कैलाली । सुदूरपश्चिम प्रदेशको दार्चुलापारिको भारतीय सीमा धार्चुलामा एक महिना पाँच दिनदेखि अलपत्र रहेका कैलालीको घोडाघोडी नगरपालिकाका–११ शिसैयाका वीरसिहं विक नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा प्रवेश गर्दा निकै खुशी थिए ।
“ओहो भगवान् आफ्नो ठाउँ पुगियो” भन्दै आकाशतिर हेर्दै खुशी व्यक्त गरिरहेका वीरसिंहका आँखाबाट खुशीका आँसु झरिरहेको थियो । उनी सरकारले आफ्ना नागरिकलाई सुरक्षित तरिकाले घरसम्म ल्याउने वातावरण बनाएकामा खुशी देखिन्थे । “हामीले त आस मारिसकेका थियौँ घर फर्कन पाइन्छ भनेर तर सरकारले घर पु¥याइछाड्यो, सरकारले अभिभावक भएको कर्तव्य पूरा गरेको आभास भयो” उनले भने ।
“हामी नेपाली भूमि फर्कन चाहन्थ्यौँ, बरु आफ्नै देशका क्वारेन्टाइनमा बस्न तयार थियौँ, तर कुनै पनि अवस्थामा नेपाल आउन चाहन्थ्यौँ” धार्चुलाबाटै फर्किएका घोडाघोडी नगरपालिका–९ का रामसिंह ऐडीले भने । तर सीमा बन्द र लकडाउन बढ्दै गएपछि घरमा रहेका दुई वर्षका छोरा र परिवारलाई सम्झेर रुँदै दिन काटेको उनले दुखेसो पोखे । “लामो समय क्वारेन्टाइनमा बस्दा घरको चिन्ताले सताउँथ्यो, आज आफ्नै गाउँ पुग्दा असाध्यै खुशी भएको छु”, ऐडीले भने । अब केही दिन यहाँ क्वारेन्टाइनमा बस्नुपर्छ भनेका छन्, बस्छु त्यसपछि घर गएर छोरालाई खेलाउने एकदमै चाहना भएको उनको भनाइ छ ।
धर्चुलामै अलपत्र परेर शुक्रबार घोडाघोडी पुग्नुभएकी घोडाघोडी–८ लठुवाकी ६५ वर्षीया लक्ष्मीदेवीले विक आफ्नो भूमि आउन पाइएला भन्ने कुरा सोच्न छाडिसकेको अवस्थामा आउन पाइएकाले संसारभरको खुशी प्राप्त भएझैँ लागिरहेको बताए। आर्थिकरूपमा कमजोर भएका कारण कमाउन बूढाबूढी भारत गएको दुई महिनामै रोग फैलिएका कारण फर्कनुपरेको बताउँदै उहाँले भएको पैसा सकिएर झनै समस्या भएको छ भने । सरकारले फर्काउलाजस्तो नलागे पनि आशा गरेर बसेका आफूजस्ता मजदुरलाई फर्काएकामा उनले खुशी व्यक्त गरे ।
“जिन्दगीमा कहिलेकाहीँ नसोचेको पनि हुँदोरहेछ”, घोडाघोडी नगरपालिका –९ का श्याम चौधरीले भने, “नेपाल भारतको सीमामा अलपत्र परेका आफ्ना साथी महाकाली पौडिएर नेपाल आएको देख्दा लाग्थ्यो अब हाम्रो पनि यस्तै अवस्था आउँछ । तर मनमा सरकारले आफ्ना जनतालाई त्यसै मर्न कहाँ देला र ? आखिर हामीलाई हाम्रो सरकारले घरसम्म ल्याइदियो सरकारलाई धेरै–धेरै धन्यवाद छ ।”
विक, ऐडी, चौधरी मात्र होइन, कोभिड–१९ ले त्रसित बनाएपछि भारतमा मजदुरी गर्न गएका नेपालीहरु विगत एक महिनाभन्दा बढी भारतीय क्वारेन्टाइनमा बसेपछि शुक्रवार आफ्नो घर फर्किन पाउँदा निकै खुशी भएका हुन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: