काठमाडौं । सत्तापक्ष र प्रतिपक्षका मुख्य सचेतक एवं सचेकले सरकारलाई नीति तथा कार्यक्रम र बजेटमार्फत केरोना भाइरसको महामारीबाट जोगाउने र आत्मनिर्भर हुने कार्यक्रम ल्याउन सुझाव दिएका छन् ।
सङ्घीय संसद् ९प्रतिनिधिसभा र राष्ट्रियसभा० को शुक्रबारदेखि शुरु हुने अधिवेशनका सम्बन्धमा राससको जिज्ञासामा नेकपा संसदीय दलका मुख्य सचेतक देव गुरुङले बजेटका प्राथमिकता कोभिड–१९ को व्यवस्थापन र उत्पादनमा आत्मनिर्भर मै केन्द्रित हुनुपर्छ भने ।
उनले भने, “निजीकरण र उदारीकरणको नाममा विदेशी बस्तु आयात गर्ने, विदेशी कम्पनी र विप्रेषणमा निर्भर रही आएको अर्थतन्त्रको युग अब करिब समाप्त भएको छ, अबको बजेट आत्मनिर्भर अर्थतन्त्रको ढाँचामा आउनुपर्छ ।”
बजेट अधिवेशनका रुपमा रहने यस अधिवेशनमा अर्थमन्त्रीले आगामी आर्थिक वर्षका लागि राजश्व र व्ययको अनुमान ९बजेट० प्रस्तुत गर्नुहुने छ । प्रत्येक वर्ष जेठ महिनाको १५ गते सङ्घीय संसद्मा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । बजेट अधिवेशन भएकाले शुरुआती दिनमा नीति तथा कार्यक्रम र प्री बजेटमै केन्द्रित भएर छलफल हुने बताउँदै मुख्य सचेतक गुरुङले भने, “देशका समयसामयिक राजनीतिक विषयले पनि सदनमा प्रवेश पाउन सक्छ ।”
कोराना भाइरस र लकडाउनको अवस्थामा निश्चित शारीरिक दूरी कायम राखेर मानव स्वास्थ्यको पक्षलाई उच्च सर्तकतामा राखेर अधिवेशन सञ्चालनको सम्पूर्ण तयारी गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
राष्ट्रपतिबाट यस अधिवेशनमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ । वैदेशिक सहायता र राजश्व सङ्कलनको चुनौती रहेको अवस्थामा आउने आगामी आर्थिक वर्षको बजेटमा राष्ट्रिय गौरव र निर्माणाधिन बहुवर्षीय आयोजनालाई पनि प्राथमिकतामा सरकारलाई राख्न सांसदहरुको सुझाव छ ।
प्रतिपक्षले राष्ट्रिय राजनीतिका विषय उठाउने
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सचेतक पुष्पा भुसालले बजेट अधिवेशनको आवश्यकता भनेको नेपाली जनतालाई कोभिडको महामारीबाट बचाउन बजेटका प्राथमिकता र नीति तथा कार्यक्रम केन्द्रित हुनुपर्ने बताइन् । उनले भनिन्, “सरकारबाट त्यसमा आवश्यक तयारी गरेको पाइँदैन, महामारी हुन नदिन स्वास्थ्य क्षेत्रलाई बलियो तुल्याउने र बाहिरबाट फर्केका युवालाई छोटो र दीर्घकालीन रोजगारी दिन कृषि र पूर्वाधार निर्माणमा पनि बजेटले ध्यान पु¥याउनुपर्छ, यस बेला साधनस्रोत र बजेट दिएर प्रदेश र पालिकालाई अझै बलियो बनाउनु पथ्र्यो त्यो भएन ।”
सरकारले कानूनी शासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न तदारुखता नदेखाएको आरोप लगाउँदै संसद् अधिवेशनको मुखमा आएर अध्यादेश ल्याएर राजनीतिक अस्थिरता निम्त्याउने काम गरेको जनाउँदै यी र यस्ता राष्ट्रिय राजनीतिक महत्वका विषयलाई पनि सदनमा प्रमुखताका साथ उठाउने उनले जानकारी दिइन्।
जनजीविकासँग जोडिएका आवाज, भ्रष्टाचार विरुद्ध र सुशासनका पक्षमा सदनमा शून्य र विशेष समयको भरपुर सदुपयोग गर्ने प्रतिपक्षी दलले अठोट गरेको छ । नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले समाजवाद उन्मुख अर्थनीति व्यवहारमा कार्यान्वयन गर्ने तथा व्यक्ति र कम्पनीका हितका लागि नभइ, जनताको हितमा कृषिमा आत्मनिर्भरता तुल्याउने र रोजगारी सिर्जना गर्ने कार्यलाई प्राथमिकता दिने नीति तथा कार्यक्रम र बजेट आउनुपर्नेमा जोड दिए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: