Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

आगामी बजेट कस्तो आउनुपर्ला ? यस्तो छ पूर्वअर्थमन्त्रीको सुझाव

काठमाडौ । कृषिको आधुनिकीकरण, रोजगारी प्रवद्र्धन, ठूला पूर्वाधारको विकास तथा निर्यातमूलक उद्योगमा ध्यान दिने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन पूर्वअर्थमन्त्रीले सरकारलाई सुझाव दिएका छन् । कोरोनाका कारण मुलुकको अर्थतन्त्रमा ठूलो प्रभाव परेको, वैदेशिक रोजगारीमा गएका युवासमेत स्वदेश फर्कने तयारीमा रहेको अवस्थामा उनीहरुलाई समेत रोजगारी तथा उद्यमसँग जोड्ने गरी यथार्थ धरातलमा रहेर बजेट बनाउन उनीहरुले सरकारको ध्यानाकर्षण गराए ।

लकडाउनको समयमा सङ्घीय संसद्को अर्थसमितिले आज आयोजना गरेको बैठकमा उनीहरुले मुलुकको समग्र अवस्थालाई ध्यान दिएर बजेट तयार पार्नुपर्ने र त्यसको व्यावहारिक कार्यान्वयमा जोड दिनुपर्ने बताए । कोरोनाको सङ्क्रमण रोक्न सरकारले लकडाउन गरिरहेको सन्दर्भमा राजश्वसमेत कम उठेको तथा पूँजीगत खर्चसमेत कम भएको अवस्थामा समग्र पक्षलाई ध्यानमा राखेर वस्तुगत धरातलमा बजेट तयार गर्नुपर्ने उनीहरुको जोड छ ।

नेपालको ठूलो श्रमशक्ति कृषिमा आधारित रहेको, रोजगारी खोज्न विदेशिएका नागरिकसमेत कामविहीन भएकाले विप्रेषण आप्रवाहसमेत कम भएको तथा मुलुकभित्रै नै पर्यटन क्षेत्र समस्यामा परेको र ठूलो बेरोजगारी बढ्नसक्ने अवस्थालाई मध्यनजर गरेर सरकारले केही नीतिगत परिवर्तन गर्नुपर्ने पूर्वअर्थमन्त्रीहरुको जोड छ ।

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले विदेशमा रहेका नेपाली फर्केर आएपछि उनीहरुलाई कुन क्षेत्रमा रोजगारी दिने हो त्यसको आँकलन गर्नु जरुरी रहेको बताए । उनले कुन देशमा कति नेपाली रहेका छन, उनीहरु कसरी काम गरिरहेका छन्, त्यसमध्ये कति फर्कंदैछन् त्यसको तथ्याङक सङ्कलन गर्नुपर्नेमा जोड दिए । यस्तै भारत र मलेशियामा रहेका नेपालीको अवस्थाका बारेमा समेत अध्ययन गर्नुपर्ने पूर्वअर्थमन्त्री पाण्डेको जोड छ ।

यस्तै आगामी आर्थिक वर्षको बजेट बनाउँदा साझेदारीमा पैसा आउने शीर्षक राखेर आकार नबढाउन उनले सुझाव दिए। वैदेशिक प्रतिबद्धता भएको पैसा कम आउने, बहुपक्षीय दातृ निकायबाट प्राप्त हुने सहयोग कम हुने, विप्रेषण घट्ने अवस्थाको मूल्याङ्कन गर्नुपर्ने नेता पाण्डेको भनाइ थियो । उहाँले विदेशी विनिमय सञ्चिति कस्तो हुन्छ भन्नेतर्फ ध्यान दिनु जरुरी रहेको उल्लेख गरे ।

पूर्वअर्थमन्त्री पाण्डेले विदेशबाट फर्किएकालाई क्षमताअनुसार केही बीउ पूँजी दिएर काममा लगाउन सकेको खण्डमा मुलुकको अर्थ व्यवस्था सहज हुने विश्वास व्यक्त गरे । उनले रु ५० अर्बको रोजगार कोष बनाएर विदेशबाट नेपाल फर्कनेको सीप उपयोग गर्ने योजना बनाउन सुझाव दिए ।

कोरोनाका कारण नेपालको पर्यटन क्षेत्र दुई वर्ष पछाडि धकेलिएको भन्दै यस्तो समयमा आन्तरिक प्रवद्र्धनमा जोड दिनुपर्ने सुझाव दिए। उनले चालू खर्च घटाउन, नयाँ कर्मचारी, सुरक्षाकर्मी भर्ना नगर्नसमेत आग्रह गरे । तत्काल आम्दानी हुने आयोजनामा बजेट धेरै दिन सुझाव दिँदै उनले मेलम्ची, माथिल्लो तामाकोशी, पोखरा, भैरहवा विमानस्थललाई सम्पन्न गर्नेतर्फ ध्यान दिनुपर्ने बताए ।

उनले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, प्रधानमन्त्री रोजगार कार्यक्रम र युवा स्वरोजगार कोषलाई एकीकृत रुपमा परिचालन गर्नुपर्नेमा जोड दिँदै उहाँले फर्म दर्ता गरेर अनुदान लिने र फर्म बन्द गर्ने परिपाटी देखिएकाले त्यसलाई नियन्त्रण गर्नपर्ने बताए।

पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी बजेटले कृषि, युवा, रोजगारी, निर्यात लगायतका क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने सुझाव दिए । यस्तै निमार्णधिन राष्ट्रिय गौरवका आयोजनालाई छिटोभन्दा छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिँदै धेरै रोजगारी सिर्जना गर्ने भौतिक पूर्वाधारको योजनासमेत शुरु गर्नुपर्ने पूर्वअर्थमन्त्री कार्कीको भनाइ थियो ।

कोरोनाका कारण समग्र आर्थिक क्षेत्रमा के कस्तो नोक्सानी कति हुन्छ रु सबै क्षेत्रमा कस्तो प्रभाव पर्छ भनेर वृहत अध्ययन गरिनुपर्ने उनको भनाइ थियो । विपद्का कारण गैरवित्तीय प्रभाव पनि वित्तीय जोखिमका रुपमा आउने तर्क गर्दै उहाँले अन्यत्र रोजगारी गुमेपछि सबैभन्दा चाप पर्ने भनेको सरकारी निकाय नै भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने पूर्वअर्थमन्त्री कार्कीको भनाइ छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका डा बाबुराम भट्टराईले स्थानीय तहमा अभिलेखको अभाव रहेको भन्दै कोरोनाका कारण कुन कुन क्षेत्रमा के कस्तो क्षति भएको छ, त्यो पत्ता लगाएर बजेट तयार पार्न सुझाव दिए । उनले सरकारी स्रोतका अलावा गैरसरकारी संस्थाको सहयोगमा पनि प्रभावको मूल्याङ्कन गर्न र परम्परागत अर्थ प्रणालीलाई बदल्न लागि पर्नुपर्ने बताए ।

अर्थतन्त्रमा संरचनागत समस्या पनि रहेकोले सरकारले साहसिक कदम चाल्नुपर्ने र औद्योगिक अर्थतन्त्रमा परिवर्तन गर्न गम्भीर प्रकृतिका सुधार गर्नुपर्ने उल्लेख गरे। उनले भने “कोरोनाबाट तङ्ग्रिएर जाने र अर्थतन्त्रलाई समग्र रुपान्तरण गर्ने नीति लिनुपर्छ । झण्डै ६० लाख जनशक्ति विदेशमा छन्, तीमध्ये एक चौथाइ मात्रै फर्किएको अवस्थामा पनि १५ लाखलाई रोजगारी दिने तर्फ सोच्नुपर्छ । ”

स्वरोजगारका अभियान विगतमा प्रभावकारी नभएको तर्क गर्दै उहाँले ठूला आयोजना अगाडि बढाउन राष्ट्रिय स्वयं सेवकको अवधारणा अगाडि सर्नुपर्ने र विकास निर्माणमा लगाउने अभियान चलाउनुपर्ने स्पष्ट पारे। विदेशबाट फर्किएर आएकाहरु सीप सिकेर आएका हुने भएकाले कृषिमा आधुनिकीकरण र व्यवसायीकरणको योजनासहित सुधारको अभियान चलाउनुपर्ने र खाद्य क्षेत्रमा आत्मनिर्भर हुने मार्गप्रशस्त गर्नुपर्ने बताए । सडक, जलविद्युत् जस्ता आठ÷ दशवटा ठूला पूर्वाधार छानेर लगानी गरिए त्यसबाट रोजगारीसमेत वृद्धि हुने भएकाले विशेष ध्यान दिनुपर्ने उनको जोड छ ।

राज्यले दायित्व लिने शिक्षा र स्वास्थ्यमा निजी क्षेत्रलाई मात्रै छाड्दा समस्या देखिएकाले सरकारले रुपान्तरणकारी योजना ल्याउनुपर्ने, साना र मध्यम व्यवसायलाई प्रवद्र्धन गर्नुपर्ने, कृषि, पर्यटन उद्योगमा विशेष जोड दिनुपर्ने पूर्वप्रधानमन्त्री डा भट्टराईको भनाइ छ । सामाजिक सुरक्षालाई थप एकीकृत प्रणालीको आधारमा व्यवस्थापन गर्नुपर्ने, सुशासनका लागि दीर्घकालीन योजनाका साथ काम गर्नुपर्ने, तथा कर्मचारीतन्त्रको सही व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ । सार्वजनिक खर्च हुन नसकेको अवस्थालाई ध्यान दिनुपर्ने, निर्वाचन क्षेत्र पूर्वाधार कार्याक्रमको स्वरुप बदल्नुपर्ने, सार्वजनिक खरिद ऐनलाई समसामयिक बनाउनुपर्ने डा भट्टराईको सुझाव छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy