जेनेभा । विश्व व्यापार संगठन (डब्लुटिओ)का महानिर्देशक रोबर्टो अजिभिडोले आफ्नो कार्यकाल एक वर्ष बाँकी छँदै पदबाट राजीनामा दिएको बिहीबार घोषणा गरेका छन् ।
अमेरिका–चीनबीच व्यापार तनाब जारी नै रहेको तथा कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा व्यापक असर पारेकै अवस्थामा डब्लुटिओका प्रमुखले “व्यक्तिगत” कारण देखाउँदै राजीनामा गरेको हो ।
उनले आफ्नो पदबाट आगामी अगष्ट ३१ लागू हुने गरी राजीनामा गर्नु भएको हो । उहाँ विगत सात वर्षदेखि डब्लुटिओको प्रमुखको रुपमा कार्यरत थिए ।
स्वीट्जरल्याण्डको जेनेभामा मुख्यालय रहेको डब्लुटिओ र यसको नेतृत्वको कार्यशैलीप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तिखो आलोचना गर्दै आएका थिए। उनले चीनसँगको व्यापार युद्धका क्रममा डब्लुटिओले चीनको पक्षमा बढी काम गरेको र अमेरिकी सरोकारका विषयमा विल्कुलै चासो नदिएको आरोप लगाएका थिए ।
डब्लुटिओको मुख्यालयमा संगठनका प्रतिनिधिहरुसँगको विशेष बैठकमा महानिर्देशक अजिभिडोले आफूले यस राजीनामालाई सामान्य रुपमा नलिएको बताउँदै आफ्नो राजीनामा पारिवारिक निर्णय र व्यक्तिगत निर्णय रहेको स्पष्ट गरे । आफ्नो राजीनामाले संगठनको सर्वोत्तम हितलाई पक्षपोषण गर्ने पनि उनले विश्वास व्यक्त गरे ।
डब्लुटिओ स्थापना भएको २५ वर्ष पुगेको छ, तर कुनै पनि महानिर्देशकले बीचमै पदत्याग गरेका छैनन् । संगठनको नियम बमोजिम अब नयाँ महानिर्देशकको नियुक्तीको प्रक्रिया शुरु हुनेछ ।
ब्राजिली अर्थशास्त्री अजिभिडोको नेतृत्वको डब्लुटिओ विरुद्ध ट्रम्प प्रशासनले निरन्तर आलोचना गरेको थियो । डब्लुटिओले चिनियाँ कैयौं व्यापार व्यवसायमा चीन सरकारले स्वीकृत नियम विपरीत दिइरहेको सरकारी अनुदानलाई आँखा चिम्लेको तथा बौद्धिक सम्पत्तिको सुरक्षाका मामिलामा डब्लुटिओले ढुलमुले नीति लिएको आरोप अमेरिकाको छ ।
पेन्सिलभेनिया प्रस्थान गर्नुअघि ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अजेभेडोको राजीनामा उपयुक्त निर्णय हो भने। “विश्व व्यापार संगठनले हामीलाई निकै नराम्रो व्यवहार गरेको थियो । मैले यो कुरा लामो समयदेखि भन्दै आएको छु । उनीहरुले चीनलाई विकासशील मुलुक ठान्छन्, त्यसकारण चीनले त्यसको आडमा धेरै लाभ लिइरहेको छ तर अमेरिकाले केही पाएको छैन ।”
सन् २००१ मा चीनले डब्लुटिओको सदस्यता प्राप्त गरेको थियो ।
अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटीजरले अजिभिडोको उदाहरणीय सेवाप्रति धन्यवाद दिए । “डब्लुटिओका धेरै कमीकमजोरीका बाबजूद रोबर्टोले संस्थालाई महत्वपूर्ण नेतृत्व प्रदान गर्न सक्षम भएका थिए।”
अजिभिडोको कार्यकालमा डब्लुटिओप्रति रुष्ट भएको संयुक्तराज्य अमेरिकाले अन्तर्राष्ट्रिय व्यापार विवादको सुनुवाई गर्ने पुनरावेदन अदालतको आकार घटाएको थियो । चिनियाँ पूँजीवादी–सामाजिक आर्थिक प्रणालीद्वारा सिर्जित नयाँ चुनौतीहरु सामना गर्न डब्लुटिओ असफल रहेको भन्दै अमेरिकाले डब्लुटिओमा नयाँ न्यायाधीशहरुको नियुक्ती रोकेको थियो ।
“नियम–आधारित अन्तर्राष्ट्रिय व्यापार प्रणाली” को कार्यान्वयनका लागि अत्यावश्यक मानिएका न्यायाधीशको नियुक्तीमा भएका ढिलाइले ठूलो समस्या निम्त्याएको थियो । महानिर्देशक अजिभिडोले न्यायाधीशको नियुक्त संगठनको नियमित कार्य संचालनका लागि अपरिहार्य रहेको बताउँदै आउनु भएको थियो ।एपी
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: