काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बाँकेको नेपालगञ्जमा एकै दिनमा १५ जनामा कोरोना भाइरस सङ्क्रमण भेटिएको सन्दर्भमा कोरोना परीक्षणको दायरा व्यापकरुपमा बढाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाललाई टेलिफोनमार्फत उक्त स्थानमा व्यापकरुपमा परीक्षणको दायरा बढाउन ध्यानाकर्षण गराएको संसदीय दलले जनाएको छ । कुराकानीका क्रममा प्रमुख सचेतक खाँणले त्यस क्षेत्रमा उच्च सतर्कता अपनाउनुपर्ने तथा आवश्यक स्वास्थ्य सामग्रीकोे यथेष्ट व्यवस्था र विशेषज्ञसहितको थप मेडिकल टोली परिचालन गर्नुपर्नेमा जोड दिएका थिए।
सङ्क्रमित व्यक्तिहरु अरु थुप्रै व्यक्तिसँग सम्पर्कमा पुगेको हुनसक्ने भएको हुँदा त्यसलाई मध्यनजर गरी सम्पर्कमा आएका व्यक्तिको तत्काल खोजी गरी परीक्षण गर्नुपर्ने र थप सङ्क्रमण फैलन नदिन सावधानी अपनाउन उनले आग्रह गरेका थिए ।
त्यसैगरी रुपन्देहीको मर्चवार क्षेत्रको कोटहीमाई गाउँपालिका–१ का भारतबाट आएका युवकलाई कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको हुँदा निजको सम्पर्कमा आएको व्यक्तिमा पनि सङ्क्रमणको उच्च जोखिम भएकाले उनीहरुको पहिचान गरी परीक्षण कार्यलाई तीव्रता दिनुपर्ने बारेमा प्रमुख सचेतक खाँणले जोड दिएका थिए ।
साथै स्वास्थ्य सामग्रीको अभाव रहेको जानकारी गराउँदै उनले तत्काल आवश्यक सामग्री व्यवस्थाका लागि आग्रह गरेका थिए। जवाफमा मन्त्री ढकालले स्वास्थ्य सामग्री कमी भएका स्थानमा यथाशीघ्र आवश्यक सामग्री पठाइने बताएको उनले जानकारी दिए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: