Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

भारतमा रोकिएका नेपाली मजदुर घर फर्किए

दार्चुला । कोभिड–१९ ले त्रसित बनाएपछि भारतमा मजदुरी गर्न गएका नेपाली धमाधम स्वदेश फर्कन थालेका छन् । भजनी नगरपालिका–४ कैलालीका दलबहादुर बुढा पनि एक महिना भारतीय क्वारेन्टाइनमा बसेपछि बुधबार स्वेदश फर्किएका छन् । रोजगारी खोज्न भारतका कालापहाडमा गएका बुढासँगै एक महिनादेखि धार्चुला भारतमा क्वारेन्टाइन बसेका सबै नेपाली स्वदेश फर्किएका हुन् ।

चौतीस दिन भारतको क्वारेन्टाइनमा दुःखकष्ट सहेर स्वदेश फर्किएका नेपाली आफ्नो गाउँमा आउन पाएकामा निकै खुशी छन् । “ढिलो गरी आफ्नो भूमि आउन पाउँदा पनि भारतमा खेप्नुपरेको कष्ट भुलेका छौँ”, दलबहादुर बुढाले भने, “आफ्नै जन्मभूमि र आफ्नो गाउँ फर्किन पाउँदा खुशीको सीमा छैन ।” उनले भने, “सरकारले हाम्रो आवाज सुनिदियो, धेरैधेरै धन्यवाद ।” “आफ्नो भनेको आफ्नै हुन्छ”, बुढा भन्छन्, “भारतमा बसेर उनीहरुको गाली खाएर बस्नुभन्दा आफ्नो ठाउँ आएका छौँ यही रमाउछौँ ।”

नेपाल भारतमा लकडाउन भएपछि धार्चुलामा पुगेका नेपालीले स्वदेश फर्किन पाउनुपर्ने माग गर्दै तीन दिनसम्म पुल छेउबाटै नाराबाजी गरेका थिए । सयौँ नेपाली महाकाली तरेरसमेत नेपाल फर्किएका थिए । नेपाल भित्रिन नसकेका मजदुरलाई उच्चस्तरीय सहमतिपछि नेपाल प्रवेश गराइएको हो । दत्तु र खलङ्गा नाका भएर अपराह्नसम्म एक हजार २९० नेपाली स्वेदश फर्किएका छन् । ढिलै भए पनि सफलरूपमा नेपाल प्रवेश गराएर सम्बन्धित तहमा पठाउन सकिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल खुशी व्यक्त गर्दछन् । उनी भन्छन्, “ लामो समयदेखि उद्धारको माग गर्दै आएका नेपाली मजदुरलाई उद्धार गर्न सकियो । लामो समयसम्म माथिबाट आदेश नआउँदा ढिलाइ भए पनि अहिले आएर उनीहरुको स्वास्थ्य जाँच गरेर पठाएका छौँ ।”

उद्धारपछि नेपालको मात्र होइन, भारतीय प्रशासनसमेत खुशी छ । भारत धार्चुलाका एसडीएम अनिल शुक्लाले एक महिनासम्म नेपालीको स्वास्थ्य जाँच गरी सुरक्षित राखिएको बताए । एसडीएम शुक्लाले भने, “सबै नेपाली स्वस्थ्य छन्, चिन्ता मान्नुपर्ने अवस्था छैन ।” उहाँले नेपालीलाई धार्चुलामा, खान, बस्न, मनोरञ्जन खेल्न तथा योगको माध्यमबाट खुशसी राखिएको प्रतिक्रिया दिए । भारतको पिथौरागढअन्तर्गत धार्चुलामा दार्चुला, बैतडी, डडेल्धुरा, बझाङ, डोटी, कैलाली, कञ्चनपुर, अछाम, दैलेख, सुर्खेतलगायतका जिल्लाका मजदुर थिए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy