काठमाडौं । झण्डै डेढ महिनापछि खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दुई प्रतिशतभन्दा बढीले घटेर बन्द भएको छ । नियामक निकाय धितोपत्र बोर्ड कारोबार समयमा नेप्सेमा दुई प्रतिशतभन्दा घटबढ हुनेबित्तिकै कारोबार रोक्न नेपाल स्टक एक्चेन्जलाई निर्देशन दिएको थियो ।
सोही आधारमा नेप्सेले सर्किट ब्रेक लगाइ आजको कारोबार बन्द गरेको हो । बजार खुलेदेखिनै निरन्तर ओरालो लाग्दै आएको नेप्से करिब एक घन्टा २४ मिनेटको अवधिमा बन्द भएको हो । यद्यपि बोर्डले कारोबार अवधि दुई घन्टासम्म सीमित गरेको थियो । कारोबार मापक नेप्से परिसूचक २.०२ प्रतिशत अर्थात् २५.३० अङ्कले घटेर एक हजार २२६.१५ रोकिएको छ । यस्तै सेन्सेटिभ परिसूचक ५.३९ अङ्कले घटेर २६५.६७ पुगेको छ ।
कारोबार भएका कुल ११ उपसमूहको शेयर ओरालो लागेका छ । बैंकिङ २६.११, होटल ३.३८, विकास बैंक १५.३६, जलविद्युत् १५.३५, वित्त ३.२७, निर्जीवन बीमा ७२.३३, उत्पादन ३४.३६, अन्य १९.४२, माइक्रोफाइनान्स १८.०५, जीवन बीमा १५७.७८ र सामूहिक लागनी कोषको शेयर ०.०१ अङ्कले घट्यो ।
स्टकका अनुसार आज कुल ८७ कम्पनीको एक लाख छ हजार ३१२ कित्ता शेयर रु १० करोड ४३ लाख ७२ हजार ६४६ मा खरिदबिक्री भयो । कारोबार रकमका आधारमा नागरिक लगानी कोषको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु आठ करोड ८८ लाख ५७ हजार ५९० मा खरिदबिक्री भयो ।
यसैगरी छिमेकी लघुवित्त विकास बैंकको शेयर रु ४६ लाख ९८ हजार ५४०, ग्लोबल आइएमई बैंकको संस्थापक शेयर रु ३८ लाख ५९ हजार ५४८, नविल बैंक लिमिटेडको रु १५ लाख ७४ हजार ६००, ज्योति विकास बैंकको संस्थापक शेयर रु नौ लाख चार हजार र नेपाल लाइफ इन्स्योरेन्सको रु तीन लाख ५० हजार ३२० मा खरिदबिक्री भयो ।
सबैभन्दा बढी जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताले २२.३८ प्रतिशतले गुमाए । हिमालय बैंक ३, नविल बैंक र नागरिक लगानी कोष २.९९, कृषि विकास बैंक र कालिका माइक्रोक्रेडिट डेभलपमेन्टको २.९८ तथा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी र स्वरोजगार लघुवित्त विकास बैंकका लगानीकर्ताले समान २.९७ प्रतिशतले गुमाए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: