डोटी । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशैभर लकडान गरे पनि डोटीमा भने क्रमशः लकडाउनको व्यापक उल्लङ्घन भएको पाइएको छ । लकडाउनका समयमा अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन प्रशासनले आग्रह गरे पनि यहाँका जिम्मेवार व्यक्ति नै विभिन्न बहानामा लकडाउन उल्लङ्घन गरिरहेको प्रहरीको गुनासो छ । लकडाउन उल्लङ्घन गर्नेमा विभिन्न राजनीतिकदलका नेता, कर्मचारी बढी रहेको प्रहरीको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मर्निङ वाक अर्थात् प्रात भ्रमणका नाममा जिम्मेवार व्यक्ति नै जताततै हिँड्ने, बजारमा बिनाकाम घुम्ने गरेका कारण लकडाउनको पालना गराउनमा समस्या भएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रमेश शाहीले बताए । उनले भने, “विभिन्न बहानामा जिम्मेवार व्यक्ति नै बजारभरि, डाँडाकाँडातिर घुमिरहेका देखिन्छन्, घरै बसौँभन्दा मान्नुहुन्न हामीलाई सास्ती बनाएका छन् ।” लकडाउनको सिद्धान्त पूर्ण पालना गर्दै घरैमा बस्न प्रहरीले आग्रह गरे पनि त्यसको कसैले पालना गरेका छैनन् ।
विश्वव्यापी महामारीका रुपमा देखिएको कोरोना सङ्क्रमण रोक्न सरकारले घोषणा गरेको ‘लकडाउन’लाई जिल्लाका जिम्मेवार व्यक्तिबाटै पूर्ण पालन नगरी मनपरी हिँड्ने र आफ्नो रवाफ देखाउने गरेको दिपायल पिपल्लाका स्थानीयवासी सर्वजित देउवाले बताए। उनले भने, “जिम्मेवार व्यक्ति नै लकडाउन उल्लङ्घन गर्दै हिँडिरहेका छन् भने सर्वसाधारण त झनै घुम्ने नै भए नि ।” उनका अनुसार बिहान र बेलुकीको समयमा यहाँका सडक, सार्वजनिक ठाउँ, मठमन्दिरमा समाजले मान्दै आएका सामाजिक अगुवा नै प्रातः भ्रमणका नाममा जथाभावी हिँड्ने गरेका छन् । डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले हामी लकडाउनको पहिलो चरणमा भएको र सङ्क्रमण नफैलियोस् र नागरिक आफ्नो स्वास्थ्यको बारेमा सतर्क होउन् भनेर विशेष सतर्कता अपनाउन लागिपरेको बताए । उनले भने, “हामी आमनागरिकको ज्यानको सुरक्षाका लागि विभिन्न प्रयास गर्दैछौँ, जान्ने बुझ्ने व्यक्ति नै बढी सडकमा अनावश्यक हिँड्ने गर्नु दुर्भाग्य हो ।”
जिल्लाको सिलगढी, दिपायल, राजपुर, पिपल्लालगायत बजारमा बिहान बेलुकीको समयमा स्थानीयवासीको बाक्लो भीड लाग्ने गरेको छ । लकडाउनको उल्लङ्घन गर्दै यहाँका सार्वजनिक स्थानमा क्रिकेट, फुटबललगायत खेल दिनहुँ चलिरहेका छन् । लकडाउनको समयमा अत्यावश्यक उपभोग्य वस्तुका पसल खोल्न आग्रह गरिए पनि मुख्य शहरका प्रायःजसो पसल बन्द छन् भने अत्यावश्यक कामका लागि पास पाएका सवारी साधन सञ्चालनमा रहेका छन् ।
अहिलेसम्म डोटीलगायत सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लामा कोरोना भाइरसका सङ्क्रमित नदेखिएको र उच्च सतर्कता अपनाउन सके सुरक्षित हुन सकिने अवस्था रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । सरकारसँगै जनता पनि जिम्मेवार बनेर यो लकडाउनलाई पूर्ण पालना गर्ने हो भने कोरोनाविरुद्धको लडाइँ जित्न सकिने उनको विश्वास छ । कुनै एकजनाको लापरवाहीले धेरैको जीवनलाई प्रभाव पार्ने भएकाले अहिलेको अवस्थालाई कुनै राजनीतिक दलले आह्वान गरेको नेपाल बन्द जस्तो नसम्झी परिवारका साथ घरै बसेर लकडाउनको पूर्ण पालना गर्न उनको आग्रह छ । प्रजिअ पौडेलले लकडाउनको अटेर गर्नेलाई ६ महिनासम्म कैदमा पठाउन सकिने कानून रहेकाले नियमको पूर्ण पालन गर्न सबैमा आग्रह गरेका छन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: