काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल जस्तो खुला र लोकतान्त्रिक समाजमा सूचनाको अधिकार कुनै पनि तवरबाट कुण्ठित हुन सम्भव नहुने बताएका छन् ।
राष्ट्रिय सूचना आयोगको १३ औँ स्थापना दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले नागरिकको सही सूचना प्राप्त गर्ने अधिकारप्रति सरकारको निष्ठापूर्ण प्रतिवद्धता रहेको उल्लेख गर्दै सुशासन, विकास र लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणका लागि सही सूचना प्रवाह एक महत्वपूर्ण आयाम भएको जनाएको हो । उनको सन्देशमा भनिएको छ, “हाम्रो जस्तो खुला र लोकतान्त्रिक समाजमा सूचनाको अधिकार कुनै पनि तवरबाट कुण्ठित हुन सम्भव छैन । बरु सूचना प्रवाह र यसका माध्यमको निष्पक्षता, तटस्थता र सन्तुलन रहन सकेन भने नागरिकले सही सूचना प्राप्त गर्न सक्दैनन् । नागरिक सूचनाविहीन हुनु एउटा समस्या हो भने गलत सूचना प्रवाहबाट प्रभावित हुनु त्यो भन्दा ठूलो समस्या हो ।”
उनले सूचनाको हकसम्बन्धी व्यवस्थाको सफल कार्यान्वयनबाट मात्र लोकतान्त्रिक पद्धतिको सुदृढीकरण तथा सुशासन कायम गरी नागरिकलाई समृद्ध बनाउन सकिन्छ भन्नेमा आफू विश्वस्त रहेको स्पष्ट गर्दै आयोगले हालसम्म खेलेका भूमिकाको प्रशंसा गरेका छन् ।
कोरोना भाइरस रोकथामका लागि बन्दाबन्दी कायम रहेकाले आयोगले स्थापना दिवसमा आज कुनै औपचारिक कार्यक्रम आयोजना गरेन । सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम २०६५ वैशाख २२ गते आयोगको गठन भएको थियो ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: