नेताहरुले आफ्नो सीट सुरक्षित र बलियो बनाउन एकता गरेजस्तो देखियो
जेष्ठ ४ गते, २०७७ शनिवार 16th May, 2020 Sat१५:४८:०५ मा प्रकाशित
पार्टी एकता भईरहेको बेला पार्टीका नेता कार्यकर्ता मात्रै नभई आम किसान/मजदुर र कम्युनिष्ट पार्टीका सुभेच्छुकहरु निकै उत्साहित भएका थिए । उनीहरुले पार्टी एकतालाई अत्यन्तै महत्वका साथ हेरेका थिए । तर पार्टी एकता प्रक्रिया अगाडि बढाउने सबालमा देखिएका केहि कदमले अहिले निकै निराशा बनाएको छ ।
पार्टी एकता घोषणा भएको २ वर्षसम्म पनि पार्टी एकता प्रक्रिया पुरा हुन नसक्दा उत्साहित भएको वर्ग अहिले निराश बनेको देखिन्छ । पार्टी एकता प्रक्रिया नै पुरा नहुँदा सोंचिएका कामहरु हुने विषय त रहेन साथै एकता जुन उद्देश्य र सोंचका साथ गरिएको हो, त्यो व्यवहारिक रुपमा राम्रोसँग सम्पन्न गर्न नसक्नुका कारणले थप पीडा महसुस भएजस्तो भएको छ । पार्टी एकता घोषणा गर्दै गर्दा समृद्ध नेपाल र सुखी नेपालीको नारा दिइएको थियो । तर एउटा मजदुरको हिसाबले हेर्दा नेताहरु आफ्नो सीट सुरक्षित गर्न, आफुँ बलियो बन्नको निम्ति मात्रै गरेका हुन् कि भन्ने जस्तो देखिएको छ ।
अहिले माथिदेखि तलसम्म सबै गुटै गुटमा विभाजित भएको देखिन्छ । जसको प्रभाव सबै ठाउँमा आफैं नेता हुनुपर्ने, आफैंले नेतृत्व गर्नुपर्ने मनोविज्ञानको विकास भएको छ । कम्युनिष्ट आन्दोलनमा लागेकाले त गाह्रो काम आफुँले लिने अनि सजिलो काम अरुलाई दिने भन्ने हुन्छ तर त्यस्तो चरित्र कहिँ कतै पनि देखिएको छैन् । केन्द्रदेखि तलसम्मै गुटका आधारमा पदको बाँडफाँड गरिएको छ । काम गर्ने नेता तथा कार्यकर्ता पन्छिने स्थिति बनेको छ । यो प्रवृत्ति पार्टी भविष्य र कम्युनिष्ट आन्दोलनका निम्ति निकै घातक छ ।
(श्रेष्ठ ट्रेड युनियन महासंघका संयोजक हुन्)
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
...
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: