Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

सास्ती खेपेर पनि सीमामा खटिएका छन् सुरक्षाकर्मी, भोकै प्यासै सुरक्षामा खटिनुपर्ने बाध्यता

कैलाली । कोरोना भाइरसका कारण देश बन्दाबन्दीको अवस्थामा छ । सबै सीमानाका बन्द छन् भने देशभित्र पनि आवागमनमा सरकारले रोक लगाएको छ । बन्दाबन्दीको समयमा भारतीय सीमा क्षेत्रमा नेपाल सरकारले थप सुरक्षाकर्मी खटाएको छ । सीमा क्षेत्रमा अस्थायी क्याम्प स्थापना गरी सुरक्षाकर्मी खटाएको भए पनि त्यस क्षेत्रमा खटिएका सुरक्षाकर्मी भोकै प्यासै सुरक्षामा खटिनुपर्ने बाध्यता छ ।

भारतमा कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएको अवस्थामा भारतबाट कोही पनि नेपाल भित्रन नपाउन् भन्दै कैलालीका सीमानाकामा थप अस्थायी बेस क्याम्प निर्माण गरी सशस्त्र प्रहरीले सुरक्षा दिँदै आएका छन् । सुरक्षाका लागि खटिने ती सुरक्षाकर्मीहरु विभिन्न समस्याबाट पीडित भइरहेको उनीहरुको गुनासो छ ।

टीकापुर नगरपालिका–७ कालाकुण्डास्थित सशस्त्र प्रहरीको अस्थायी बेस क्याम्पमा कार्यरत सुरक्षाकर्मी थुप्रै समस्यासँग जुधिरहेका छन् । मोहना नदीको छेउमा गत चैत २६ गते स्थापना भएको अस्थायी बेस क्याम्पमा सशस्त्र प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १२ सुरक्षाकर्मी कार्यरत छन् । बस्तीबाट निकै टाढा रहेको बेस क्याम्पमा कार्यरत सुरक्षाकर्मीलाई पिउने पानी, विद्युत्, शौचालय, खानालगायतको समस्या छ । उनीहरु तीन किलोमिटर टाढा टीकापुर–९ खक्रौलामा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्टबाट पिउने पानी र खाना बोकेर सुरक्षार्थ तैनाथ छन् । टीकापुर–९ चौगुर्दीस्थित अस्थायी बेस क्याम्पमा कार्यरत सुरक्षाकर्मीको अवस्था पनि उस्तै छ । उनीहरुले समेत पिउने पानी र खाना खक्रौलास्थित सीमा सुरक्षा पोष्टबाट बोकेर लैजाने गरेका छन् ।

त्यस्तै भजनी नगरपालिकामा पनि छवटा अस्थायी क्याम्प स्थापना गरिएका छन् । त्यहाँका सुरक्षाकर्मीको अवस्था पनि त्यस्तै छ । एक क्याम्पबाट अर्को क्याम्प देखिने गरी अस्थायी क्याम्प स्थापना गरिएको भए पनि नदीको किनारमा र जङ्गल क्षेत्रमा बस्नुपर्ने भएकाले थुप्रै समस्या झेल्नुपर्ने बाध्यता रहेको उनीहरु बताउँछन् । समस्यासंँग जुध्दै आए पनि उनीहरुले कसैको नाम कोड नगर्ने सर्तमा आफ्नो वास्तविक समस्या बताएको हो ।

भजनी नगरपालिकाका नगर प्रमुख शेरबहादुर चौधरीले सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीको व्यवस्थापनका लागि नगरपालिकाले आवश्यक प्रक्रिया अगाडि बढाएको बताए । “आवश्यक सहयोगका लागि समन्वय भएको छ”, उनले भने “खानेपानी, विद्युत्, शौचालय आदिको समस्या छ, ती समस्या समाधानका लागि सशस्त्र प्रहरीसँग समन्वय र सहकार्य भइरहेको छ ।” नगर प्रमुख चौधरीले सीमामा खटिएका सशस्त्र प्रहरीको भूमिका महत्वपूर्ण भएको बताउँदै उनीहरुसंँग निरन्तर समन्वय र सहकार्य भइरहेको बताउनुभयो । विद्युत् सम्भव भएको ठाउँमा विद्युत् लाइन जडान गर्ने र सम्भव नभएको ठाउँमा सोलारको समेत व्यवस्था गरिने नगर प्रमुख चौधरीले बताए।

सशस्त्र प्रहरी बल ३४ नं गण कैलालीका सशस्त्र प्रहरी उपरीक्षक कमल तिमिल्सिनाले अस्थायी क्याम्पमा समस्या रहेको बताउँदै पहिलेको तुलनामा समस्या समाधान हुँदै गएको बताए । उनले अन्य क्षेत्रमा जस्तो पूर्व तयारी गरी सुरक्षाकर्मी परिचालन नहुने बताउँदै अस्थायी क्याम्पमा देखिएका समस्या समाधानका लागि स्थानीय र प्रदेश सरकारसंँग समन्वय भइरहेको बताए । “स्थानीय सरकारले सहयोग गर्दै आएको छ । प्रदेश सरकारले पनि स्वास्थ्य सामग्रीको सहयोगका लागि समन्वय गरेको छ”, सशस्त्र प्रहरी उपरीक्षक तिमिल्सिनाले भने, “केही क्याम्पमा समस्या छ तर विस्तारै सबै समस्याको समाधानका लागि हामी लागिरहेका छौँ ।”

उनले सीमा क्षेत्रमा सुरक्षा मजबुत गर्न र आइपरेको समस्याको समाधानका लागि स्थानीय सरकारसंँग समन्वय गर्न भजनी र टीकापुर क्षेत्र हेर्ने गरी सशस्त्र प्रहरी नायब उपरीक्षक खटाइएको बताए । यसअघि भजनी र टीकापुर सीमा क्षेत्रमा सशस्त्र प्रहरी निरीक्षकको नेत्तृत्व रहँदै आएको थियो । “धेरै ठाउँमा समस्या छ । हामी समस्याका बाबजुद पनि काम गरिरहेका छौँ”, सशस्त्र प्रहरी उपरीक्षक कमल तिमिल्सिनाले भने, “हामी आवश्यक परेका बेला तत्काल खट्नुपरेकाले समस्या भएको हो । यो विस्तारै समाधान हुन्छ । अहिले प्रहरी नायब उपरीक्षकले स्थानीय तहसंँग समन्वय गरी समस्याको समाधान गर्ने काम भजनी र टीकापुर क्षेत्रमा भइरहेको छ ।”

कैलालीको सीमा क्षेत्र ५२ वटा अस्थायी क्याम्प र १२१ वटा सेन्ट्री पोष्ट रहेको बताउँदै तिमिल्सिनाले १०० किलोमिटरको दूरी कायम हुने गरी क्याम्प स्थापना गरिएको बताए । कतिपय ठाउँमा सुरक्षाकर्मी सीमा क्षेत्रमा रहेका विद्यालय भवन, सामुदायिक भवनलगायतमा बस्दै आएका छन् भने कतिपय ठाउँमा बस्तीबाट निकै टाढा नदी किनारको जङ्गलमा बस्न बाध्य छन् । बस्ती नजिकै बसेका सुरक्षाकर्मीको तुलनामा बस्तीभन्दा टाढा रहेकाहरु निकै समस्यामा छन् । बस्तीभन्दा टाढा रहेका सुरक्षाकर्मी टेण्ट गाडेर बसेका छन् । उनीहरुसँग पिउने पानी र खाना बोक्नका लागि साधन समेत छैन । स्थानीयवासीले दिएको एउटा साइकलमा एकजना सुरक्षाकर्मीले पिउने पानी र खाना बोक्ने गरेका छन् ।

खुल्ला सीमा नाकाका कारण भारतबाट थुप्रै मानिस भित्रिन सक्ने भन्दै सरकारले देशैभर सीमा क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरेको हो । उनीहरुले भारततर्फ आउने व्यक्तिलाई रोक्ने जिम्मेवारी पाएका छन् । भारतबाट अनियन्त्रित रुपमा आउने मान्छेका कारण कोरोना भित्रिन सक्ने सरकारको अनुमान छ ।

त्यस्तै, टीकापुरमा सत्कार मेडिकल सञ्चालन गर्दै आएका डा हेमन्त स्वाँरले कोरोना नियन्त्रणका लागि सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीका लागि पिउने पानीको व्यवस्था गरेका छन् । उनले टीकापुर नगरपालिकाका कालाकुण्डा, चौगुर्दी र श्रीलङ्कास्थित बेस क्याम्पमा १०० जार पिउने पानी उपलब्ध गराएको हो । उनले तीनवटै क्याम्पमा रहेका सुरक्षाकर्मीलाई पिउने पानीका साथै मास्क र सेनिटाइजरसमेत उपलब्ध गराएको बताइएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy