काठमाडौं । स्वदेश फर्कन पाउनुपर्ने माग गरी शुक्रबार सिंहदरबारको मुख्य प्रवेशद्वारआसपासका क्षेत्रमा धर्नामा उत्रिएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ । झडपमा डिएसपी घाइते भएका छन् भने चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - प्रहरीका अनुसार शुक्रबार दिउँसो केही अपरिचित व्यक्ति सिंहदरबार प्रवेशद्वारको पश्चिम मोहडातर्फको सडककिनारमा म्याट ओछ्याएर बसिरहेका थिए । प्रहरीले उनीहरूलाई हटाउन खोजेको थियो । उनीहरू त्यहाँबाट नउठेपछि प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो । त्यसपछि उनीहरूले होहल्ला गर्न थालेका थिए ।
त्यहीक्रममा भद्रकालीतर्फबाट ३५ जनाभन्दा बढी चिनियाँ नागरिकको समूह आएर सिंहदरबारभित्र प्रवेश गर्न खोजेको थियो । उनीहरू पृथ्वीनारायण शाहको सालिक कटेर अघि बढ्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो । त्यहीक्रममा प्रहरीसँग झडप भएको हो ।
झडप हुँदा महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी हरिबहादुर बस्नेत घाइते भएका छन् । उनको टाउकोमा गम्भीर चोट लागेको छ । धर्नामा नियन्त्रण गर्न पुगेका उनलाई प्रदर्शनकारीले सडक किनारमा राखिएका गमला उठाएर टाउकोमा प्रहार गरेका थिए ।
प्रदर्शनकारी अनियन्त्रित हुन थालेपछि प्रहरीले धरपकड गरेको हो । प्रहरीले ४७ चिनियाँ नागरिकलाई पक्राउ गरी प्रदर्शनीमार्गस्थित नगर प्रहरी कार्यालयमा राखेको छ । उनीहरूको गतिविधि अध्ययन गरेर छाडिने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले बताए ।
‘प्लेकार्डमा उल्लेख भएअनुसार उनीहरू स्वदेश फर्कन चाहेको देखिन्छ । त्यसैको विरोधस्वरूप उनीहरू सिंहदरबार गेटमा भेला भएको देखिन्छ । अहिले घटना नियन्त्रणमा आएको छ । उनीहरूविरुद्ध आवश्यक अनुसन्धान भइरहेको छ,’ एसपी राठौरले भने ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: