काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र निजी क्षेत्रसँग गरी एक लाख एक्काइस हजार मेट्रिक टन चामल मौज्दात रहेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकानुसार कम्पनीसँग अठार हजार ४३६ र निजी क्षेत्रका उद्योगसँग एक लाख एकाइस हजार छ मेट्रिक टन गरी कुल एक लाख एक्काइस हजार छ मेट्रिक टन चामल मौज्दात छ ।
मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीका अनुसार कम्पनीसँग दुर्गमका २३ जिल्लामा तीन हजार ५६६ मेट्रिक टन चामल, ६१० क्विन्टल फापर र ५३४ क्विन्टल सिमी मौज्दात छ । त्यस्तै मुलुकका विभिन्न स्थानमा रहेका ठूला चामल उद्योग र कृषकसँग एकसठ्ठी हजार ५४ मेट्रिक टन धान मौज्दात रहेकाले चामल उत्पादनमा कुनै समस्या नरहेको उनले जिकिर गरे। मन्त्रालयको तथ्यांकानुसार निजी क्षेत्रका व्यापारीसँग दाल, केराउ र चना सोह्र हजार ८१ मेट्रिक टन मौज्दात छ ।
पाँच हजार मेटन तेल मौज्दात
मन्त्रालयको तथ्यांकानुसार निजी क्षेत्रका तेल उद्योगसँग पाम आयल ४८६ मेट्रिक टन, पामोलिन एक हजार ९१९ मेट्रिक टन र सोयाबिन तेल एक हजार ६१६ मेट्रिक टन मौज्दात छ । त्यस्तै सूर्यमुखी तेल ८४६ मेट्रिक टन मौज्दात तथा छ हजार ३४६ मेट्रिक टन आयातका क्रममा छ । कोलकातामा समेत ७० हजार ८६६ मेट्रिक टन तेल मौज्दात छ ।
राहत वितरण
लकडाउनका अवधिमा कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले स्थानीय तहको मागानुसार खाद्य पदार्थको बिक्रीवितरण समेत गरेका छन् । मन्त्रालयको तथ्यांकानुसार कम्पनीले २९ जिल्लामा तीस हजार ८२६ दशमलव ३६ क्विन्टल चामल बिक्रीवितरण गरेको छ ।
त्यस्तै साल्ट ट्रेडिङ कर्पोरेशनले पैँसठ्ठी हजार ६५३ किलो नुन, पैँतालीस हजार ६११ लिटर तेल, पाँच लाख छब्बीस हजार २८५ किलो चामल, त्रियानब्बे हजार २३० किलो दाल र त्रिसठ्ठी हजार ६४० किलो चिउरा बिक्री गरेको छ । कर्पोरेशनले सत्र हजार चार सय किलो चिनी, सात ब्याग पिठो, त्रिसठ्ठी हजार ८२ साबुन, सय किलो चिया, ५५० किलो मस्यौरा गरी आठ लाख ७५ हजार ५५८ किलो खाद्य पदार्थ र अन्य वस्तु स्थानीय तहहरुलाई राहतस्वरुप बिक्री गरेको छ ।
मौज्दात चिनी ६७ हजार मेटन
कर्पोरेशनका विभिन्न डिपोमा आइतबारसम्म तीन हजार ६०३ मेट्रिक टन चिनी मौज्दात छ । त्यस्तै निजी उद्योगसँग त्रिसठ्ठी हजार २०७ मेट्रिक टन चिनी मौज्दात रहेको छ । एक लाख त्रिपन्न सत्चालीस हजार ७४० मेट्रिक टन नून आयात प्रक्रियामा रहेको छ । विभिन्न दुर्गम जिल्लामा दुई हजार ४३० मेट्रिक टन आयोडिनयुक्त नून मौज्दात छ ।
लकडाउनका अवधिमा कम्पनीले काठमाडौँ उपत्यकाका रामशाहपथ, नख्खु, थापाथली, भक्तपुर र ललितपुरस्थित बिक्री केन्द्रका साथै घुम्ती सेवा र अनलाइनमार्फत उपभोक्ताको माग अनुसार खाद्य पदार्थ बिक्रीवितरण गर्दै आएको छ ।
कम्पनीले देशका आठ अञ्चल कार्यालयसहित आधुनिक चामल कारखाना, राजापुरलगायत देशका विभिन्न स्थानमा २६ शाखा कार्यालयका साथै दुर्गम जिल्लाका विभिन्न स्थानमा ५९ डिपो कार्यालय÷बिक्री केन्द्र एवं सहकारी डिलरबाट खाद्य पदार्थ बिक्रीवितरण गर्दै आएको छ । साल्ट ट्रेडिङले लकडाउन अवधिमा ललितपुर, कालीमाटी, सतुंगल, कोटेश्वर, भक्तपुर र बनेपास्थित बिक्री केन्द्रका घुम्ती सेवा पसलमार्फत जनघनत्व र उपभोक्ताको माग भएका स्थानलाई प्राथमिकतामा राखेर खाद्य पदार्थ तथा अन्य सामग्री बिक्रीवितरण गर्दै आएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: