काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्कटक एक्सचेन्जका अनुसार नेप्से २४.५८ अङ्कले घटेर एक हजार २०१.५७ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक पनि ५.३५ अङ्कले घटेर २६०.३२ मा पुगेको छ ।
परिसूचक दुई प्रतिशतले ओरालो लागेपछि नेप्सेले आजका लागि कारोबार बन्द गरेको हो । आज कूल ७४ कम्पनीका १० हजार ५२६ कित्ता शेयर रु ३६ लाख १३ हजार ५२३ मा खरिदबिक्री भयो । कारोबार भएका कूल ११ उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ २५.६५, व्यापार १२.६७, होटल ३.३८, विकास बैंक ७.९२, जलविद्युत् १८.०३, फाइनान्स ३।६३, निर्जीवन बीमा ५७.१७, उत्पादन ३४.२२, अन्य १८.७६, माइक्रोफाइनान्स २३.९६ र जीवन बीमा उपसमूहको शेयर १२९.९७ अङ्कले घटेको छ ।
कारोवर रकमका आधारमा आज नेपाल दूरसञ्चार कम्पनी शीर्षस्थानमा रह्यो । सो कम्पनीको शेयर रु आठ लाख ६२ हजार ९५० मा खरिदबिक्री भयो । यस्तै नेपाल बैंकको रु तीन लाख ९८ हजार १९०, नबिल बैंक रु दुई लाख ८७ हजार १७०, नागरिक लगानी कोषको रु दुई लाख २९ हजार ८४०, प्रभु बैंकको रु दुई १५ हजार २० र छिमेकी लघुवित्त विकास बैंकको शेयर रु ९० हजार ४५० मा खरिदबिक्री भयो ।
आज सबैभन्दा बढी लक्ष्मी विकास बैंक र तारागाउँ रिजेन्सी होटल लिमिटेडका लगानीकर्ताले समान ३र३ प्रतिशतले गुमाए । यस्तै नागरिक लगानी कोष, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक र नाडेप लघुवित्त वित्तीय संस्थाको समान २.९९/२.९९ र हिमालनय डिष्ट्रिलरी र नेपाल दूरसञ्चार कम्पनीका लगानीकर्ताले समान २.९७ प्रतिशतका दरले गुमाए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: