दैलेख । कोरोनाको उच्च जोखिममा रहेको पुष्टि भएका दुई सङ्क्रमित कोरोनामुक्त भएर घर फर्केपछि बागलुङमा कोरोनाको जोखिम टर्दै गएको छ । भेटिएका सङ्क्रमति उपचारपछि निको भएर जानु र नयाँ सङ्क्रमण फेला नपर्नुले बागलुङमा कोरोनाको जोखिम हटेर गएको सर्वसाधारणले महसुस गर्न थालेका छन् ।
बागलुङ नगरपालिका–४ कुँडलेकी १९ वर्षीया अंशु सापकोटा र बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया मनकुमारी पौडेल अस्पतालबाट कोरोनामुक्त भएर घर फर्कनु र नयाँ सङ्क्रमित फेला नपरेका कारण कोरोनाको जोखिम टर्दै गएको दुई कोरोना सङ्क्रमितको सफलतापूर्वक उपचार गराइसकेको धौलागिरी अञ्चल अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बी पोखरेलले जानकारी दिए ।
पोखरेलले बागलुङमा थप कोरोना सङ्क्रमित पुष्टि नहुनु र भइसकेका डिस्चार्ज हुनुले जोखिम हट्दै गए पनि उद्धारका नाममा बागलुङ भित्रिएकाले चुनौती सिर्जना गर्न थालेको गुनासो गरे। “अब बागलुङमा कोरोनाको जोखिम टर्दै गएको हो”, डा पोखरेलले भने, “उद्धारका नाममा बागलुङ भित्रिएकाबाहेक अरुमा कोरोना सङ्क्रमण नहुन सक्छ, किनकि धेरै एक महिना अगाडि नै बागलुङ आएका थिए ।” पोखरेलका अनुसार लकडाउनपूर्व आएकाको सबैको द्रुत परीक्षण गर्नु र होम क्वारेन्टाइनमा बस्दा कोरोना सर्ने जोखिम कम भएको थियो ।
हालसम्म एक हजार ३० जनामा कोरोनाको द्रुत परीक्षण र १०० बढीको स्वाब परीक्षण सम्पन्न गर्दा दुई जनाबाहेक कसैलाई पनि कोरोना पुष्टि हुन नसकेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले जानकारी दिए। दुईबाहेक थप सङ्क्रमितको पुष्टि हुन नसकेको अवस्था र सङ्क्रमितका परिवारलाई समेत कोरोना नसरेको अवस्थामा बागलुङ ‘सेफल्यान्डिङ’तर्फ गइरहेको बागलुङमा कार्यरत स्वास्थ्यकर्मी बताउँछन् । कोरोनाको जोखिम हट्दै गएको सन्दर्भमा विभिन्न व्यक्तिले उद्धारका नाममा काठमाडौँ, पोखरा तथा भैरहवादेखि मानिस बागलुङ भित्र्याउन थालेपछि कोरोनाको जोखिम हट्दै गएको बागलुङमा थप समस्या पैदा हुनसक्ने डा पोखरेलको भनाइ छ । बागलुङमा पछिल्लो एक हप्तामा झण्डै एक हजार ६०० मानिस भित्रिएका छन् ।
सत्र दिनको अस्पताल बसाइपछि मनकुमारी पौडेल र २८ दिनको बसाइपछि अंशु सापकोटा कोरोनामुक्त भएर घर फर्केसँगै बागलुङका नागरिकलाई राहत मिलेको छ । नेपालमै पाँचौँ र छैटौँ सङ्क्रमित बागलुङमा पुष्टि हुँदा निकै भयानक स्थिति पैदा हुने आशङ्का गरे पनि दोस्रो व्यक्तिमा कोरोना सर्न नपाएका कारण थप जोखिम बढ्न नपाएको हो ।
गत चैत ४ गते बेल्जियमबाट कतार एयरवेजको विमान हुँदै नेपाल आएका बागलुङका दुई सङ्क्रमितमध्ये चैत १५ गते सापकोटा र चैत २० गते पौडेलमा कोरोना पुष्टि भएको थियो । उहाँहरुले आत्मबलका कारण कोरोना जितेर घर फर्केको प्रतिक्रिया दिएका छन् । दुई कोरोना सङ्क्रमित अस्पतालबाट सकुशल घर फर्कनु र थप सङ्क्रमितको पुष्टि नहुनुले बागलुङमा कोरोनाको जोखिम हट्दै गएको हो ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: