टोकियो । जापानमा कोरोनाभाइरसको महामारीका कारण जारी राष्ट्रव्यापी सङ्कटकाललाई थप तीन हप्ताका लागि थपिएको सरकारले सोमबार घोषणा गरेको छ ।
जापानमा गत महिना (अप्रिल ७) देखि सात राज्यमा एक महिनाका लागि जारी राष्ट्रिय सङ्कटकाल अप्रिल १६ मा देशव्यापी बनाइएको थियो । मङ्गलबारदेखि समाप्त हुनैलाग्दा पुनः सङ्कटकाल लम्व्याउने सूचना आएको हो ।
जापानी प्रधानमन्त्री सिन्जो आवेले सरकारी कार्यदलको बैठकमा उक्त घोषणा गर्नुभएको हो । “मैले सरकारी अधिकारी, सार्वजनिक तथा निजी क्षेत्रको समेत सुझाब अनुसार आगामी अप्रिल ७ देखि मे ३१ सम्मका लागि राष्ट्रिय सङ्कटकालको घोषणा गरेको छु,” आवेले बैठकमा भने ।
उनले थपे, “सबै प्रशासनिक क्षेत्रमा यो लागु हुनेछ र सङ्कटकालको पूर्व घोषणामा व्यवस्था भएका कुनै पनि बिषयलाई अर्को सूचना नभएसम्म खुकुलो पारिने छैन ।”
उनले भने, “कोरोनाभाइरसविरूद्धको लडाइका लागि आगामी कदम तयार पार्न एक महिना सङ्कटकाल लगाइएको थियो र अझै पनि आवश्यक देखिएकाले समय थप गरिएको छ ।”
उनले नागरिकलाई उक्त समय आफू रहेको क्षेत्रबाट अन्य स्थानमा यात्रामा नजान र भाइरस व्यक्तिबाट व्यक्तिमा सर्ने सम्भावनालाई कम गर्न पुनः आग्रह गर्नुभएको छ । भाइरस सङ्क्रमणको बढी समस्या रहेका टोकियो, ओसाकासहित १३ वटै प्रशासनिक क्षेत्रमा विशेष सावधानी अपनाउन उनले आग्रह गरेका छन् ।
सङ्कटकाल लम्व्याउने निर्णयलाई चिकित्सा क्षेत्रका विशेषज्ञहरूको सल्लाहाकार समितिले सोमबार बिहान अनुमोदन गरेको थियो । सरकारले उक्त निर्णयलाई पछि संसदलाई जानकारी गराएको छ ।
अर्थतन्त्र पुनरूद्धार मन्त्री यासुतोशी निशीमुराले संसदमा बोल्दै भने, “कोभिड–१९ सङ्क्रमितका नयाँ विरामीहरू घट्ने क्रममा रहेको भएपनि सोचेअनुरूप तीब्र भएन । हामीले सङ्क्रमण दरमा थप कमी आउँदासम्म सामान्य जनजीवनमा फर्किनका लागि पर्खिनुपर्छ भन्ने विज्ञहरूको सुझाबअनुसार सङ्कटकाललाई लम्व्याउनुको विकल्प देखिएन ।”
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: