काठमाडौं । विश्व कोरोनाभाइरसको महामारीसँग जुझिरहँदा व्यापक रूपमा स्वास्थ्यसम्बन्धी सुझावहरू दिइएका छन्।
त्यसमा अनुपयोगीदेखि जोखिमरहित र जोखिमपूर्ण किसिमका चेतावनीहरू रहेका छन्।
मदिरा सेवनले भाइरसलाई रोक्दैन
यो निरन्तर आइरहेको मिथ्या अनि सम्भावित रूपमा जोखिमपूर्ण सूचना हो।
एकजना राजनीतिज्ञले भारतमा लकडाउनको अवधिमा बन्द भएका मदिरा पसलहरू तत्कालै खुलाउनुपर्ने माग गरेका थिए।
राजस्थान राज्यका कंग्रेस पार्टीका सांसद भरत सिंह भन्छन्, \'जब कोरोनाभाइरसलाई रक्सीको प्रयोग गरी हात धोएर हटाउन सकिन्छ भने मदिरा पिउँदा हामीले भाइरसलाई घाँटीबाटै अवश्य पनि हटाउन सक्छौँ।\'
तर यसको कुनै वैज्ञानिक प्रमाण छैन।
र, विश्व स्वास्थ्य सङ्गठनले मदिरा सेवन भाइरस रोकथामको उपाय नभएको जनाएको छ अनि त्यसले अरू स्वास्थ्य समस्या बढाउने उल्लेख गरेको छ।
डब्ल्यूएचओ र अरू स्वास्थ्य निकायका अधिकारीहरूले हात सफा गर्न प्रयोग गरिने स्यानिटाइजर जस्ता झोलमा रहेका रक्सीको मिश्रण प्रयोग गर्न सुझाव दिएका छन्।
सास रोकेर तपाईँलाई सङ्क्रमण छ कि छैन थाहा पाउन सकिँदैन
धेरै देशमा सास रोकेर कोरोनाभाइरसको सङ्क्रमण भए वा नभएको थाहा हुने भन्ने दाबी फैलिएको छ।
भारतका लोकप्रिय योगगुरु रामदेवले वयस्क व्यक्तिले स्वस्थ्य रहन पूरै एक मिनेट र ज्येष्ठ नागरिकले ३० सेकेन्ड सास रोक्नुपर्ने बताएका थिए।
उनले यदि कसैले त्यसरी सास रोक्न सकेन भने त्यसले भाइरस रहेको सङ्केत गर्छ भनेका छन्। तर यो दाबीको कुनै वैज्ञानिक आधार छैन।
तोरीको तेल प्रभावकारी उपचार होइन
बाबा रामदेवले नै नाकको प्वालमा तोरीको तेलको केही थोपा हालेर श्वासप्रश्वासको परीक्षण गर्न सुझाएका छन्।
साथै उनले तेलले भाइरसलाई श्वासप्रश्वास प्रणालीबाट तल पेटमा पठाउने र त्यहाँको अम्लीय पदार्थले भाइरसलाई नष्ट पारिदिने बताएका थिए।
भारतमा लोकप्रिय रामदेवले कैयौँ उत्पादन गर्ने विशाल व्यापारिक साम्राज्य खडा गरेका छन्।
भारत सरकारको आफ्नै तथ्यजाँचले उनको भनाइलाई खारेज गरिदिएको छ।
निःसङ्क्रमण गर्ने वस्तु ९डिसइन्फेक्ट्यान्ट० र पराबैजनी किरणसम्बन्धी दाबी
अमेरिकी राष्ट्रपति डोनल्डले यो अवधारणा अघिल्लो महिना पत्रकार सम्मेलनका क्रममा निःसङ्क्रमण गर्ने वस्तु (डिसइन्फेक्ट्यान्ट) बिरामीको शरीरमा सुईमार्फत् लगाउन सकिने बताएका थिए।
त्यसपछि त्यो कुरा कैयौँ देशमा उठेको छ र सामाजिक सञ्जालमा पनि यो विषय बारम्बार दोहोर्याइएको छ।डिसइन्फेक्ट्यान्टले सतहमा रहेका भाइरसहरू मात्रै मार्ने गर्छ। यसलाई सेवन गर्नु वा सुईबाट शरीरमा दिँदा ज्यानसम्म जान सक्छ।
र, यसले भाइरसलाई पुर्याउने असरबारे कुनै प्रमाण फेला परेको छैन।
राष्ट्रपति ट्रम्पले बिरामीहरूलाई पराबैजनी किरणको प्रकाश दिएर उपचार गर्न सकिने पनि बताएका थिए।
सूर्यको प्रत्यक्ष किरण परेको अवस्थामा सतहमा भाइरस लामो समयसम्म बाँच्न नसक्ने केही प्रमाण देखिएका छन्।
तर त्यसले मानिसका कोषहरूलाई नष्ट पार्न सक्छ। र, पराबैजनी किरण कोरोनाभाइरस सङ्क्रमणको उपयुक्त उपचार हो भन्ने प्रमाणित भएको छैन।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: