Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

लकडाउनको मौका छोपी कालोबजारी गर्ने २६ पसलेलाई जरिवाना

भद्रपुर । बन्दाबन्दीको मौका छोपेर कालोबजारी र म्याद गुज्रिएका खाद्य पदार्थ बिक्री गरेको आरोपमा झापाका २६ पसललाई रु चार लाख ४५ हजार जरिवाना गरिएको छ ।

बन्दाबन्दीको मौका छोपी खाद्य पसलमा हार्डवेयर सामग्री, मदिरा राख्ने, विषादीयुक्त गहुँको बीउ धोइपखाली खाद्यान्नको रूपमा बिक्री गर्न खोज्ने र अनुमति नदिइ जथाभावीरूपमा औषधि पसल सञ्चालन गर्नेलाई जरिवाना गरिएको घरेलु तथा साना उद्योग कार्यालय झापाका प्रमुख छविलाल खतिवडाले जानकारी दिए । उनले उपभोक्ता संरक्षण ऐन २०७५ मा तोकिएको सबैभन्दा न्यून अङ्कमा साङ्केतिक कारवाहीस्वरुप रु छ हजारदेखि रु एक लाखसम्म जरिवाना गरिएको बताए ।

जिल्लाका १५ स्थानीय तहका १५५ पसलमा जिल्ला आपूर्ति व्यवस्थापन तथा बजार अनुगमन समितिले अनुगमन गर्दा सबैभन्दा बढी गौरीगञ्ज गाउँपालिका वडा नंं २ मा सञ्चालित रविन खरिद बिक्री केन्द्रका सञ्चालक रविन पोद्दारलाई रु एक लाख जरिवाना गरेको थियो । उनले विषादीयुक्त गहुँको बीउ धोइपखाली गलत उद्देश्यले खाद्यान्नका रूपमा व्यापारिक प्रयोग गरेको अभियोगमा समितिले सो जरिवाना गरेको उनको भनाइ छ ।

कोभिड–१९ को सङ्क्रमण फैलिएको अवस्थामा मौका छोपी कालोबजारी र उपभोक्ताको अहित गर्ने उद्योगी तथा व्यापारीमाथि झापामा पहिलोपटक यति धेरै रकम जरिवाना गरिएको उनको भनाइ छ । समितिले केन्द्रको गोदाममा छापा मार्दा धोइपखाली गरेर बेच्नका लागि तयारी गरिएको विषादीयुक्त सात बोरा (२८० केजी) गहुँको बीउ बरामद गरी जनप्रतिनिधि र प्रशासनको रोहवरमा आगो लगाइ नष्टसमेत गरेको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: