काठमाडौं । सरकारले लकडाउनको अवधि लम्ब्याउँदै झन् कडा बनाउने भएको छ । कोरोना भाइरसको महामारी फैलिँदै गएको र कोरोनाकै कारण एक संक्रमितको मृत्यु भएसँगै सरकारले लकडाउनलाई थप कडाई गर्दै लम्ब्याउने भएको हो ।
लकडाउन कडाई गर्दै लम्ब्याउनका लागि आज नै कोभिड–१९ रोकथामसम्बन्धी सरकारी उच्चस्तरीय संयन्त्रको बैठक बस्दैछ । बैठकले सिफारिश गरेसँगै मन्त्रिपरिषदको बैठकबाट आजै पारित गर्ने तयारी भएको जनाइएको छ ।
यसअघि प्रधानमन्त्री केपि शर्मा ओलीले पनि लकडाउनलाई थप कडाई गर्न निर्देशन दिएका थिए । काठमाडौंलगायतका केहि ठाउँमा लकडाउन खुकुलो बनाइएकोमा उनले असन्तुष्टी जनाएका थिए ।
लकडाउन यसअघि जेठ ५ सम्मको लागि लम्ब्याइएको थियो तर लकडाउनको अवधी लम्बि एपनि संक्रमण बढ्दै गएपछि सरकार अझै कडाईका साथ लकडाउनलाई लागु गर्ने योजनामा अगाडि बढेको हो । जनाइएअनुसार सरकारले लकडाउनलाई कडाई गर्न चारवटै सुरक्षाफौजहरुलाई समन्वय गरी परिचालन गर्ने तयारी समेत गरेको छ ।
५ जेठबाट पुनः कम्तिमा कम्तिमा १० दिन लकडाउन थप्ने गरी तयारी भएको उच्च सरकारी स्रोतले जानकारी दियो । जेठ महिना निकै जोखिमले भरिएको रिपोर्टहरु आएपछि सरकारले लकडाउन कडाईका साथ थप्न लागेको हो ।
यसअघि सरकारले लकडाउनबारे चारवटै सुरक्षा निकायका प्रमुख देखि स्वास्थ्य मन्त्रालय, आपूर्ति मन्त्रालयलगायतका अधिकारीहरुको राय संकलन गरेको थियो ।
सरकारले लकडाउन कडाई गर्न यसअघि वितरित सबै पास रद्द गरिसकेको छ । निश्चित क्षेत्र तोकी आधिकारिक परिचयपत्र विना सवारी साधन गुड्न निषेध गरिएको छ । उपत्यकाभित्र पैदल समेत भित्रन निषेध गरिएको छ ।
प्रतिकृया लेख्नुहोस्: