Khabar Dabali २५ माघ २०८२ शनिबार | 7th February, 2026 Sat
Investment bank

उपत्यकामा कोरोना परीक्षण गराउनेको सङ्ख्या ह्वात्तै बढ्यो

\"\"

काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो साता कोभिड–१९ सङ्क्रमित देखिन थालेसँगै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परीक्षणका लागि आउनेको सङ्ख्या ह्वात्तै बढेको छ । वैशाखको अन्तिमसम्म दैनिक २० देखि ६० जनासम्म परीक्षणका लागि आउने गरेकामा जेठ महिनामा दैनिक झण्डै ७०० परीक्षणका लागि आइरहेको अस्पतालले जनाएको छ ।

परीक्षणका लागि आउनेमध्ये कतिपय सङ्क्रमित जिल्लाबाट आएका, सङ्क्रमित भएका व्यक्तिसँग सम्पर्क भएकादेखि सङ्क्रमणको सम्भावना न्यून रहेका व्यक्तिसमेत रहेको अस्पतालका निर्देशक डा।सागर राजभण्डारीले बताए । अहिले उपत्यकाका अधिकांश नगरपालिकाले आफ्नो नगरमा नफर्कन र फर्कन पर्दा परीक्षण गरेर मात्रै आउन भनिरहेका छन् । यसैले गर्दा अस्पतालमा परीक्षणका लागि आउनेको सङ्ख्या बढिरहेको हो ।

दुई साता पहिलेसम्म परीक्षणका लागि किट पर्याप्त मात्रामा नभए पनि अहिले किट पर्याप्त भएकाले पनि परीक्षणको दायरा बढाइएको छ । केही महिनादेखि काठमाडौँ उपत्यका नछाडेका र सङ्क्रमितको सम्पर्कमा नगएका व्यक्ति पनि त्रासका कारण आफूलाई कोभिड–१९ छ छैन भनी परीक्षण गराउन आइरहेका छन् ।

परीक्षणका लागि आउनेमा नेपालीसँगै विदेशी पनि रहेको डा राजभण्डारीले बताए । कतिपयमा आफूलाई सङ्क्रमण छैन भन्ने लागेपनि कागजातका लागि परीक्षण गराउन आइरहेका छन् । उनले भने, ‘आफ्नो देशमा फर्कनु पहिले परीक्षण गर्नुपर्ने भएकाले पनि उनीहरु आइरहेका छन् ।’

कतिपय व्यक्ति भने उपत्यकाकै एउटा स्थानबाट अर्को स्थानमा जाँदा पनि कतै आफू सङ्क्रमित भइहालेँ कि भनी जचाउन आइरहेका छन् । कतिपय व्यक्ति तरकारी पसल वा अरु कुनै पसल खोल्नका लागि आफूलाई सङ्क्रमण छैन भनि प्रमाणित गराउनका लागि आइरहेका छन् । बैङ्कलगायतका संस्था खुल्दा पहिले बिदाका बसेका कर्मचारी पनि कोभिड–१९ परीक्षण गर्न आएका छन् । बन्दाबन्दीको समयमा पनि भिडभाड भइरहेका कतिपय कार्यालयका कर्मचारी पनि परीक्षणका लागि आइरहेको अस्पतालले जनाएको छ ।

अस्पतालमा अहिले झण्डै पाँचदेखि ७०० सम्म कोभिड–१९ को परीक्षणका लागि आइरहेकामा धेरै व्यक्तिमा सङ्क्रमणको सम्भावना नरहेको अस्पतालका निर्देशक डा सागर राजभण्डारीले बताए । उनका अनुसार जो व्यक्तिमा सङ्क्रमणको सम्भावना छैन भने उसलाई सबै विवरण सुनेर अस्पतालले हरियो कार्ड ९सङ्क्रमण नभएको प्रमाणपत्र० दिएर घर फर्काउने गरेको छ । अस्पतालमा आएकामध्ये ४० प्रतिशत व्यक्तिमा सङ्क्रमणको सम्भावना नभएपनि उनीहरु डराएर जाँच गर्न आइरहेको उनले बताए । उनले भने, ‘अस्पताल आउनेमध्ये हामीले आवश्यकको मात्रै नमूना सङ्कलन गरिरहेका छौँ ।’

वैशाखसम्म दैनिक २० देखि ३० जनासम्म व्यक्ति कोभिड–१९ जाँचका लागि आउने गरेकामा गत मङ्गलबार काठमाडौँ र भक्तपुरमा सङ्क्रमित व्यक्ति फेला परेसँगै यो सङ्ख्या ह्वात्तै बढेको हो । बन्दाबन्दी खुकुलो भएपछि उपत्यका बारिहका जिल्लाबाट धेरै उपत्यका फर्किएका थिए । कतिपय सङ्क्रमित अहिलेसम्म नभेटिएका जिल्लाबाट आएका व्यक्तिसमेत परीक्षणका लागि आइरहेका उनले बताए ।

काठमाडौँ उपत्यका बाहिरका कोरोना सङ्क्रमितको सङ्ख्या बढी रहेको जिल्लाबाट आएका वा सङ्क्रमितको सम्पर्कमा आएका हुनसक्ने, सङ्क्रमण रोकथामका लागि अग्रपङ्तिमा रहेर काम गर्नेहरुको नमूना सङ्कलन भइरहेको डा।राजभण्डारीले बताए । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतका पेशामा रहेर काम गरिरहेका व्यक्तिको व्यक्तिगत रुपमा नमूना सङ्कलन भइरहेको छ । उनले भने, ‘कतिपयले समूहमा गर्न चाहनुहुन्छ तर हामीले जुन व्यक्तिमा सङ्क्रमणको बढी जोखिम छ उसैको परीक्षण गरिरहेका छौँ ।’

यो महिनाको पहिलो दिनदेखि नै अस्पतालमा कोभिड–१९ को परीक्षणका लागि आउनेको सङ्ख्या बढिरहेको छ । यहाँ आएकामध्ये कतिपयको आरडीटी र कतिपयको पिसिआर परीक्षण हुने गरेको छ । सङ्क्रमणको सम्भावना बढी भएका व्यक्तिको पिसिआर परीक्षण र जोखिम कम भएका व्यक्तिको आरडिटी परीक्षण भइरहेको उनले बताए । अहिले सुरक्षाकर्मीहरु पनि समूहमा कोरोना परीक्षणका लागि आइरहेका छन् । नेपाली सेना र सशस्त्र प्रहरीको परीक्षण उनीहरुकै अस्पतालमा गर्दा राम्रो हुने उनले बताए । उनले भने, ‘त्यसो गर्दा यहाँ आउनेहरु छरिन सक्छ ।’

अस्पतालले परीक्षण भएको दुई दिनपछि नतिजा दिने गरेको छ । व्यक्तिले सम्पर्क नम्बर र ठेगाना फरक लेख्ने गर्दा उसलाई सम्पर्क गर्न र पोजेटिभ आउँदा कन्ट्याक ट्रेसिङमा समस्या हुने उनको भनाइ छ । उनीहरु लामो समयदेखि काठमाडौँ बस्ने भएपनि आफ्नो जिल्लाको ठेगाना लेख्ने गरेको पाइएको छ ।

अस्पतालमा आइसियू २० श्यया र आइसोलेशन ३० वटा रहेको छ । अस्पतालले दिँदै आएका अरु सबै सेवा अरु अस्पतालमा सारेपनि अहिलेसम्म रेबिजविरुद्धको खोप यहीँबाट लगाउने गरिएको छ । प्राविधि समस्याका कारण यो सेवा अन्यत्र सार्न नसकिएको अस्पतालले जनाएको छ । अस्पतालको आइसोलेशनमा अहिले १८ जना रहेका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE