घोडाघोडी । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउन कैलालीमा जनस्तरबाटै उल्लङ्घन भइरहेको छ । यहाँका मुख्य शहर धनगढी, अत्तरिया, सुखड, लम्कीलगायत बिहानैदेखि जनता लकडाउनको बेवास्ता गर्दै हिँडिरहेको देख्न सकिन्छ । सरकारले चैत ११ गतेदेखि जारी गरेको लकडाउनको शुरुआती चरणमा जनस्तरबाट उल्लङ्घन नभए पनि पछिल्लो समय बेवास्ता गर्दै बजारमा निस्कने, साथीभाइ जम्मा हुनेजस्ता क्रियाकलाप बढेको हो ।
लकडाउन कार्यान्वयन गराउन प्रहरी दिनरात खटिए पनि त्यसले प्रभावकारिता लिन नसकेको सामाजिक अगुवाहरू बताउँछन् । कैलालीको घोडाघोडी नगरपालिका–८ का सामाजिक अगुवा तथा शिक्षाविद् शिवप्रसाद ढकाल लकडाउन जनताकै लागि हो भन्ने कुरा जनताले नबुझ्नु दुःखद् भएको बताउछन्। “लकडाउनको पूर्णपालना गराउन प्रहरी कठोर बन्नुपर्ने अवस्थामा खेतीकिसानीको समय भएकाले पनि प्रहरी पनि अलि लचक बन्नुपर्ने अवस्था आएको देखियो”, ढकालले भने, “बिहान र साँझपख भीड धेरै नै बढ्न थालेपछि सङ्क्रमणको चिन्ता थपिएको छ ।”
लकडाउनको शुरुआती समयमा प्रहरीको व्यापक सक्रियता तथा जनस्तरमा रहेको त्रासका कारण लकडाउन कार्यान्वयनले सफलता पाएको भए पनि पछिल्लो समय लापरवाही व्यापकरूपमा बढ्न थालेको गौरीगङ्गा नगरपालिका उपप्रमुख अञ्चला चौधरीले बताए । आफूहरू प्रहरीसँग सहकार्य गरेर लकडाउन कार्यान्वयन गराउने काममा निरन्तर लागिपरेको भएता पनि पछिल्लो समय जनस्तरबाटै लापरवाही बढेको चौधरीले बताए ।
लकडाउनमा पनि बजारमा सामान किन्न मानिस समूह बनाएर आउने गरेकाले जोखिम बढेको बर्दगोरिया गाउँपालिका अध्यक्ष बलिराम चौधरी बताउछन् । साना–साना बच्चा काखमा च्यापेर महिला न्यूनतम सुरक्षासमेत नअपनाइ हिँडिरहेको पाइएपछि आफूहरूले सतर्कता अपनाउँदै घरमै बसिदिन आग्रह गर्ने गरेको उनको भनाइ छ । गाउँघरमा नाम कहलिएका भद्रभलाद्मीहरूबाट लकडाउनको बढी उल्लङ्घन बढेकाले थप चुनौती बढेको चौधरीको गुनासो छ ।
युवा तथा वयस्कहरूले बिहान मर्निङवाक र बेलुका घुमफिर गर्ने गर्दा जोखिम बढ्दै गएको घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीले बताए । बिनामास्क, पञ्जालगायत जोखिम न्यूनीकरणका उपायसमेत नअपनाइ मोटरसाइकलमा हिँड्नेलाई कारवाही गर्न प्रहरीलाई भनेको भएता पनि विभिन्न चोरीका बाटो हिँड्ने गरेका कारण समस्या र चिन्ता थपिएको चौधरीले बताए। विश्वभर कोरोनाको त्रास छ तर हामीकहाँ यति धेरै लापरवाही बढिरहेको देख्दा चिन्ता थपिएको चौधरीको भनाइ छ । लकडाउन उल्लङ्घन गर्नेलाई पटक–पटक सम्झाउँदा पनि नभएको चौधरी बताउछन् । महामारीविरुद्ध सरकारले गरेको लकडाउन जनताले आफ्नै लागि हो भन्ने बुझ्न नसक्नु दुर्भाग्य भएको उहाँको भनाइ छ ।
कैलालीमा लकडाउनको उल्लङ्घन गर्ने एक हजार ७०० भन्दा बढी सवारीसाधन नियन्त्रणमा लिएको तथा ६०० बढीलाई निगरानीमा राख्नुका साथै १४ जनालाई मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले बताए। लकडाउन कार्यान्वयन गराउन प्रहरी परिचालन बढाउनुका साथै लकडाउन उल्लङ्घन गर्नेमाथि विभिन्न किसिमका कारवाही गरिँदासमेत केही ठाउँमा विभिन्न बहानामा लकडाउन उल्लङ्घन बढेको प्रति प्रहरी सचेत रहेको र प्रहरी परिचालन बढाउँदै लकडाउन कार्यान्वयनमा लागेको बस्नेतले बताए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: