काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले एमसीसी सम्झौतालाई पारित गर्न सरकारले उदासिनता देखाएको आरोप लगाएका छन् । आइतबार सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे बोल्दै उनले नीति तथा कार्यक्रममा समावेश गरेरै जिम्मेवारी र जवाफदेहिताका साथ प्रस्तुत नभएको आरोप लगाए ।
‘अघिल्लो सरकारले गरेको हालसम्मकै सबैभन्दा ठूलो सहयोग सम्बन्धि सम्झौता एमसीसीलाई यो सदनबाट पारित गर्नेबारे सरकारको उदासिनता देखिएको छ’, सभापति देउवाले भने, ‘नीति तथा कार्यक्रममा यसलाई समावेश गरेरै जिम्मेवारी र जवाफदेहितासाथ सरकार अग्रसर हुन सकेको देखिएन ।’
उनले यहि सदनबाटै एमसीसी सम्झौता पारित हुनुपर्ने बताए । देउवाले पुर्ववर्ती सरकारले गरेका निर्णय र सम्झौतालाई उल्लंघन गर्न नमिल्ने चेतावनी दिए । एमसीसी सम्झौता अनिवार्य पारित गर्नुपर्ने भन्दै उनले भने, ‘यहि सदनमा प्रस्तुत गरेर पारित गर्ने प्रक्रिया अघि बढाउन म माग गर्दछु । पुर्ववर्ती सरकारले गरेका निर्णय र सम्झौता उलंघन गर्दै जाने प्रवृत्तिले गलत नजिर स्थापित गर्ने चेतावनी म दिन चाहन्छु ।’
उनले नीति तथा कार्यक्रममा भ्रष्टाचारविरुद्व कारबाही गरिएको भनि जग हसाउने काम भएको बताए । सरकार एकपछि अर्को भ्रष्टाचारको काण्डमा डुबेको आरोप लगाउँदै उनले मन्त्री नै भ्रष्टाचारमा संलग्न भएको घटनाले सरकारको नीति तथा कार्यक्रम उदांगो भएको बताए ।
‘नीति तथा कार्यक्रममा सरकारले सुशासन, शान्ति सुरक्षा कायम गरेको, भ्रष्टाचार विरुद्ध कारवाहिलाई तिब्रता दिएको भनिएको छ, बालिका निर्मला पन्तको बलात्कार र हत्या भएको दुई वर्ष पुग्दैछ यो आपराधिक घटनाका प्रति सरकारको उदासिनता र गैर जिम्मेवार व्यवहारले सुशासन, शान्ति सुरक्षाको विषयमा सरकारी दावालाई चुनौति दिएको छ’, देउवाले भने, ‘भ्रष्टाचारका एक पछि अर्का काण्ड भएका छन, पछिल्लो समयमा सार्वजनिक भएको यति काण्ड हुंदै सेक्युरीटी प्रेस खरिद सम्बन्धि काण्डमा मंत्री नै भ्रष्टाचारमा संलग्न भएको घटनापछि सरकारले भ्रष्टाचार नियन्त्रणको कुरा गर्नु जग हसाउने विषय होईन र ?’
प्रतिकृया लेख्नुहोस्: