Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

वैशाख २५ पछि शेयर बजार खोल्ने तयारीमा स्टक

काठमाडौं । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले लकडाउन अन्त्य भएको केही दिनभित्रै शेयर बजार खुला गर्ने तयारीमा रहेको स्पष्ट पारेको छ ।

नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले आज आयोजना गरेको श्रव्य दृश्य (भर्चुअल) अन्तरबोर्डका अध्यक्ष भीष्म ढुङ्गानाले लकडाउन खुलेको केही समयभित्रै शेयर बजार सञ्चालनमा आउने जानकारी दिए । उनले लकडाउन अन्त्य भएको दुईदेखि तीन महिनाभित्र पूर्ण स्वचालित अनलाइन कारोवार प्रणाली लागू गरिने प्रतिबद्धता व्यक्त गर्दै त्यसका लागि नेप्से र बोर्ड नै लागिपरेको बताए।

नेपालमा लागू गरिएको अनलाइन कारोवार प्रणाली पूर्ण नभइ आधामात्र भएकाले यसलाई पूर्ण स्वचालित बनाउने काम शुरु गरिएको उनको भनाइ छ ।

वैशाख २५ पछि लकडाउन जारी भई खुकुलो भएको अवस्थामा थोरै समयको कारोवार गर्ने पक्षमा लागेको र त्यसको अवधारणका बारेमा छलफल जारी रहेको उनको भनाइ छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पनि यही वैशाख २५ पछि शेयर बजार खोल्ने पक्षमा स्टक रहेको बताएका छन् । लकडाउनको अवधिमा पनि बजार कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल गरिरहेको जानकारी दिँदै उनले बजार खोल्नुपर्ने पक्षमा आफूहरु क्रियाशील रहेको उल्लेख गरे ।

उनले बजारमा उल्लेख्य कारोवार भएको दिन ४५ प्रतिशतभन्दा बढी कारोवार अनलाइनमार्फत भएको जानकारी गराउँदै उनले विद्यमान प्रणालीमा थप सुधार गरेर जाने धारणा राखे ।

नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष अम्बिकाप्रसाद पौडेलले कारोवारको समय र सर्किट ब्रेकरको सीमा घटाएर कारोवार अघि बढाउन सुझाव दिए । लामो समय बजार बन्द हुँदा नेपालको र अन्तर्राष्ट्रिय स्तरबाट लगानी गर्ने लगानीकर्तामा समेत बजारप्रतिको नकारात्मक सन्देश जाने भएकाले आवश्यक ध्यान दिन उनले आग्रह गरे ।

स्टक ब्रोकर एसोसिएशनका अध्यक्ष भरत रानाभाटले बजार बन्द हुँदा सबैभन्दा मारमा ब्रोकर व्यवसायी परेको भन्दै जतिसक्दो चाँडो बजार खुलाउनुपर्नेमा जोड दिए। नेपालको शेयर बजारका जानकार डा गोपाल भट्टले आवश्यक योजनासहित बजार खोल्नुपर्नेमा जोड दिए।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy