Khabar Dabali २४ माघ २०८२ शुक्रबार | 6th February, 2026 Fri
Investment bank

यस्ता छन् गर्मी हुने बेलामा पनि चिसो नघट्नुका कारणहरु

काठमाडौं । अघिल्ला वर्षहरूमा निकै गर्मी भइसक्ने समयमा पनि यसपालि भने नेपालका कतिपय क्षेत्रमा खासै गर्मी अनुभव गरिएको छैन।

अघिल्ला वर्षहरूका तुलनामा यसपालि चैत-वैशाखमा नै धेरै वर्षा पनि भएको छ।

राजधानी काठमाण्डूसहित देशका विभिन्न भागहरूमा केही सातादेखि केहीबेर वर्षा हुने र फेरि घाम लाग्ने गर्दै मौसम बदलिरहेको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीवारसम्म मौसमको यस्तै अवस्था रहनसक्ने सम्भावना छ।

वर्षा बढी, तापक्रम कम
मौसम विज्ञान विभागका अनुसार यसपालि नेपालका अधिकांश भागहरूमा एप्रिल र मे महिनाको सुरुमा अरू वर्षको औसतभन्दा बढी वर्षा भएको छ।

त्यस्तै तापक्रम पनि अरू वर्षको औसतभन्दा कम देखिएको छ।

विभागले विगतका ३० वर्षको मौसमको तुलना गरेर यस्तो वार्षिक औसत निकाल्ने गर्छ।
मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार यस वर्ष मार्च र एप्रिल महिनामा देशका अधिकांश भागमा औसतभन्दा बढी वर्षा भएको छ।

उनले भनिन्, \'हाम्रा स्टेशनमध्ये मार्च महिनामा काठमाण्डू र ताप्लेजुङ बाहेक अन्यत्र औसतभन्दा बढी वर्षा भएको छ। एप्रिलमा दिपायल, धनगढी, विराटनगर र ताप्लेजुङबाहेक अन्यत्र बढी वर्षा भएको थियो।\'

उनले एप्रिल र मे महिनाको सुरुवातमा नेपालमा अधिकांश भागमा औसत तापक्रमको तुलनामा तापक्रम पनि कम देखिएको छ।

उनले भनिन्, \'यसबेला पहिले नेपालगञ्ज, धनगढीतिरको तापक्रम ४० डिग्री सेल्सियसको हाराहारी पुगिसकेको हुन्थ्यो यसपालि निकै कम छ।\'

गर्मी हुने बेलामा चिसो हुनुको कारण
मौसमविद्हरूका अनुसार यसपालि पश्चिमी वायुको प्रभाव ढिलोसम्म कायम रहँदा नेपालमा गर्मी हुने बेलामा पनि चिसो कायम रहेको हो।

जल तथा मौसम विज्ञान विभागका पूर्व उप(महानिर्देशक राजेन्द्र श्रेष्ठले पश्चिमी वायुको प्रभाव कम नभएकैले एप्रिल र मे महिनामा पनि नियमित वर्षा भइरहेको बताए।

उनले भने, \'पहिले पहिले यो बेलासम्म पश्चिमी वायु उत्तरतर्फ लागिसकेको हुन्थ्यो। यसपालि अझै उत्तरतिर नलागेकाले वर्षा भइरहेको छ। त्यसैको प्रभावले चिसो पनि जारी छ।\'

\'भारतको दिल्लीमै पनि एप्रिल महिनामा धेरै वर्षपछि तापक्रम कम भएको पाइएको छ। त्यो भनेको पश्चिमी वायुकै प्रभाव हो।\'

चारथरी वायु सक्रिय
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा चारथरी वायुको प्रभाव कायम छ।

विभागले हाल पश्चिमी वायुको सामान्य प्रभाव बाँकी रहेको जनाएको छ।

त्यस्तै स्थानीय वायु तथा पूर्वी भू(भाग नजिक बनेको न्यूनचापिय क्षेत्रको प्रभाव हुनुको साथै बङ्गालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ।

विभागकी एकजना वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार नेपालमा जाडो महिनामा पश्चिमी वायु सक्रिय हुन्छ भने मनसुन सुरु भएपछि पूर्वीय वायु सक्रिय बन्छ।

त्यसबाहेक यो समयमा स्थानीय वायु पनि सक्रिय हुने गरेको छ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE