Khabar Dabali १२ बैशाख २०८३ शनिबार | 25th April, 2026 Sat

उदयपुरको भुल्केमा थप ३३ जनाको स्वाब नमूना सङ्कलन

गाईघाट । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केमा मङ्गलबार थप ३३ जनाको स्वाब नमूना सङ्कलन भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार भुल्केका ५५ घर मुस्लिम समुदायका केही परिवारमा मात्र कोरोना सङ्क्रमण देखिएको भए पनि अहिले अन्य समुदायका मानिसले पनि आफूहरुको स्वाब नमूना सङ्कलन र परीक्षण हुनुपर्ने माग गरेपछि भुल्केमा थप स्वाब नमूना सङ्कलन गरेको हो ।

स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार अहिलेसम्म भुल्केमा ३३४ व्यक्तिमा स्वाब नमूना सङ्कलन गरेको र तीमध्ये २८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । मुस्लिमबाहेक अन्य समुदायका स्थानीय बासिन्दाले पनि आफूहरुको स्वाब नमूना सङ्कलन र परीक्षण हुनुपर्ने माग गरेपछि मङ्गलबार थप ३३ जनामा स्वाब नमूना सङ्कलन गरेर परीक्षणका लागि विराटनगर पठाइएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

भुल्केमा ५५ घर मुस्लिम समुदाय र बाँकी ३०० घर अन्य समुदायका छन् । भुल्केवासीले प्रत्येक घरका सदस्यको स्वाब टेष्ट गर्न माग गरेपछि स्वास्थ्य कार्यालय उदयपुरले विभिन्न समग्री तथा उपकरण व्यवस्थापन गर्दै भुल्केमा स्वाब नमूना सङ्कलनको दायरा बढाउँदै लगेको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ ।

पैसा नचल्दा कारोवारमा समस्या

भुल्केकेको २८ जनामा कोरोना सङ्क्रमण देखेपछि अहिले त्यहाँका स्थानीयवासीबाट कसैले पैसा लिन मानिरहेका छैनन् । सङ्क्रमण फैलिन सक्ने त्रासका कारण उनीहरुले दिएको पैसा नलिदाँ भुल्केवासीहरुलाई विभिन्न उपभोग्य वस्तु खरिद गर्न समस्या झेल्नुपरेको छ ।

आवश्यक पर्ने दैनिक उपभोग्य वस्तु किन्न जाँदा कोरोना सर्ने डरले पसलेले पुराना पैसा लिन नमान्ने र हातमा पञ्जा, स्यानिटाइजर नलगाई दिएको पैसा नलिने गरेको भुल्केका कमला विक बताउँछिन् ।

यस्तै गुनासो भुल्केका अर्का स्थानीयवासी दुर्गा थापाको पनि छ । थापा भन्छन्, “बल्ल गाउँ छेउमा पसल त खुल्यो तर दैनिक उपभोग्य वस्तु किन्न जाँदा पुराना पैसा पसल सञ्चालकले लिन मान्दैनन्, हातमा पञ्जा, स्यानेटाइजर नलाई दिएको पैसा लिँदैनन् आफूहरुसँग त्यस्तो साधन हुन्न बरु समान नै नलिई घर फर्कनु पर्ने बाध्यता आएको छ ।”

बल्ल गाउँबाट सुरक्षाकर्मीको अनुमति लिएर पल्लो पसलसम्म गएर उपभोग्य वस्तु किनौँभन्दा कोरोना सङ्क्रमण सर्ने डरले पसलले पैसा लिन नमानेका कारण अहिले गाउँलेले दैनिक उपभोग्य वस्तुसमेत खरिद गर्न नसकिरहेको गुनासो भुल्केवासीको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending