तनहुँ । गोरखा भूकम्पको पाँच वर्ष पूरा हुँदा तनहुँ जिल्लामा ४७ प्रतिशत निजी आवास निर्माण सम्पन्न भएको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) तनहुँका अनुसार पूर्णतर्फ १३ हजार ९४६ र आंशिकतर्फ एक हजार १८५ लाभग्राही रहेकामा सात हजार २१४ निजी आवास पुनःनिर्माण सम्पन्न भएको हो ।
व्यास नगरपालिकामा दुई हजार ३७४ लाभग्राहीमध्ये एक हजार १३६, भानु नगरपालिकामा चार हजार ५९९ लाभग्राहीमध्ये दुई हजार ४१३, बन्दीपुर गाउँपालिकामा एक हजार ६४ लाभग्राहीमध्ये ५२४, आँबुखैरेनी गाउँपालिकामा ८९२ लाभग्राहीमध्ये ५३० र देवघाट गाउँपालिकामा ६४८ लाभग्राहीमध्ये २९२ जनाको निजी आवास निर्माण सम्पन्न भएको छ । त्यस्तै घिरिङ गाउँपालिकामा ३०६ लाभग्राहीमध्ये १४२, भीमाद नगरपालिकामा एक हजार २९६ लाभग्राहीमध्ये ४०३, म्याग्दे गाउँपालिकामा एक हजार ३९५ लाभग्राहीमध्ये ६८९, शुक्लागण्डकी नगरपालिकामा एक हजार ९३९ लाभग्राहीमध्ये ८४६ र ऋषिङ गाउँपालिकामा ६१८ लाभग्राहीमध्ये २३९ जनाको निजी आवास निर्माण सम्पन्न भएको सो एकाइले जनाएको छ ।
दोस्रो किस्ता बुझ्नेमा व्यास नगरपालिकामा एक हजार २९३, भानु नगरपालिकामा दुई हजार ८५९, बन्दीपुर गाउँपालिकामा ७१८, आँबुखैरेनी गाउँपालिकामा ५७१, देवघाट गाउँपालिकामा ३७०, घिरिङ गाउँपालिकामा १७७, भीमाद नगरपालिकामा ६६०, म्याग्दे गाउँपालिकामा ८४१, शुक्लागण्डकी नगरपालिकामा एक हजार १९० र ऋषिङ गाउँपालिकामा २९७ लाभग्राही छन् ।
बन्दाबन्दीका कारण निकासा रोकियो
कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि बन्दाबन्दी लागू भएपछि निकासा रकम रोकिएको छ । बन्दाबन्दीका कारण प्रथम, दोस्रो र तेस्रो किस्ताबापतको रकम निकासा गर्न नसकिएको एकाइ प्रमुख गुप्ताले जानकारी दिए ।
उनका अनुसार ३३४ लाभग्राहीलाई पहिलो, ६६६ लाभग्राहीलाई दोस्रो र २५८ लाभग्राहीलाई तेस्रो किस्ताबापतको रकम निकासा गर्न बाँकी छ । “लाभग्राहीले कार्यालयमा रकम निकासाका लागि निवेदन दिए पनि चैत ११ गतेदेखि बन्दाबन्दी भएकाले उक्त रकम निकासा गर्न सकिएको छैन”, उनले भने, “बन्दाबन्दी सकिनेबित्तिकै उक्त रकम निकासा गरिनेछ ।”
व्यास नगरपालिकाका ८६ लाभग्राहीको पहिलो, ५० लाभग्राहीको दोस्रो, ४६ लाभग्राहीको तेस्रो, भानु नगरपालिकाका ५६ लाभग्राहीको पहिलो, २०२ लाभग्राहीको दोस्रो, ४९ लाभग्राहीको तेस्रो किस्ता निकासा हुन बाँकी छ । बन्दीपुर गाउँपालिकाका २८ लाभग्राहीको पहिलो, २३ लाभग्राहीको दोस्रो, १९ लाभग्राहीको तेस्रो, आँबुखैरेनी गाउँपालिकाका ३९ लाभग्राहीको पहिलो, आठ लाभग्राहीको दोस्रो र २० लाभग्राहीको तेस्रो किस्ता निकासा हुन बाँकी छ ।
देवघाट गाउँपालिकाका चार लाभग्राहीको पहिलो, १२ लाभग्राहीको दोस्रो, चार लाभग्राहीको तेस्रो, घिरिङ गाउँपालिकाका १६ लाभग्राहीको पहिलो, १८ लाभग्राहीको दोस्रो, चार लाभग्राहीको तेस्रो, भीमाद नगरपालिकाका ३० लाभग्राहीको पहिलो, ८७ लाभग्राहीको दोस्रो र ८७ लाभग्राहीको तेस्रो किस्ता निकासा हुन बाँकी छ ।त्यस्तै म्याग्दे गाउँपालिकाका ३१ लाभग्राहीको पहिलो, ६५ लाभग्राहीको दोस्रो, शुक्लागण्डकी नगरपालिकाका १५ लाभग्राहीको पहिलो, १५२ लाभग्राहीको दोस्रो, १८ लाभग्राहीको तेस्रो र ऋषिङ गाउँपालिकाका २९ लाभग्राहीको पहिलो, ४९ लाभग्राहीको दोस्रो र ११ लाभग्राहीको तेस्रो किस्ता निकासा हुन बाँकी रहेको एकाइले जनाएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...


प्रतिकृया लेख्नुहोस्: