म्याग्दी। फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित हुनुभएका डा। महावीर पुनले चुनावी खर्चको विवरण निर्वाचन कार्यालयमा बुझाएको छन्।
पुनका सहयोग चित्र तिलिजाले बिहीबार जिल्ला निर्वाचन कार्यालयमा म्याग्दीमा बुझाएको चुनावी खर्च विवरण अनुसार पुनले २८ लाख ६८ हजार आठसय ६८ रुपियाँ चुनावमा खर्च गरेको हो । चुनावी खर्च विवरण अनुसार मनोनयन दर्तामा १० हजार, मतदाता नामावली खरिद तीन हजार, प्रचारप्रसार सामग्री खरिद दुई लाख ९० हजार पाँचसय ७५, यातायाता र मर्मत खर्च ६ लाख ६० हजार नौसय ९८, चालक ज्याला एक लाख ४० हजार, होटल बास र खाना खर्च १३ लाख सात हजार ६१९, डिजेल खर्च तीन लाख ६० हजार ४९९, स्टेशनरी २५ हजार ३०० र विविधमा ७० हजार आठसय ७७ रुपियाँ खर्च भएको छ ।
यसैगरी, नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ३० लाख २८ हजार एकसय २० रुपियाँ खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाउनुभएको छ । श्रेष्ठले बुझाएको विवरणमा मनोनयन दर्तामा १० हजार, एक लाख ५७ हजार, प्रचारप्रसार एक लाख २० हजार, प्रचार सामग्री उत्पादन तीन लाख ६ हजार पाँच सय १०, यातायात तथा इन्धन खर्च तीन लाख, चुनावी अभियान खर्च तीन लाख ७० हजार, वडास्तरीय चुनाव परिचालन खर्च ६ लाख पचास हजार, साउन्ड सिस्टम एक लाख पचास हजार, मतदाता नामावली प्रिन्ट दुईलाख २५ हजार र मतदान प्रतिनिधि खर्च एकलाख ३९ हजार ६२५ रुपियाँ खर्च भएको विवरणमा उल्लेख छ ।
यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारीले १९ लाख ३० हजार रुपियाँ बराबर खर्चभएको विवरण निर्वाचन कार्यालयमा बुझाएको छन्। भण्डारीले बुझाएको विवरणमा मनोनयन दर्ता १० हजार,यातायात खर्च पाँच लाख, इन्धन ८० हजार,मतदान प्रतिनिधि ६ लाख, चुनाव प्रचारप्रसार सामग्री उत्पादन दुई लाख, भण्डा व्यानर ६० हजार र खाजा खाना खर्च ४७ हजार रुपियाँ खर्च भएको उल्लेख छ ।
पुनले २२ हजार आठसय ५० मत प्राप्त गर्दा एमालेका हरिकृष्ण श्रेष्ठले सात हजार ९१२ मत ल्याउनुभएको थियो । नेपाली कांग्रेसका उम्मेदवार भण्डारीले ६ हजार ६७६ मत ल्याएको थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २४ गते, २०८२ - १७:२४
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले बीपी राजमार्ग अन्तर्गत पर्ने रोशी खोलाको स्थलगत निरीक्षण गरेका छन्। उनी मंगलबार दिउँसो बाढीका कारण स्थानीयले भोग...
चैत्र २४ गते, २०८२ - १७:१४
काठमाडौं । पूर्वमिस नेपाल तथा अभिनेत्री उषा खड्गी को उजुरीपछि सञ्चारकर्मी जीपी तिमल्सिना मंगलबार पक्राउ परेका छन्। अभद्र व्यवहार लगायतका कसुरमा उषा...
चैत्र २४ गते, २०८२ - १७:०८
तेहरान। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्ट्रेट अफ होर्मुज खोल्ने समयसीमा नजिकिँदै गर्दा इरानी राष्ट्रपतिले एक करोड ४० लाखभन्दा बढी नागरिक देशको र...
चैत्र २४ गते, २०८२ - १६:५७
काठमाडौँ। सप्तरीस्थित नेपाल विद्युत प्राधिकरण कञ्चनपुर, बितरण केन्द्र सप्तरीका प्रमुख (इन्जिनियर) महेन्द्र कुमार दास एक लाख ४० हजार रुपियाँ घुस रकमसहि...
चैत्र २४ गते, २०८२ - १६:५१
काठमाडौँ। युद्धका कारण इन्धन सङ्कट चुलिएको भन्दै सरकारले घरबाटै काम गर्न आग्रह गरेको छ । सरकारले विश्वबजारमा इन्धन सङ्कट गहिरिनुका साथै मूल्यवृद्धि...
चैत्र २४ गते, २०८२ - १६:०६
कैलाली । शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले धनगढीमा निर्माणाधीन फाप्ला अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्रामक...
चैत्र २४ गते, २०८२ - १५:५२
काठमाडौँ। राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष लिलाकुमारी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेको छिन्। राष्ट्रपति भवन शीतल निवासमा मङ्गलवार आयोज...
चैत्र २४ गते, २०८२ - १५:४२
काठमाडौँ। प्रतिनिधिसभामा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त तीन वटा महत्त्वपूर्ण विधेयक टेबुल गरिएको छ । मङ्गलबार बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्...
चैत्र २४ गते, २०८२ - १५:३२
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ले शैक्षिक सत्र सुरु हुनुअघि विद्यार्थी भर्ना गर्ने र अग्रिम शुल्क असुल गर्ने विद्यालयहरूलाई कारबाही ...
चैत्र २४ गते, २०८२ - १५:२३
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले १४ हजार बालबालिकाको जन्मजात मुटु रोग तथा बाथ मुटु रोग परीक्षण गर्ने भएको छ । कामपा स्वास्थ्य विभागका अनुसार नसर्न...


प्रतिकृया लेख्नुहोस्: