Khabar Dabali ११ बैशाख २०८३ शुक्रबार | 24th April, 2026 Fri

राजनीति विकास र समृद्धिका लागि हुनुपर्छ: कुलमान घिसिङ

खबरडबली संवाददाता

सप्तरी। उज्यालो नेपाल पार्टीका राष्ट्रिय अध्यक्ष कुलमान घिसिङले राजनीति विकास र समृद्धिका लागि हुनुपर्ने बताएको छन्।

आफ्नो पार्टीको प्रचारप्रसार तथा नेता-कार्यकर्ता भेटघाट कार्यक्रमका लागि सप्तरी आएका घिसिङले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी राजनीतिलाई अब भाषणमा मात्र सीमित राख्न नमिल्ने बताए।

उनले भने, 'देशको आर्थिक, शैक्षिक तथा हरेक क्षेत्रमा परिवर्तनका लागि जनता र राष्ट्रको हितमा काम गर्ने नेतालाई निर्वाचित गर्न आवश्यक छ।'

राजनीति गर्ने ठुला नेताले भाषण र घोषणापत्र सार्वजनिक गर्ने तर काम नगर्ने प्रवृत्ति हावी हुँदै गएकाले भाषणभन्दा कामलाई प्राथमिकता दिने नेता छानिनुपर्नेमा उनले जोड दिए।

खेतखेतमा सिँचाइ पुर्‍याएर किसानलाई कृषिमा आत्मनिर्भर बनाउन सके मात्र समृद्ध राष्ट्रको कल्पना गर्न सकिने उनको भनाइ थियो। उनले अगाडि भने, 'कृषिमा लागेका किसानलाई न्यून शुल्कमा विद्युत् उपलब्ध गराउन र कृषिलाई व्यवसायीकरण गर्दै बजारीकरण गर्न आवश्यक छ। आर्थिक रूपमा सबलीकरणका लागि आयात घटाउने र निर्यात बढाउने कार्यका साथै उत्पादनको राज्यले सुनिश्चितता गर्नुपर्छ।'

नेपालका धेरै पुल अलपत्र अवस्थामा रहेकाले जनताले दु:ख पाइरहेको उल्लेख गर्दै अधुरा र अलपत्र भौतिक पूर्वाधार निर्माण गरी व्यवस्थित गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको उनले बताए। तराईका पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्न आवश्यक रहेको र बनिसकेका नहरमा पानी ल्याउनका लागि गर्नुपर्ने व्यवस्थापनमा समेत आफ्नो पार्टीले पहल गर्ने उनले प्रतिबद्धता जनाए।

मन्त्री र विद्युत् प्राधिकरणको जिम्मेवार पदमा रहँदा लोडसेडिङ अन्त्य, सिँचाइमा विद्युतीकरण, नि:शुल्क मिटर वितरण, २० युनिटसम्म विद्युत् महसुल छुट र किसानका लागि नि:शुल्क सिँचाइ लगायतका उल्लेखनीय काम गरेको उनले स्मरण गराए।

गुणस्तरीय शिक्षा, नि:शुल्क स्वास्थ्य उपचार, रोजगारीमा वृद्धि र भ्रष्टाचारमुक्त समाज निर्माणका लागि आफ्नो पार्टीले निरन्तर काम गर्ने उनले बताए।

पत्रकार सम्मेलनपछि उज्यालो नेपाल पार्टीले राजविराजमा बृहत् र्‍याली निकालेको छ। स्थानीय राजरङ्गशालाबाट निकालिएको जुलुसले राजविराज नगरपालिकाको परिक्रमा गरेको थियो।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँ शेराटार बस दुर्घटना अपडेट: २ जनाको मृत्यु, २७ घाइते पोखरा रिफर

पोखरा । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ शेराटारमा भएको बस दुर्घटनामा २ जनाको ज्यान गएको छ भने २७ जना घाइतेलाई पोखरा रिफर गरिएको छ। पोखराबाट भैरहवा...

उद्योगी शेखर गोल्छाविरुद्ध ४ दिनको म्याद थप, धितोपत्र मुद्दामा अनुसन्धान सुरु

काठमाडौं । उद्योगी शेखर गोल्छा विरुद्ध अनुसन्धान गर्न अदालतले ४ दिनको म्याद दिएको छ। गोल्छालाई बिहीबार काठमाडौंको नक्सालबाट केन्द्रीय अनुसन्धान ब्य...

ढुक्क हुनुस्, वास्तविक सुकुमवासीलाई चाँडै जग्गा वितरण गर्छौं : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वास्तविक सुकुमवासी बस्तीको समस्या आफ्नो नेतृत्वको सरकारले समाधान गर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत धारणा ...

ओमानमाथि नेपाल ‘ए’ को सानदार जित, शृङ्खला बराबरीमा टुङ्गियो

काठमाडौँ। नेपाल ‘ए’ टोलीले दोस्रो अभ्यास खेलमा ओमानलाई ११५ रनको फराकिलो जित हात पारेको छ । ब्याटिङ र बलिङ दुवै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेको नेपाल...

विवादित सीडीएससीकी कार्यकारी प्रमुख पन्दाकलाई फिर्ता बोलाइयो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविन पन्दाकलाई फिर्ता बोलाएको छ।...

साँखुमा प्रहरीले गोली प्रहार

काठमाडौं । काठमाडौंको साँखु क्षेत्रमा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको छ। लागूऔषध नियन्त्रण ब्यूरो ले अपरेसनका क्रम...

यस्तो छ सुकुम्वासी बस्ती खाली गर्न सरकारको ११ बुँदे योजना

काठमाडौं । सरकारले उपत्यकाभित्र रहेका अव्यवस्थित बस्ती हटाएर व्यवस्थित गर्न सबै सरोकारवाला निकायलाई समेटेर विस्तृत कार्ययोजना तयार गरेको छ। शहरी वि...

तनहुँको शेराफाँटमा बस दुर्घटना

काठमाडौं । तनहुँको शेराफाँट क्षेत्रमा यात्रुवाहक बस दुर्घटना भएको छ। जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मीका अनुस...

विपिन जोशीका परिवारलाई १० लाख राहत दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले इजरायलमा ज्यान गुमाएका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। गत २ वैशाखमा बसेको मन्त्...

एमाले संसदीय दलको सचेतकमा नीता घतानी नियुक्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को संसदीय दलको सचेतकमा नीता घतानी नियुक्त भएकी छन्। संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले घतानीलाई सच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending