Khabar Dabali २४ माघ २०८२ शुक्रबार | 6th February, 2026 Fri
Investment bank

बैतडी दुर्घटना अपडेट- मृत्यु हुनेको संख्या १३ पुग्यो

खबरडबली संवाददाता

बैतडी ।  बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।  जिल्लाको पुर्चौडी नगरपालिका वडा ७ को भौनीबाट बेहुली लिएर लिएर बझाङको सुनकुडातर्फ फर्किंदै गरेको बस पुर्चौडी–७ कै बडगाउँ घुम्तीमा पवनदुत यातायातको सुपप्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेको थियो। 

घटना स्थलमै मृत्यु हुनेमा बझाङको विथ्थडचिर गाउँपालिका – ७ बस्ने ४० बर्षीय केशवराज जोशी, सोही ठाउँका १३ बर्षीय अशोक जोशी, ३५ बर्षीय बसन्त जोशी, ४१ बर्षीय विष्णुदत्त जोशी, ४२ बर्षीय नरेशराज जोशी रहेका छन् ।

यस्तै केदारस्यु गाउँपालिकाका ६० बर्षीय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिका – ७ बस्ने ४० बर्षीय बसन्तराज रतला र बैतडीको पुर्चौडी नगरपालिका– बस्ने ४० बर्षीय पुष्पा अवस्थी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्ररही नायव निरीक्षक बल्देब बडुले जानकारी दिए ।

४५ जनाको उद्दार गरी ४० ९१३ महिला २७ पुरुष० जनालाई थप उपचारको लागि डडेल्धुरा अस्पताल पठाएको र ५ जना पुर्चौडीकै कोटीला स्वास्थ्य चौकी पठाएको प्रहरीले जनाएको छ ।

डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेमा बझाङको विथ्थडचिर गाउँपालिका – ७ का १७ बर्षीय विशनदत्त जोशी, सोही ठाउँका अन्ताजी २८ बर्षीय दीपकराज जोशी, अन्दाजी ४५ बर्षीय किसनदत्त जोशी, केदारस्यु गाउँपालिका–७ का २७ बर्षीय केशवराज भट्ट र बैतडीको पुर्चौडी नगरपालिका–७ का १५ बर्षीय सुशील जोशी रहेका प्रवक्ता बडूले बताए ।

बेहुला बेहुली अर्को जीपमा रहेकाले सकुशल रहेका प्रहरीले जनाएको छ । बसको प्रेसरपाइप फुटेर उकालोमा अत्याधिक भारका कारण दुर्घटना भएको उद्धारमा खटिएका शसस्त्र प्रहरीवलको अनुमान छ ।

बस सडकबाट करिब २ सय मिटर तल खसेको हो । घटनास्थलमा स्थानीय, शसस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेको थियो। मृतकको संख्या अझै बढन सक्ने अनुमान गरिएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झापामा अज्ञात व्यक्तिद्वारा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

बिर्तामोड । भद्रपुर नगरपालिका–१० सत्रविघेमा सिरिन्ज आक्रमण भएको छ । अज्ञात व्यक्तिको आक्रमणमा सोही स्थानका बासिन्दा खेम ढकालको मृत्यु भएको छ । जिल्...

खानेतेल र चामलमा देखिएको अस्वाभाविक मूल्यवृद्धि पछाडिका सम्भाव्य कारण

काठमाडौं । विगत केही समयदेखि तेल र चामलजस्ता दैनिक उपभोग्य वस्तुमा देखिएको मूल्यवृद्धिको कारण केलाउने काम भइरहेको र मातहतका निकायले अनुगमन तीव्र पारेक...

चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा-५ मा तालमेलका लागि अघि सारेको प्रस्तावलाई नेपाली कम्युनिस्ट पा...

बैतडी दुर्घटना अपडेट- मृत्यु हुनेको संख्या १३ पुग्यो

बैतडी ।  बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।  जिल्लाको पुर्चौडी नगरपालिका वडा ७ को भौनीबाट बेहुली लिएर लिएर बझाङ...

प्रचारप्रसार गर्नुअघि राजनीतिक दल वा उम्मेदवारले घोषणापत्र सार्वजनिक गर्नुपर्ने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन प्रचारप्रसारमा जानुअघि राजनीतिक दल र उम्मेदवारले घोषणा पत्र सार्वजनिक गर्नुपर्ने व्यवस्था न...

फोहर फाल्नेलाई महानगर प्रहरीले कारबाही गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रमा बग्ने बागमती नदी र नदी किनारको दायाँबायाँ फोहर फाल्नेलाई आगामी शनिबारदेखि महानगर प्रहरीले गस्ती गरी कानुनी ...

म्याग्दीमा दलहरुलाई उछिनेर महावीर पुनले मार्लान् बाजी ?

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला म्याग्दीमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको प्रतिस्पर्धा हुन...

आइतबारदेखि कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप लगाइने

काठमाडौंँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार) देखि किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) ...

'पहिलो सन्तानको तुलनामा पछि जन्मने बच्चाले स्क्रिनमा बढी समय बिताउँछन्'

काठमाडाैँ । सामान्यतया ठूला दाजुभाइ र दिदीबहिनीको तुलनामा उनीहरूका साना भाइबहिनीहरूले स्क्रिनमा बढी समय बिताउने र शैक्षिक गतिविधिहरूमा कम समय बिताउने ...

बैतडी बस दुर्घटना अपडेट : ८ जनाको मृत्यु, ४५ जना घाइते

बैतडी । बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । बैतडीको पुर्चौँडी नगरपालिका–७ भवनेबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ जाँदै गरेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE