पाँचथर । पाँचथरको याङवरक गाउँपालिकामा नयाँ प्रकारको किराले अलैँची नष्ट गर्न थालेको छ । नयाँ किराको प्रकोपले अलैँची सखाप हुँदै गएपछि यहाँका कृषक चिन्तित बनेका छन् । अघिल्लो वर्ष केही स्थानमा देखिएको सेतो किराले यस वर्ष अलैँचीको सबै पात खाएपछि अलैँचीका बगान सुक्न थालेका हुन् । गत वर्ष केही बोटमा देखिएको यो प्रकोपले यस वर्ष गाउँपालिका–२ फलैंचामा प्रकोपको रूप लिएको छ । अलैँचीको पातमुनि बसेर पात खाने किरा रातको समय बढी सक्रिय हुन्छ । फागुनदेखि उक्त किराको प्रकोप शुरु हुन्छ । गत वर्ष नियमित वर्षा हुने समयसम्म किराको सामान्य प्रकोप रहेकामा यस वर्ष अलैँची बाली नै सखाप पार्दै लगेको याङवरक–२ का अलैँची कृषक प्रेमराज योङहाङले बताए ।
उक्त किराको प्रकोपले स्थानीयवासी चिन्तित बनेका छन् । आफ्नो करिब २०० रोपनी क्षेत्रफलमा लगाइएको अलैँचीको बगान सुकेर गएको कृषक समीर बेघाको भनाइ छ । प्रकोप शुरु भएको केही दिनमै सयौँ रोपनी क्षेत्रफलमा फैलिएको अलैँची बगान सुकेर गएको अर्का कृषक भीम केरुङले बताए ।
यो किराले शुरुमा अलैँचीको पात खान्छ । किराले पातपछि डाँठ र फूलसमेत खाएपछि यहाँका अलैँची धमाधम मर्न थालेका छन् । अलैँचीमा लागेको यो प्रकोप एक प्रकारको पुतलीको लार्भाबाट फैलिएको हो । पुतलीको फुलबाट बढेकोे लार्भा किराको रूपमा परिवर्तन भएपछि त्यसले अलैँचीको पात र अन्य भाग खाने गरेको पाइएको कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख सागर विष्टले वताए। यो समस्या गत वर्ष पाँचथरको फिदिम नगरपालिका–८ मा समेत फाट्टफुट्ट देखिएको उनको भनाइ छ ।
उक्त किराको प्रकोप बढ्दै गए केही महिनामै आफ्नो वडाका सबै अलैँची बगान सखाप हुने याङवरक गाउँपालिका–२ का वडाध्यक्ष देउकुमार योङहाङले बताए । नयाँ किराको प्रकोपले अलैँचीमा महामारीको रूप लिन नदिन आफूहरुले पहल थालेको वडाध्यक्ष योङहाङको भनाइ छ । किराको प्रकोपले अलैँची बगान सुक्दा हालसम्म एकै वर्षमा करिब रु ५० लाख बराबरको आम्दानी गर्ने अलैँची बगान सखाप भएको वडाध्यक्ष योङहाङले वताए ।
अलैँचीमा नयाँ प्रकोप देखिएपछि कृषि ज्ञान केन्द्र पाँचथर र याङवरक गाउँपालिकाको प्राविधिक टोलीले स्थलगत निरीक्षण, रोग पहिचान र विषादी छर्ने काम थालेको छ । यो समस्याबाट अलैँचीलाई जोगाउन गाउँपालिका र कृषि ज्ञान केन्द्रबाट आसपासको क्षेत्रमा विषादी छर्न तथा प्रकोप फैलनबाट बचाउन प्राविधिक टोली खटाइएको ज्ञान केन्द्रका प्रमुख विष्टले जानकारी दिनुभयो । किराको प्रकोप हालसम्म करिब १५ सय रोपनी अलैँची बगानमा फैलिएकाले नियन्त्रण गर्न सकिने प्राविधिकले बताएका छन् ।
जिल्लाका अन्य क्षेत्रमा अलैँचीमा विभिन्न रोगले उत्पादनमा ह्रास आए पनि फलैँचामा यस्तो समस्या देखिएको थिएन । “अन्न फल्ने बारीमा अलैँची रोपियो तर यसपालि किराले पूरै बगान सखाप पा¥यो”, स्थानीय कृषक धनकुमार बेघाले भने। पाँचथरमा दुई हजार ९२० हेक्टर क्षेत्रफलमा अलैँची बगान रहेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । यहाँ अलैँचीको उत्पादन बढाउन एक स्थानीय तहमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, एक स्थानमा अलैँची ब्लक विकास कार्यक्रम र पाँच स्थानमा अलैँची पकेट क्षेत्रका कार्यक्रम कार्यान्वयनको चरणमा रहेका छन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: