काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का विदेश मामिला विभाग प्रमुख माधवकुमार नेपालले कोभिड –१९ का सम्बन्धमा चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुसंँग आज भिडियो कन्फरेन्स गरेका छन् । उनीलगायत नेताहरुले कोरोना भाइरसबारे चिनियाँ कम्युनिष्ट पार्टी, अन्तरराष्ट्रिय विभाग प्रमुख सङ ताओसंँग भिडियो कन्फरेन्स गरेको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।
छलफलमा नेता नेपालले चीनले कोभिड– १९ को रोकथाम र नियन्त्रण गर्न अपनाएको विधिका सम्बन्धमा कुरा गरेका थिए । करीब तीन घण्टा भएको छलफलमा नेकपाका वरिष्ठ नेता नेपालसंँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपाका गण्डकी प्रदेशबाहेकका सबै पार्टी प्रदेश इञ्चार्ज र चिकित्सक तथा चिनियाँ कम्युनिष्ट पार्टीका तर्फबाट अन्तर्राष्ट्रिय विभाग प्रमुख सङसँगै प्रा झोङ नान सान, मेडिकल चिकित्सक तथा वैज्ञानिक सहभागिता थिए।
बुटवल– नेकपा प्रदेश नं ५ का इञ्चार्ज तथा मुख्यमन्त्री शंकर पोखरेलले भिडियो संवादमा आफ्नो प्रदेशमा चार कोरोना अस्पताल स्थापना गरी २३० शय्याको व्यवस्था गरिएको र ४८ अन्य अस्पतालमा ३३५ शय्या कोरोना रोग उपचारका लागि व्यवस्था भएको जानकारी दिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए । त्यसैगरी प्रदेशमा रहेका अन्य स्वास्थ्य संस्थामा १६ हजार ९७२ शय्या रहेको र ५६४ क्वारेन्टाइन रहेको मुख्यमन्त्रीले बताएका थिए ।
सूचना प्रविधिमा आधारित स्थानीय तह र प्रदेश सरकारबीच रिपोर्टिङ प्रणालीको व्यवस्थापन गरिएको तथा कोभिड—१९ ट्रयाकिङ मोबाइल एप र ब्ल्युटुथमा आधारित कोरोना ट्रेसिङ एप तयार गरिएको जानकारी पनि उनले दिए सल्लाहकार केसीले बताए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: