Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank

सप्तरीमा साथीको हत्या गर्ने तीन जना पक्राउ

सप्तरी । सँगै नशा सेवन गरेर हिँड्ने क्रममा आफ्नै साथीलाई कुटेर मारेको अभियोगमा आज सप्तरीमा तीनजना पक्राउ परेका छन् ।

साथीको हत्या आरोपमा सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहका सुजितकुमार मुखिया, प्याप्या भनिने कृष्णकुमार मुखिया र टिल्का भनिने चन्द्रशेखर मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंका अनुसार उनीहरूमाथि फागुन ३० गते हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहका १६ वर्षीय सुरज साह स्वर्णकारलाई हत्या गरेको अभियोग लागेको छ । मृतकका बुवाले इलाका प्रहरी कार्यालय कञ्चनरूपमा दिएको उजुरी आज दर्ता गरिएको छ ।

प्रहरीका अनुसार सँगै नशा सेवन गरेका साथीहरूले सामान्य विवादमा स्वर्णकारलाई कुटपिट गरी हत्या गरेका हुन् । पक्राउ परेका आरोपितले प्रहरीसँगको प्रारम्भिक बयानमा चारजना सँगै बसेर सोनपिच नामक सुलेसन पिएको र चोरी गर्न जाने क्रममा विवाद भएपछि तीनजना मिलेर कुटपिट गर्दा मृत्यु भएपछि बोरामा हालेर झाडीमा मिल्काएको बताएका छन् ।

कुटपिट गरेर हत्या गरिएको अवस्थामा सुरजको शव वैशाख १ गते भारदहस्थित कोशी नदीको पश्चिमतर्फको बाँधको बाटो छेउको झाडीमा फेला परेको थियो । घटनाबारे अनुसन्धान गर्न धनुषाको मिथिला नगरपालिकास्थित प्रहरी चौकी लालगढबाट तालिम प्राप्त कुकुरसमेत मगाइएको थियो । गाउँको चौबाटोमा पुगेर कुकुरले ट्र्याक छाडेपछि प्रहरीले मृतकका मिल्ने नजिकका साथीहरूमा निगरानी बढाएको थियो ।

कुटपिट गर्दा चारैजना नशाले बेहोसी अवस्थामा रहेको पक्राउ परेका आरोपीले बताए । “सबैजना बेहोसी हालतमा रहेकाले नै कुटपिटमा सुरजको मृत्यु भयो”, उनीहरूको बयानलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय कञ्चनरूपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले भने, “आरोपितहरूलाई आज अदालतबाट १५ दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको छ ।”

हत्यामा प्रयोग भएको धारिलो चक्कु, बोरा, डोरी, ताला फुटाउने कटर फेला परिसकेको छ । यसअघि कुनै मनमुटाव नभएको र सुरजका साथीहरूले समेत बेहोसी अवस्थामा घटना भएको प्रारम्भिक बयान दिएकाले लागुऔषधको नशा घटनाको मुख्य कारण भएको प्रनाउ मिश्रले बताए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE