लहान । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताललाई कोरोना विशेष अस्पतालका रूपमा सञ्चालन गर्ने तयारी थालिएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिँदो अव स्थामा रहेकाले लहानस्थित अस्पताललाई ५० श्ययाको कोरोना विशेष अस्पताल सञ्चालन गर्ने तयारी थालिएको हो । प्रदेश नं २ का आठ जिल्लामध्ये सिरहा जिल्लाबाहेकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि लहान अस्पताललाई प्रदेश नं २ को कोरोना विशेष अस्पतालका रूपमा सञ्चालन गर्ने केही दिनअघि प्रदेश नं २ सरकारले निर्णय गरेको थियो ।
सप्तरी र सिरहालगायत प्रदेश नं २ का जिल्लामा कोरोना सङ्क्रमणको जोखिम उच्च रहेकाले लहान अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने निर्णय भएको प्रदेश नं २ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए। प्रदेशका सबै जिल्लामा थप तीन–तीन सय क्षमताको क्वारेन्टाइन तयारी अवस्थामा राख्ने निर्णयसमेत भएको कानूनमन्त्री यादवले बताए ।
प्रदेश सरकारको निर्णयअनुसार दुई दिनअघि सामाजिक विकास मन्त्रालयको टोलीले अस्पतालको स्थलगत निरीक्षण गरी कोरोना अस्पताल सञ्चालनको सम्भावना र चुनौतीका विषयमा आफूहरुसँग छलफलसमेत गरेको लहान अस्पतालका मेसु डा सुनिलकुमार कुशवाहाले बताउनुभयो । टोलीले कोरोना अस्पताल सञ्चालनका लागि चाहिने आवश्यक पूर्वाधारसहित जनशक्ति छिट्टै पठाउने र तयारी थाल्न निर्देशन दिएको मेसु डा कुशवाहाले बताए ।
यस्तै सिरहाको लहानस्थित जेएस मुरारका क्याम्पसमा ३०० श्ययाको क्वारेन्टाइन बनाउने भएको छ । जिल्ला सुरक्षा समितिको बैठकले छिमेकी देश भारतबाट नेपाली फर्किने क्रम बढेकाले क्याम्पसमा क्वारेन्टाइन बनाउने निर्णय गरेको हो । कोरोना प्रभावित भारतबाट थुप्रै सङ्ख्यामा नेपाली नेपाल प्रवेश गर्ने तयारीमा रहेकाले अहिले भएका क्वारेन्टाइन अपर्याप्त भएकाले उहाँहरुलाई तत्काल राख्न क्याम्पसमा क्वारेन्टाइन बनाउने निर्णय भएको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईँले जानकारी दिए।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: