मेलम्ची । एकल महिलाले मात्र होइन, एकल पुरुषले पनि अब सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् । यसका लागि यहाँको हेलम्बु गाउँपालिकाले श्रीमती मृत्यु भएका सबै उमेर समूहका एकल पुरुषलाई आन्तरिक स्रोतबाट मासिक रु ५०० भत्ता उपलब्ध गराउन शुरुवात गरेको छ ।
सो गाउँपालिकाका सात वटै वडाका १९५ जनालाई भत्ता वितरण गरिएको अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए ।
उनका अनुसार पालिकाले सो भत्ता वितरणका लाागि चालु आर्थिक वर्षमा रु २० लाख विनियोजन थियो । “राज्यले महिला पुरुष समान भनेकाले व्यवहारिकरूपमै हामीले त्यसको शुरुआत गरेका हौँं । समानताको नाराअनुसार नै एकल पुरुषलाई पनि भत्ता वितरण गरिएको हो ।” उनले भने ।
एकल पुरुष भत्ता लिइरहेकाले ज्येष्ठ नागरिक भत्ता लिन शुरु गरेपछि भने दोहोेरो सुविधा पाउने छैनन् । हाल पालिकाभित्रका सबै वडामा एकल पुरुषको सङ्ख्या सङ्कलन गर्ने काम भइरहेको र ३५० कोे हाराहारीमा सो सङ्ख्या रहेको जानकारी सो गाउँपालिकाले दिएको छ । अहिले रु ५०० बाट शुरु गरेको यो कार्यक्रम आगामी वर्षहरुमा बढाउँदै लैजाने योजना रहेको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।
क्वारेन्टाइनको मापदण्ड पुगेन
अनुगमनका क्रममा सुनकोशीका ११ श्ययाको क्वारेन्टाइनको मापदण्ड नपुगेपछि हाललाई बन्द गरिने भएको छ । सोमबार जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङको नेतृत्वमा अनुगमनमा गएको टोलीले उक्त क्वारेन्टाइनमा आवश्यक मापदण्ड नपुगेको भन्दै बन्द गर्ने निर्णय गरेको हो ।
क्वारेन्टाइनको नाममा स्थानीय तहले कोठामा श्यया तयार गरेको मात्रै पाइएको र यसका लागि अन्य आवश्यक स्वास्थ्य सामग्रीलगायतको व्यवस्थापन भइनसकेकाले उक्त क्वारेन्टाइनमा सम्पूर्ण आवश्यक सामग्रीको उपलब्धता नभएसम्मका लागि गणना नगरिएको उनले जानकारी दिए । उनका अनुसार अनुगमन समिति अनुगमनको क्रममा नै रहेको र अन्य स्थानको पनि क्वारेन्टाइनको अनुगमन गरी मापदण्ड नपुगेकाहरु बन्द गरिने छ ।
अनुगमनको क्रममा श्यया मात्र राखेर क्वारेन्टाइनमा स्वास्थ्य सामग्रीको समेत उपलब्धता नभएको पाइएकाले सो गाँउपालिका वडा नं ४ मा रहेको चार श्यया र वडा नं ७ मा रहेको सात श्ययाको क्वारेन्टाइन खारेज गारिएको जिल्ला जनस्वास्थ्य कार्यलयका प्रमुख दुर्गदत्त चापागाईँले जानकारी दिए।
सो गाउँपालिकाले सम्पूर्ण वडावडामा नै क्वारेन्टाइन तयार गरेको थियो । जिल्ला समन्वय समितिका प्रमुख तामाङको नेतृत्वमा जिल्ला समन्वय समितिका उपप्रमुख बालकुमारी सापकोटा, सहायक जिल्ला प्रमुख बाबुराम खनाल, जिल्ला जनस्वास्थ्य प्रमुख चापागाईँ, समन्वय समितिका सदस्य सकुन्तला माझीलगायतको टोलीले ।सोमबार लिसङ्खुपाखर गाउँपालिका र सुनकोशी गाउँपालिकाले तयार गरेको क्वारेन्टाइनहरुको अनुगमन गरिएको जिल्ला समन्वय समितिका उपप्रमुख बालकुमारी सापकोटाले जानकारी दिनुभयो । यसअघि नै शनिबार अनुगमनको क्रममा भोटेकोशीमा रहेको १० श्ययाको क्वारेन्टाइन बन्द गरिएको थियो ।
५६ जनाले गरे रक्तदान
चौतारामा सोमबार गरिएको कार्यक्रममा विभिन्न ५६ व्यक्तिले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुपाल्चोकले गरेको रक्तदान कार्यक्रममा ५६ जनाले रक्तदान गरेका रेडक्रसका महामन्त्री कमलचरण कक्षपतिले जानकारी दिए । रक्तदान कार्यक्रममा स्थानीय र नेपाल प्रहरीले रक्तदान गरेका थिए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: