Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

घरघरमै पुगेर राहतसँगै सामाजिक सुरक्षाभत्ता वितरण गर्दै

लहान । लकडाउनको मारमा परेका आफ्ना नागरिकलाई सिरहाको सुखीपुर नगरपालिकाले राहतसँगै सामाजिक सुरक्षाभत्ता घरघरमै पुगेर वितरण गर्न शुरु गरेको छ ।

सुखीपुर नगरपालिकाले वडा नं ९ बाट ज्यालादारी मजदुर र विपन्न वर्ग पहिचान गरी राहतस्वरुप खाद्यान्न वितरण शुरु गरेको छ भने वडा नं ८ बाट सामाजिक सुरक्षाभत्ता घरघरमै पुगेर वितरण शुरु गरेको हो । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसविरुद्ध जुधिरहेका विपन्न परिवारलाई मापदण्ड बनाएर खाद्यान्न वितरण शुरु गरेको नगरप्रमुख रामअवतार यादवले जानकारी दिए ।

सुखीपुर नगरपालिका–९ का दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्दै आएका ३०० विपन्न परिवारलाई राहतस्वरुप प्रतिपरिवार ३० किलो चामल, पाँच किलो दाललगायत सामग्री वितरण गर्न शुरु गरिएको नगप्रमुख यादवले बताए । नगरपालिकाकाले सबै वडामा रु पाँच/पाँच लाखका दरले १० वडामा रु ५० लाख बराबरको खाद्यान्न वितरण गर्ने लक्ष्य रहेको नगरप्रमुख यादवको भनाइ छ ।

यस्तै सो नगरपालिकाले लकडाउनको पालन गर्दै सामाजिक सुरक्षाभत्ता घरघरमै पुगेर वितरण शुरु गरेको छ । लकडाउनका कारण कार्यालयसम्म आउने अवस्था नरहेकाले घरमै गएर सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालिएको नगरप्रमुख यादवले बताए ।

ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, दलित ज्येष्ठ नागरिक र बालपोषणभत्ता घरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गर्न लागेको छ । कोरोना भाइरसको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले गरेको लकडाउनको मारमा परेका विपन्न, मजदुर परिवारलाई सिरहाको बरियारपट्टी गाउँपालिकाले पनि राहत वितरण गर्न शुरु गरेको छ । वडावडाबाट आएको विपन्न, मजदुर परिवारको विवरणको आधारमा राहत वितरण थालिएको बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार महतोले जानकारी दिए । प्रतिपरिवार चामल २५ किलो, दाल तीन किलो, नुन दुई प्याकेट, चिनी दुई किलो, खानेतेल दुई लिटर, साबुन राहत वितरण शुरु गरेको गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत अशोककुमार सिंहले बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy