पार्टी एकता प्राविधिक मात्रै भयो, यसरी जनअपेक्षा पुरा हुन सक्दैन्
जेष्ठ ४ गते, २०७७ शनिवार 16th May, 2020 Sat१५:४३:०५ मा प्रकाशित
नेपालको कम्युनिष्ट आन्दोलन जसरी विभाजन र विग्रहको स्थितिबाट गुज्रदैं थियो त्यो समय कम्युनिष्ट पार्टीको बीचमा एकता हुनु अनिवार्यता बनेको थियो । दुईवटा पार्टीको बीचमा एकता भयो त्यो अत्यन्तै राम्रो कुरा बन्यो, जसलाई जनताले पनि जनमत दिएर अनुमोदित गरे । तर पार्टी एकता अहिलेसम्म पनि भनेजस्तो भएको छैन् । उहि औपचारिकता पुरा गर्न पार्टी एकता गरिए जस्तो भएको छ । बाहिरबाट हेर्दा एउटा पार्टी तर भित्रबाट हेर्दा पार्टीभित्र पनि विभिन्न पार्टी । वास्तविकता नलुकाई भन्ने हो भने, नेकपाभित्र नाम मात्रैको भएको छ ।
नेकपाभित्र मौलाएको गुटले नेकपाको सरकार सञ्चालन, नेकपाको पार्टी सञ्चालन र आजको राजनीतिमा दुई तिहाई बहुमत नजिक भएको सरकारले जनताको बीचमा जुन खालको नीति, योजना र कार्यक्रम ल्याउनु पथ्र्यो त्यसमा अन्यौंलता देखिन्छ । पार्टीमा कसिलो एकता नहुनु नै यसको समस्या हो ।
जसरी समाजवाद उन्मुख लोककल्याणकारी राज्यव्यवस्थाको परिकल्पना गर्ने भनि पार्टी एकता गरिएको थियो त्यो अहिले पुरै अन्यौंलमा पुगेको छ । पार्टी एकताले त्यतातिर गति लिन सकेको छैन् । यसलाई प्रष्ट भन्दा अहिलेसम्म नेकपाले सामान्य अपेक्षा पुरा गर्नेतर्फ पनि कदम चालेको छैन् ।
लामो समय बित्दा पनि पार्टी एकताका बाँकी काम सम्पन्न भएको छैन् । एकता भएका संगठनभित्रको मनोविज्ञान के छ भनेर हेर्दा त्यहाँभित्र आ–आफ्नो पार्टी, आ–आफ्नो समुह र फरक–फरक मनोविज्ञान भएको देखिन्छ । पार्टी माथिदेखि तलसम्म हेर्दा त्यति राम्रो भावनात्मक एकता, संगठनात्मक एकता भएको देखिंदैन् । मात्रै प्राविधिक एकता भएजस्तो देखिन्छ । यसबाट जनअपेक्षा पुरा हुने कुरा सम्भव हुँदैन् ।
(तामाङ्ग अनेरास्ववियूका सह–संयोजक हुन्)
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
...
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: