनिक भएको थियो । बेलायतले अक्सफोर्डमा मानिसमा कोरोनाभाइरस खोपको पहिलो परीक्षण सुरु गरिएको समाचार आएको थियो ।

उनले सो ट्वीटमा भनेका छन् – अहिलेको सम्पूर्ण विश्वले नै यो कोभिड १९ को महामारीबाट मुक्ति चाहन्छ । मलाई लाग्छ यो नै संसारको जनस्वास्थ्यकै सबैभन्दा ठूलो उपलब्धि हुनेछ उनले भनेका छन्।

महासचिव गुटर्रेसले विश्वव्यापी चासोको विषय भएकोले यससम्बन्धी तथ्यहरु सार्वजनिक गर्नुपर्ने र संसारका मानिसले पनि यसलाई औषधीका रुपमा प्रयोग गर्ने अधिकार राख्ने पनि बताएका छन् ।
उहाँले यस्तो विश्वव्यापी जनचासोको तथा नागरिकको जीवनसँग जोडिएको स्वास्थ्यको विषय भएकोले विश्वका सबै नागरिकलाई पनि ठूलो उपलब्धिको विषय हो भनेका छन् ।

उनले यो नयाँ प्रयासले विश्वका नेताहरु, निजी क्षेत्र तथा सरकारी निकाय तथा क्षेत्रहरु, वैज्ञानिक तथा मानवीय सहायतामा कामगर्ने विश्वका अधिकारकर्मी तथा नागरिक एवं विश्वमा जनस्वास्थ्यका क्षेत्रमा काम गर्ने सबैलाई एकै ठाउँमा ल्याएको पनि बताएका छन् ।

उनले यो प्रयासका लागि विश्वका नेताहरुलाई धन्यवाद पनि दिनुभएको छ । विश्वव्यापी रुपमा फैलिएको यो कोविड १९ को महामारीका विरुद्धमा एक भएर लड्न पनि उनले सबैलाई आह्वान गरेका छन्।

यसैबीच कोरोनाभाइरसका विरुद्ध खोप निर्माण गरेर पहिलो पटक परीक्षण गरिएको समाचारमा जनाइएको छ । यस खोपको अध्ययनको लागि चयन गरिएका ८०० भन्दा बढी स्वयंसेवकमध्ये दुई जनाबाट त्यसको शुरुवात गरिएको बताइएको थियो ।

गएको तीन महिनाभित्रै यो खोप अक्सफोर्ड विश्वविद्यालयको एक टोलीले तयार पारेको बताइएको छ । सो अनुसन्धान टोलीको प्रमुखका रुपमा जेनर इन्स्चिच्युटका खोप विज्ञानकी प्राध्यापक सारा गिल्बर्टले प्रि–क्लिनिकल अध्ययनहरूको नेतृत्व गरेर सो खोपको परीक्षणका लागि सार्वजनिक गरेको बताइएको छ ।

उक्त खोप दिनका लागि स्वयंसेवकहरु छनोट गरिएको र आधाजसोलाई यो कोविड १९ को खोप दिइने बताइएको छ । तीमध्येका आधालाई यसको नभएर मेनिन्जाइटिस्को खोप दिइने बताइएको छ ।

उनीहरुलेमध्येका आधाजति स्वयमसेवकहरूले आफूले कुन खोप लगाएको हो भन्ने बारेमा पनि थाहा नपाउने गरी यसको परीक्षण थालिएको चिकित्सकहरुले जनाएका छन् । एपी

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: