Khabar Dabali ८ असार २०८३ सोमबार | 22nd June, 2026 Mon
Investment bank

प्रधानमन्त्री ओलीद्वारा रायमाझीको निधनप्रति दुःख व्यक्त

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट आन्दोलनका अगुवा बुद्धिबहादुर रायमाझीको निधनप्रति दुःख व्यक्त गरेका छन् । आज शोक वक्तव्य जारी गर्दै उनले रायमाझीको निधनले निरङ्कुश पञ्चायती व्यवस्थाविरोधी सङ्घर्षका क्रममा व्यतित गरेका कठिन दिनहरु स्मृतिमा आइरहेको बताएका छन् ।

“पूर्ववर्ती नेकपा (एमाले)का नेता तथा निरङ्कुशताविरोधी अनवरत सङ्घर्षका क्रममा मेरो जीवनका सहयोद्धा रायमाझीको निधनको खबरले मलाई अत्यन्त दुःख लागेको छ”, शोक वक्तव्यमा भनेका छन्, “नेपाल कम्युनिस्ट पार्टीका निष्ठावान कार्यकर्ता तथा मेरो मित्र रायमाझीप्रति श्रद्धासुमन अर्पण गर्दछु ।”

उनको हिजो वैशाख २२ गते काठमाडौँस्थित मेडिसिटी अस्पतालमा निधन भएको थियो । उनी पञ्चायती व्यवस्थाविरुद्ध सङ्घर्षका क्रममा अर्घाखाँचीको चर्चित बर्रे सङ्घर्षका योद्धा थिए। रायमाझीले निरङ्कुशता विरोधी सङ्घर्षका क्रममा १३ वर्ष लामो जेल जीवन व्यतित गरेका थिए

पूर्ववर्ती एमालेको जिल्ला कमिटी सचिवालय सदस्य र केन्द्रीय पार्टी स्कूल विभागका सदस्यका रुपमा रहेका उनी कुशल राजनीतिक जिम्मेवारी पूरा गरेका थिए । शोक वक्तव्यमा प्रधानमन्त्री ओलीले नेपालको राजनीतिक तथा सामाजिक आन्दोलनमा उनले पुर्याएको योगदानको सदास्मरणीय रहेको उल्लेख गरेका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending