Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

अपहरण भएको ३२ वर्षपछि छोरासँग बाबुआमाको मिलन, कसरी भेटिए ?

\"\"

एजेन्सी । एक चिनियाँ दम्पतीले सन् १९८८ मा एउटा होटेलबाट अपहरणमा परेका आफ्ना छोरासँग ३२ वर्षपछि पुनर्मिलन गर्न पाएका छन्।

बालकक्षाबाट घर फर्कने बेला उनका लागि बुबाले पानी लिन लाग्दा दुई वर्षीय माओ यीन अपहरणमा परेका थिए।

उनका अभिभावकले उनलाई देशभरि खोजे र उनकी आमाले १००,००० भन्दा बढी पर्चा बाँडिन्।

उनीहरूको पुनर्मिलन सोमवार प्रहरीको एउटा पत्रकार सम्मेलनका क्रममा भयो र अहिले ३४ वर्षका ती छोराले आमाबाबुसँग समय बिताउने योजना रहेको बताए।

\'हामीलाई सहयोग गर्ने दशौँ हजार मानिसहरूलाई म धन्यवाद भन्न चाहन्छु,\' आमा ली जीन्झीले भनिन्।

अपहरण कसरी भयो ?
माओ यीन सन् १९८६ फेब्रुअरी २३ मा जन्मिएका थिए। साउथ चाइना मर्निङ् पोस्टसँगको अन्तर्वार्तामा उनकी आमाले उनलाई चलाख, सुन्दर र स्वस्थ बालक भनेकी थिइन्।

सन् १९८८ अक्टोबर १७ मा बुबा माओ जेन्जीन्ङ्सँग बालकक्षाबाट घर आउँदै गर्दा उनले पानी मागे। उनीहरू पानीका लागि एउटा होटलको ढोकामा रोकिए र बुबाले पानी ल्याउँदासम्म माओ हराइसकेका थिए।

परिवारले उनलाई शहरभरि खोज्यो तर भेट्न सकेन।

आमा लीले जागिर छोडेर छोराको खोजी गर्न थालिन् र १० भन्दा बढी प्रान्तमा एक लाखभन्दा बढी पर्चाहरू बाँडिन् तर कुनै सफलता हात लागेन।

त्यसपछिका वर्षहरूमा उनी थुप्रै टिभी कार्यक्रमहरूमा देखा परिन्। उनले ३०० वटा सूचनाका आधारमा छोरालाई खोजिन् तर पत्ता लगाउन सकिनन्।

सन् २००७ मा लीले \'बेबी कम ब्याक होम\' नामक स्वयंसेवी संस्था खोलेर हराएका बालबालिका खोज्न सहयोग गर्न थालिन्।

उनले २७ बालबालिकालाई अभिभावकसँग मिलन गराएको चीनको सञ्चारमाध्यमहरूले बताएका छन्।

कसरी भेटिए ?
सञ्चारमाध्यमका अनुसार गएको एप्रिलमा प्रहरीले सिचुआन प्रान्तमा एउटा बालक ३२ वर्ष अगाडि धर्मपुत्र बनाइएको सूचना पायो।

त्यो स्थान अपहरण भएको स्थानभन्दा झण्डै एक हजार किलोमिटरको दूरीमा छ।

प्रहरीले धर्मपुत्र बनाइएका एकजना ३४ वर्षीय मानिसको डीएनए परीक्षण गर्यो जुन माओ जेन्जीन्ङ र ली जीन्झीसँग मेल खायो।

नाम फेरेर गू निङ्निङ राखिएका माओ यीनले घर सजावटको व्यवसाय गर्छन् र उनले आफ्नो भविष्यमा के गर्ने भन्ने बारेमा अहिल्यै थाहा नभएको बताए।

प्रहरीका अनुसार उनलाई अपहरणकारीले एक बालबच्चाविहीन दम्पतीलाई छ हजार युआनमा बेचेका थिए।

लीलाई चीनको मातृ दिवसको दिन मे १० मा छोरा भेटिएको कुरा सुनाइयो। \'त्यो मैले पाएको सबैभन्दा उत्कृष्ट उपहार थियो,\' लीले भनिन्।

अपहरणबारे अनुसन्धान भने कायम छ।

चीन र बालबालिका अपहरण
दशकौँदेखि चीनमा बालबालिकाको अपहरण र बेचबिखन समस्याको रूपमा रहेको छ।

आधिकारिक तथ्याङ्क नभएपनि \'बेबी कम ब्याक होम\' को वेबसाइटमा छोराको खोजी गर्न १४,८९३ अनुरोध र छोरीको खोजी गर्न ७,४११ अनुरोध राखिएका छन्।

सन् २०१५ मा चीनमा बर्सेनि २०,००० बालबालिका अपहरणमा पर्ने आकलन गरिएको थियो।

सन् २००९ मा चीन सरकारले स्थापना गरेको डीएनए तथ्याङ्कको आधारमा अहिलेसम्म ६,००० भन्दा बढी बालबालिका भेटिइसकेका छन्।

र सन् २०१६ को मेमा सुरु गरिएको पुनर्मिलन परियोजना अन्तर्गत सन् २०१९ को जुनसम्म ४,००० भन्दा बढी हराइरहेका बालबालिका भेटिएका थिए।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending