Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

बाह्र हजारको पिसिआर परीक्षण

काठमाडौ । सरकारले हालसम्म १२ हजार ११ व्यक्तिमा रियल टाइम पोलिमरेज चेञ्ज रियाक्सन (पिसिआर) विधिबाट कोभिड–१९ को परिक्षण गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलको नियमित पत्रकार सम्मेलनमा आजसम्म उक्त सङ्ख्यामा पिसिआर विधिबाट परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

सरकारले र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) विधिबाट ४६ हजार ८६० नमूना परीक्षण गरेको छ । गत २४ घण्टामा थप एक हजार ६८२ परीक्षण भएका छन् । मन्त्रालयका अनुसार हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ५७ पुगेको छ । जसमा १६ जना निको भएर घर फर्किसकेका छन् भने बाँकी उपचाररत छन् । हालसम्म विराटनगरमा ३१, विरगञ्जमा आठ, धनगढीमा एक र भरतपुरमा एक गरी ४१ जना कोरोना सङ्क्रमित व्यक्ति उपचाररत छन्।

मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार उपचाररत कोरोना सङ्क्रमित व्यक्ति सबैको स्वास्थ्यस्थिति सामान्य रहेको छ । हालसम्म क्वारेन्टाइनमा बस्नेको सङ्ख्या २३ हजार ३३६ रहेको छ । अहिलेसम्म आइसोलेशनमा ८० जना रहेका छन् । तीमध्ये काठमाडौँ उपत्यकामा तीन छन् भने उपत्यका बाहिर ७७ जना रहेका छन् । रेड जोनमा हालसम्म ३१२ जना रहेका छन् ।

त्यसैगरी दक्षिण कोरिया र चीनबाट ग्लब्स, थर्मामिटर, माक्स, पिपिइलगायतका स्वास्थ्य सामग्री आइपुगेको मन्त्रालयका प्रवक्ता देवकोटोले जानकारी दिए। उक्त स्वास्थ्य सामग्री स्वास्थ्य विभागलाई प्रदान गरिएको छ ।

पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा झलक गौतमले देशका विभिन्न जिल्लामा दादुराको प्रकोप बढिरहेको बताए । उनले गत पुसदेखि हालसम्म १८५ दादुरा रोगका बिरामी देखिएका जानकारी दिए ।

उनका अनुसार झापा, सर्लाही, धादिङ, काठमाडौँ, ललितपुर, चितवन र गोरखामा दादुराका बिरामी देखिएका छन् । जसमा चार महिनादेखि ४० वर्ष उमेर समूहका व्यक्तिमा दादुरा देखिएको छ । स्वास्थ्य प्रशासक गौतमका अनुसार दादुरा रोग देखिएकामध्ये धादिङमा दुई जना बालबालिकाको मृत्युसमेत भएको छ ।

उनले यही वैशाख १७ देखि २३ गतेसम्म प्रकोप देखिएका क्षेत्रमा खोप सञ्चालन गरिसकेको जानकारी दिए । उनले तत्कालको लागि खोपजन्य सामग्रीको अभाव नभएको स्पष्ट पारे । खोपजन्य सामग्री कम्तीमा तीन महिनासम्मलाई पुग्ने हुँदा विभिन्न जिल्लामा स्थानीय तहसँग समन्वय गरेर नियमित रुपमा खोप अभियान सञ्चालन गरिने स्वास्थ्य प्रशासक गौतमले बताए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies