Khabar Dabali २४ माघ २०८२ शुक्रबार | 6th February, 2026 Fri
Investment bank

कोरोनाविरुद्धको हतियारः माग धान्नै गाह्रो, आविष्कारको काम धमाधम

काठमाडौं । “व्यक्तिगत सुरक्षा सामग्री (पिपिई)का लागि अरुले पनि हातेमालो गर्नुपर्ने भयो, राष्ट्रिय आविष्कार केन्द्रलाई निकै धौधौ प¥र्यो, नेपाल सरकार, निजी अस्पतालका मालिक अथवा ठूलै दाता अगाडि सर्नुपर्ने भयो, नत्र भने स्वास्थ्यकर्मीलाई ठूलो अन्याय हुन्छ”, राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख तथा म्यागासेसे पुरस्कार विजेता महावीर पुनले आफ्नो फेसबुक पेजमा लेखेका छन्।

अस्पतालमा कार्यरत जनशक्ति सुरक्षा सामग्रीबिना नै उपचारमा खटिनुपर्ने अवस्था देखिएको भन्दै उनले उक्त भनाइ सार्वजनिक गरेको हो । पुनले स्वास्थ्यकर्मी अग्रमोर्चामा लड्ने सिपाही भएकाले उनीहरुलाई सुरक्षित बनाउनुपर्ने बताएका छन्।

उनले अहिले ठूलो आवश्यकता भनेको सबैखाले अस्पताल र स्वास्थ्य केन्द्रमा काम गर्ने स्वास्थ्यकर्मीलाई पिपिई र अन्य सुरक्षाको सामान चाहिएको छ । अधिकांश सरकारी अस्पताल र निजी अस्पतालले आफ्ना स्वास्थ्यकर्मीले आवश्यकमात्रामा पिपिई नपाएको अवस्था छ । बजारमा सहजरुपमा पिपिई पाउनसमेत गाह्रो छ । पाइहाले पनि त्यसको गुणस्तर छ कि छैन भनेर विपद्मा तथ्य पत्ता लगाइदिने फुर्सद पनि कसलाई होला र । सोही कारण राष्ट्रिय आविष्कार केन्द्रमा पिपिईको माग गर्दै अत्यधिकमात्रामा स्वास्थ्यकर्मीको भिड लागेको छ ।

विभिन्न अस्पतालका एक दर्जन बढी एम्बुलेन्स त्रिभुवन विश्वविद्यालयको परिसरमा रहेको राष्ट्रिय आविष्कार र केन्द्र पुग्छन् । लाइनमा बस्छन्, नाम ठेगाना टिपाउँछन् । आविष्कार र केन्द्रका स्वयंसेवकका कुरा सुन्छन् र पिपिईलगायतका सामग्री पनि निःशुल्क लिएर फर्कन्छन् ।

विपद्को समयमा बजारमा पैसा हालेर समान खरिद गर्छुभन्दासमेत नपाइरहेका अवस्थामा केन्द्रले निःशुल्करुपमा स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । प्रविधिको प्रयोग गरिएको छ । केन्द्रका प्रमुखसमेत रहनुभएका महावीर पुन टेलिफोनमा कुन अस्पताल र कुन संस्थाका कर्मचारीलाई के कतिमात्रामा अत्यावश्यक सामग्री चाहिन्छ, त्यसको जानकारी लिन्छन् । लकडाउनपछि पुन पोखरामा छन् । आविष्कार र केन्द्रको काम भने चलिरहेको छ । पुनले पोखराबाट आविष्कार र केन्द्रका स्वयंसेवकसँग प्रत्यक्ष श्रव्यदृश्य माध्यमबाट जोडिन्छन् । आवश्यक निर्देशन दिन्छन् ।

हरेक व्यक्तिसँग कुरा गर्दै टिपेको मागअनुसार कोरोनाविरुद्धका हतियार ९स्वास्थ्य सुरक्षा सामग्री० उनले उपलब्ध गराएका छन्। कोरोनाको सङ्क्रमण बढेदेखि नै आविष्कार केन्द्रलाई भ्याइनभ्याइ छ । इञ्जिनीयर विभिन्न सामग्री आविष्कार रमा लागेका छन् । अहिलेसम्म पिपिई, कोरोना बुथ, एरोसल बुथ, अस्पतालको भेन्टिलेटर बनाउने काम जारी छ । पाँच हजार बढी स्वास्थ्यकर्मीलाई आविष्कार केन्द्रले पिपिई उपलब्ध गराइसकेको छ । यस्तै ३०० बढी एम्बुलेन्स चालकले पनि पिपिई पाइसके । व्यक्तिगतरुपमा आएका ३०० स्वास्थ्यकर्मीले पनि पिपिई लगिसकेको पुनले रासससँगको कुराकानीमा बताए।

हामीले पिपिई निःशुल्क दिन्छौँ भनेर आह्वान ग¥यौँ । तर अत्यावश्यक हुनेलाई त ठिकै छ , लैजानु राम्रो हो । तर जो पनि माग्न आएका छन्, अस्पतालमा कति आवश्यक चाहिने हो त्यो अस्पतालले व्यवस्थापन गर्नुपर्नेमा आफूखुशी पिपिई माग्न आउँदा भने पु¥याउन नसकिएको पुनले यथार्थ सुनाए ।

“काठमाडौँ एक हिसाबले सुरक्षित नै छ । लकडाउनले त्यस्तो वातावरण बनाएको छ । डराउनुपर्र्ने अवस्था नै छैन, तर, हामी सबैले डराउनेलाई नडराउ पनि भन्न नसकिने रहेछ”, उनले भने, “स्वास्थ्यकर्मीमा मनोवैज्ञानिक त्रास छ, म सबैको सम्पर्कमा छु, उहाँहरु हरेक स्वास्थ्यकर्मी पिपिई माग्नुहुन्छ, सबैलाई चाहिने होइन, उपचारमा प्रत्यक्ष सहभागी हुनेहरुलाई चाहिने हो, त्यो बुझाउन सकिएन, अस्पतालले खरिद गरेर दिँदैन तर हामीलाई पु¥याउन कठिनाइ भएको छ ।”

आविष्कार केन्द्रले हालसम्म स्वास्थ्य सामग्री बनाउनकै लागि रु ६० लाखभन्दा बढी खर्च गरिसकेको छ । यस्तै विभिन्न सात लाख अस्पतालको भेन्टिलेटर बनाउनका लागि खर्च भएको छ । “माग आएपछि नाई भन्न सकिँदैन । तर धान्न गाह्रो भइरहेको छ”, पुनले बताए । एउटै अस्पतालमा ५० देखि १०० वटासम्म पिपिईको माग भयो, अस्पताल खर्च गर्दैन, अत्यावश्यकलाई पो हामीले दिने हो, सबैलाई निःशुल्क कसरी दिन सकिन्छ ? उनले प्रतिप्रश्न गर्नुभयो । डा पुनले भने, “लडाई लड्न पठाउने, अनि सिपाहीलाई हतियार नदिने, कसरी लडाई जितिन्छ, अहिले नेपालका अस्पतालले यही गरिरहेका छन्, युद्ध लड्न त हातहतियारले सुसज्जित हुनुपर्छ नी ।”

अहिले आविष्कार केन्द्रले एन ९५ मास्कको विकल्पको मास्क तयार पार्दै छ । त्यसको अनुसन्धान सफल भएको डा पुनले बताए । किटाणुरहित रोबोट बनाउने काम पनि जारी छ । उनका अनुसार उक्त मास्कको विकल्पमा हेपा फिल्टर र एन ९९ मास्क बनाउँदै छ । ल्याब परीक्षणको नतिजा राम्रो आएको छ । हेपा फिल्टरले एन ९५ को जत्तिकै र एन ९९ ले त्योभन्दा राम्रो अति साना सूक्ष्म कण रोक्नसक्ने प्रतिवेदन आएको उनले बताए । तिलगङ्गा आँखा अस्पतालमा विज्ञ प्रदीप कार्की र नवीन अधिकारीले अनुसन्धान गरेका थिए ।

यस्तै आविष्कार केन्द्रले अर्को एउटा अनुसन्धान पनि गर्दैछ । युभिसी ९अल्ट्रा भाइलेट सि० किरणको प्रयोग गरेर भाइरस र व्याक्टेरिया मर्छकी मर्दैन भन्ने अनुसन्धान जारी रहेको पुनले बताउनुभएको छ । यसमा टेकु अस्पताल, त्रिभुवन विश्वविद्यालय र त्रिवि शिक्षण अस्पतालसँग मिलेर केन्द्रले काम गरिरहेको छ । यसको उपयोग भने कोरोना उपचार गर्दा चिकित्सक र स्वास्थ्यकर्मीले प्रयोग गरेका मास्क, पञ्जा, भाइजरलाई किटाणुरहित बनाएर पुनःप्रयोग गर्न मिल्ने बनाउने हो ।

दुई चरणको परीक्षण सफल भएको र तेस्रो चरणको परीक्षण वीर अस्पतालको ल्याबमा हुन लागेको डा पुनको भनाइ छ । यो विश्वमा प्रयोग भइरहेको विधि भए पनि नेपालमा बन्दाबन्दीको अवस्थामा बजारमा पाएको युभिसी ट्युबले साँच्चिकै काम गर्छ कि गर्दैन भनेर परीक्षण गरिएको डा पुनले बताए । केन्द्रले आकस्मिक भेन्टिलेटरसमेत आविष्कार गर्दै छ । विभन्नि अस्पतालमा बिग्रेका ३५ भेन्टिलेटर मर्मत गरिसकेको छ भने अझै ५० वटा बनाउँदै गरेको केन्द्रले जनाएको छ ।

आविष्कार केन्द्रमा बनेको कोरोनाको बिरामीलाई खाना र औषधि पु¥याउने रोबोट पनि बनाएको छ । अध्येता सुरज कार्कीको मेहनतमा तयार भएको सो रोबोट सामान्य तवरले हेर्दा रोबोट जस्तो लाग्दैन, तर काम भने राम्रोसँग गर्छ । यसको प्रयोग गर्दा बिरामीको सेवा गर्ने नर्स सुरक्षित हुन्छन् । सो रोबोटको विकास गर्न आविष्कार केन्द्रका अनुसन्धानकर्तालाई ११ दिन जति लागेको पुनको भनाइ छ । त्यसमा प्रयोग भएको ट्रली नेपाली सेनाले उपलब्ध गराएको हो । अन्य पार्ट पूर्जाको मोटामोटी खर्च रु ७५ हजार जति भएको छ ।

केन्द्रले आविष्कार गरेको रोबोट आइतबार नै नेपाली सेनाको वीरेन्द्र अस्पतालमा पठाइएको छ । रोबोटको माग बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र सशस्त्र प्रहरी अस्पताल बलम्बुबाट पनि आएको पुनले जानकारी दिनुभयो । अन्य अस्पतालमा समेत त्यस्ता रोबोट उपलब्ध गराउने तयारी गरिएको छ ।

त्यस्तै केन्द्रका अनुसन्धानकर्ताले एन ९५ मास्कको विकल्पका रुपमा एचइपिए फिल्टर र एन ९९ फिल्टर प्रयोग गरेर बनाएको मास्कको प्रयोगशाला परीक्षणको नतिजासमेत राम्रो भएको र थप उत्पादन गर्ने तयारीमा केन्द्र रहेको केन्द्रका अर्का अनुसन्धानककर्ता शङ्कर ढकालको भनाइ छ ।

सो मास्क एन ९५ जत्तिकै राम्रोसँग र एन ९९ फिल्टरले असाध्यै राम्रोसँग काम गर्ने केन्द्रको विश्वास छ । अति साना र सूक्ष्म कण जस्तै शून्य दशमलव तीन माइक्रोनसम्मका कण पनि फिल्टर गर्न गर्नसक्ने अनुसन्धानको नजिता आएको तिलगङ्गा आँखा अस्पताल प्रयोगशालाका जानकार प्रदीप कार्की र नवीन अधिकारीले जानकारी दिएको हो ।

एचइपिए फिल्टर प्रयोग गरेर बनाइएको मास्क बनाएर केही नभएका अवस्थामा प्रयोग गर्न मिल्ने देखिएको पुनको भनाइ छ । विदेशबाट आउने एन ९५ मास्क जत्तिकै राम्रो गुणस्तरको मास्क यस्तै फिल्टर प्रयोग गरेर नेपालमा नै बनाउन सकिने तथ्य पत्ता लागेको छ । राष्ट्रिय आविष्कार केन्द्रमा इञ्जिनीयरले नयाँ इमरजेन्सी भेन्टिलेटर बनाएका छन् । भेन्टिलेटर को एउटा डिजाइन एमआइटी अमेरिकाले गरेको हो । अर्कोको डिजाइन बेलायतमा बस्ने जिवी रञ्जितकारले गरेको हो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE