ललितपुर । ललितपुरका ६ स्थानीय तह एक महानगरपालिका, दुई नगरपालिका र तीन गाउँपालिकाका जनप्रतिनिधिहरु आफ्ना क्षेत्रका गरिब र असाय जनतालाई राहत वितरण व्यस्त छन् । ललितपुर महानगरपालिका, गोदावरी र महालक्ष्मी नगरपालिकाले एक चरणको राहत वितरण गरिसकेका छन् भने भौगोलिकरुपमा विकट मानिएका वाग्मती, महाङ्काल र कोञ्ज्योसोम गाउँपालिकाले हाल धमाधम राहत वितरण गरिरहेका छन् ।
विकट गाउँपालिकाको एक घरबाट अर्को घर जान घण्टौँ हिँड्नुपर्ने भएकाले तथ्याङ्क सङ्कलन र सामग्री खरिद गरी ढुवानी गर्न केही समय खर्च भएको यहाँका जनप्रतिनिधिको भनाइ छ । महाङ्कालले १७ देखि १८ सय गाउँवासीलाई राहत वितरण गर्ने बताएको छ । महाङ्कालले दुई जनाभन्दा माथिको परिवारलाई २५ केजीको एक बोरा चामल, दुई केजी दाल, दुई लिटर भटमासको तेल र दुई प्याकेट नुन वितरण गरिरहेको गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले बताए । उनले भने, “यहाँका दुई जनासम्मको परिवारलाई हामीले यसको आधा राहत वितरण गरिरहेका छौँ । गाउँपालिकाका दुई हजार ३०५ प्रत्येक घरलाई राहत वितरण गर्दै छौँ ।”
कोञ्ज्योसोमले यहाँका एक हजार ८०० देखि दुई हजार घरपरिवारलाई राहत वितरण गर्ने जनाएको छ । कोञ्ज्योसोमले दुई जनाभन्दा माथिको परिवारलाई एक बोरा चामल, तीन केजी दाल, दुई लिटर तेल र दुई प्याकेट नुन वितरण गरिरहेको गाउँपालिकाका अध्यक्ष गोपीलाल सिङ्तानले जानकारी दिए । उनले भने, “यहाँका दुई जनामुनिको परिवारलाई हामीले यसैको आधा खाद्यान्न सामग्री वितरण गरिरहेका छौैँ ।”
गोदावरीले दुईजनाको परिवार, दुईदेखि तीन परिवार र चारमाथिको परिवारलाई पाँच, १० र १५ किलो चामल, आधा, एक र डेढ लिटर तेल र चिउरा, एक–एक प्याकेट नुन तथा दुई–दुई वटा साबुन वितरण गरिसकेको नगरपालिका प्रमुख गजेन्द्र महर्जनले बताउनुभयो । उनले भने, “हामीले करिब दश हजार व्यक्ति तथा परिवारलाई राहत वितरण गर्यौ ।” त्यस्तै, वाग्मतीले सात वडाका एक हजार ३०० घरपरिवारलाई राहत वितरण गरिरहेको छ । जतिजनाको परिवार भए पनि यस पालिकाले राहतमा ३० केजीको एक बोरा चामल, दुई प्याकेट नुन, दुईवटा साबुनलगायतका खाद्यान्न वितरण गरिरहेको छ ।
महालक्ष्मीले असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग, अति विपन्न, आम्दानीको कुनै स्थायी स्रोत नभएका, दैनिक गुजारा चलाउन धौधौ भएका व्यक्ति तथा परिवार र असहायलाई एक चरणमा राहत वितरण गरिसकेको नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले बताए । उनले भने, “हामीले दुई किसिमको नियम बनाएर एकदेखि दुईजनाको परिवार र दुई जनामाथिको व्यक्ति वा परिवारलाई पाँच र १० किलो चामल, एक–एक किलो दाल, एक–एक प्याकेट नुन, आधा र एक लिटर तेल वितरण गरिसकेका छौँ ।” महालक्ष्मीले दश हजार २०० श्रमिक जनतालाई राहत वितरण गरिसकेको श्रेष्ठले बताए ।
महानगरपालिकाले दुई किसिमको नियम बनाएर राहत वितरण गरिसकेको प्रवक्ता राजु महर्जनले बताए । उनले भने, “हामीले दुई जनासम्मका व्यक्ति वा परिवार र तीन वा तीनभन्दा बढी व्यक्ति वा परिवारलाई पाँच र १० किलो चामल, एक र पाँच किलो दाल, एक–डेढ किलो चिउरा, एक–एक प्याकेट नुन, दुई र तीन वटा साबुन तथा आधा र एक लिटर तेल वितरण गरिसकेका छौँ ।” महानगरपालिकाले ६४ हजार ९५२ व्यक्ति वा परिवारलाई राहत वितरण गरिसकेको महर्जनले बताए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: