Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

नरैनापुरको क्वारेन्टाइनमा ज्यान गुमाएका युवाको मुम्बईदेखि क्वारेन्टाइनसम्मको यस्ताे दर्दनाक कथा

बाँके । ०६० सालमा राप्ती नदीमा आएको बाढीले खेतीयोग्य जमिन बगायो । ०७१ मा फेरि राप्तीकै बाढीले बचेखुचेको जमिन र घरसमेत सोहोर्‍यो ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - परिवार नजिकैको सामुदायिक जंगलमा विस्थापित भएपछि उनका कठोर संघर्षका दिन सुरु भए । यो कथा आइतबार क्वारेन्टाइनमै कोरोनाले ज्यान गुमाएका बाँकेको नरैनापुर गाउँपालिका–५ का २५ वर्षीय युवक (नाम गोप्य)को हो । घर गर्जो टार्न श्रममा घोटिने बलिया पाखुरी उनकै थिए ।

त्यसैले परिवारका सदस्यको पेट पाल्ने जिम्मा लिएर उनी २० वर्षको उमेरमै मुम्बई हानिएका थिए । बुबा, आमा, श्रीमती, चार वर्षका छोरा र दुई वर्षकी छोरी उनकै कमाइबाट पालिएका थिए । मुम्बई जाने र घर फर्किने क्रम चलिरहेकै थियो, घर धानिरहेकै थिए ।

पछिल्लो पटक उनी ६ महिनाअघि मुम्बई गएका थिए । बान्द्रा इस्ट मिकरानी गल्लीस्थित युपी होटेलमा काम थालेका थिए । तर, कोरोना फैलिएसँगै लकडाउन भयो । साहुले होटेल बन्द गरेपछि उनी कामविहीन बने । पछि, काम गरेर खर्च कटाउने सर्तमा केही समय त साहुले खाने र बस्ने व्यवस्था होटेलमै मिलाई दिएका थिए ।

तर, लकडाउन लम्बिँदै गएपछि साहुले घर फर्किन दबाब दिन थाले । बिभिन्न बहाना बनाएर साहुले दुःख दिन थालेपछि युवकसँग घर फर्किनुको विकल्प थिएन । आफूजस्तै दुःख पाएका साथीहरूसँग सल्लाह गरेर घर आउने निर्णय गरे । ७० जनाको समूह २६ वैशाखमा मुम्बईबाट बहराइच आउने ट्रकमा हिंड्यो । यो समूहमा २० जना त नरैनापुरकै थिए ।

‘खान बस्न त परै जावस्, चापाकल समेत छुन दिएनन् । यहाँ बसेर कोरोना सारौला, आफ्नै देश जाऊ भनेर हप्काएपछि हामी साथीहरू मिलेर घर आउने निर्णय गर्‍यौं,’ मुम्बईबाट उनीसँगै फर्किएका नरैनापुर घर भएका उनका एक साथीले भने, ‘हामी मुम्बईबाट केही टाढा बस्थ्यौँ ।

साथीहरूले बहराइच जाने ट्रक तयार गरेको भनेपछि दुई घन्टा पैदल हिंडेर ट्रक चढ्न आइपुग्यौं । २६ वैशाखको बेलुकी ७ बजे हामी मुम्बईबाट ट्रकमा चढ्यौं । हाम्रो समूहमा ७० जना थियौँ, अधिकांश नेपाली नै थियौँ । २० जना त नरैनापुरकै थियौं ।’ उनीहरू सबै अहिले क्वारेन्टाइनमै छन् ।

ती युवकका साथीका अनुसार बेलुकी ७ बजे छुटेको ट्रक रातको १२ बजे चालकले कुनै होटेलमा र्पुयाएर रोके । कसैले होटेलको खाना–खाजा आए, कसैले साथमा ल्याएको रोटी । चालक एकछिन ट्रकमै सुते । राति दुई बजेतिर ट्रक अगाडि बढ्यो । झमझम पानी परिरहेको थियो । ‘एउटै ट्रकमा ७० जना भएकाले हामी त सुत्न मिल्ने कुरै भएन । केही साथीहरूले भने निद्रा खप्न नसकेर एक–अर्काको कुममा अडेस लगाए,’ उनले भने ।

उनका अनुसार २७ वैशाखको बिहान बाटोमा प्रहरीले ट्रक रोकेर चालकलाई केरकार गरेको थियो । दुई घन्टा लामो चेकजाँच पछि ट्रक छाडिदियो । तर, केही अगाडि पुगेपछि चालकले फेरि ट्रक रोके । चालक र सहचालकले आफ्ना लागि भात पकाउन थाले । दिउँसो १२ बजेतिर भात खाइसकेपछि चालकले गाडी अगाडि बढाए । तर, फेरि केही बेरमै प्रहरीले ट्रक रोकेर चालकलाई केरकार गर्‍यो । यतिखेर भने ट्रकमा रहेका सबैलाई एक–एक गर्दै सोधेर हैरान पार्‍यो ।

‘निद्रा र भोकले हाम्रो शरीर एकदमै गलिसकेको थियो । शरीर थेग्न नसकेर म पनि निदाएछु । प्रहरीले केरकार गरेर झस्कायो । कतिपय साथीलाई त लठ्ठीले ताकेर हप्कायो,’ युवकसँगै फर्केका उनका अर्का साथीले भने । प्रहरीले छाडेपछि ट्रक अगाडि बढ्यो । राति ८ बजेतिर खाना खान ट्रक फेरि रोकियो । ‘चालकले आफूलाई भोक लागेपछि मात्रै खाने ठाउँमा रोक्थ्यो, अनि हामीलाई पनि खान भन्थ्यो,’ उनले भने ।

२८ वैशाखमा पनि अघिल्ला दिनका जस्तै यात्रा भयो । निरन्तर पानी परिरहेकाले ठाउँ–ठाउँमा पहिरो पनि गएको थियो । त्यसैले वेलावेला रोकिनुपथ्र्यो । २९ वैशाखको बिहान लखनउ ल्याएको ट्रकले साँझ बहराइच छडिदियो । ‘बहराइचमा हामीलाई ओरालेर ट्रक आफ्नो बाटो लाग्यो । हामी राति नै मिनीट्रक चढेर २० किलोमिटर उत्तरतर्फ आयौं,’ युवकका साथीले भने, ‘ट्रकले मिहिपूर्वामा ओरालिदियो ।

त्यसपछि हामी कहिले हिँड्दै, कहिले ट्याक्टर त कहिले टेम्पो चढ्दै ३० वैशाखको बिहान १० बजेतिर नेपाल–भारत सीमा भगवानपुर नाका आइपुग्यौं ।’ उनीहरू भगवानपुर आइपुग्दा अन्य ठाउँबाट आएका नेपाली पनि देश भित्रिने समय पर्खिरहेका थिए । मुम्बईबाट आएको टोली पनि त्यही भिडमा मिसियो । तर, देश छिर्न सशस्त्र प्रहरीले रोकिरहेको थियो ।

‘त्यहींबाट हामीले नरैनापुरका अध्यक्ष, राजनीतिक दलका नेता, वडाध्यक्ष र आफन्तलाई गुर्हायौं । क्वारेन्टाइनमा बस्ने सहमतिमा बल्लतल्ल प्रहरीले नेपाल प्रवेश गर्ने अनुमति दियो,’ अहिले क्वारेन्टाइनमै रहेका उनका ती साथीले भने, ‘भगवानपुर नाकाबाट नेपाल प्रवेश गर्दा झन्डै ९० जना सँगै थियौँ ।’

नाकाबाट दुई घन्टा पैदल हिँडेर २० जनाको टोली नरैनापुर–५ स्थित दीपेन्द्र प्राविको क्वारेन्टाइनमा पुग्यो । क्वारेन्टाइनमा पनि आफू र युवक एउटै कोठामा बसेको उनले बताए । एउटै गाउँ र समान उमेर समूहका भएकाले पनि आफूहरू नजिक–नजिकको ओछ्यानमा सुतेको उनले सुनाए । ‘क्वारेन्टाइनमा घर परिवारका दुःख सुखका गफ गथ्र्यौ । उनी लकडाउनका कारण रमजान मनाउन नपाइने भयो भन्थ्योे । मैले बाँच्यौँ भने अर्को वर्ष मनाउँला नि भनेर सम्झाउँथे,’ उनले भने ।

नरैनापुरको क्वारेन्टाइनमा स्वाब परीक्षण गर्दा ६ जनामा कोरोना पुष्टि भएपछि शनिबार अन्यको पनि स्वाब संकलन गरिएको थियो । युवक र उनका साथीले पनि परीक्षणका लागि स्वाब दिएका थिए । नियमित जस्तै त्यस दिन पनि राति ८ बजेतिर दुवैले सँगै खाना खाए । गर्मी भएकाले ११ बजेसम्म विद्यालयको प्राङ्गणमा बसेर गफगाफ गरे ।

परिवार र इष्टमित्रलाई फोन गरे । ‘उहाँले राति १० बजेतिर फोन गर्नुभएको थियो,’ युवककी पत्नीले भनिन्, ‘मेरो स्वास्थ्य राम्रो छ, चिन्ता नलिनु भनेर सम्झाउनु भएको थियो । मैले पनि स्वास्थ्यको ख्याल गर्नु, धेरै चिन्ता नलिनु भनेर सम्झाएँ । तर, भोलिपल्टै अप्रिय खबर आयो ।’

मुम्बईबाट देश आइपुग्न जति पीडा भयो, क्वारेन्टाइनमा बस्दा झन् धेरै कष्ट भएको युवकका साथीले बताए । शनिबार ११ बजेपछि दुवै सँगै सुतेको, तर केही घन्टामै उनलाई समस्या भएको उनका साथीले बताए । ‘म त निद्रामै थिएँ । राति २ बजेतिर गाह्रो भएर उसले बाहिर निस्किएर उल्टी गरेछ ।

क्वारेन्टाइनमै बस्ने अर्को साथीले बोलाएपछि मात्रै मैले थाहा पाएँ । म बाहिर निस्किँदासम्म उसले उल्टी गरिरहेको थियो,’ क्वारेन्टाइनमा सँगै रहेका ती साथीले भने, ‘लगातार सात–आठ पटक उल्टी गर्‍यो । शरीर झमझम भएको बताएको थियो । आँखाले देख्न सकेको छैन, टाउको र पेट दुखेको छ भन्थ्यो ।’ आफूले दिएको पानी पनि निल्न नसकेको उनले बताए ।

उनले राति नै वडाध्यक्ष र स्वास्थ्यकर्मीलाई फोन गरे । तर, कसैले पनि फोन उठाएनन् । ‘वडाध्यक्ष र स्वास्थ्यकर्मीले फोन उठाएनन् । क्वारेन्टाइनमा सुरक्षार्थ खटिएका प्रहरी नेताको घरमा गएका थिए । ती प्रहरीले आफ्ना छोरालाई क्वारेन्टाइन हेर्ने जिम्मा दिएका थिए । उनले खबर गरेको झन्डै दुई घन्टापछि बिहान ५ः३० बजेतिर मात्रै स्वास्थ्यकर्मी आए, त्यतिवेलासम्म युवकको बोली बन्द भइसकेको थियो ।

हाम्रो कुरा सुन्थे, तर फर्काउन सक्दैनथे । इसारा मात्रै गर्थे,’ ती साथीले भने, ‘स्वास्थ्यकर्मीले चेकजाँच नगरीकनै तीन मिटर टाढाबाटै औषधि दिएर फर्किए । मलाई पानी र औषधि खुवाउन आदेश दिए । पानी समेत पिउन नसक्ने साथीले औषधि खान सक्ने कुरै भएन । अन्ततः आइतबार बिहान करिब ६ बजेतिर उनले देहत्याग गरे ।’

उनका अनुसार युवकको मृत्युपछि स्वास्थ्यकर्मी आएर नाडी छामछुम गरे । साढे ६ बजे एम्बुलेन्स पनि आइपुग्यो । मरिसकेको व्यक्तिलाई जिउँदै छ भन्दै एम्बुलेन्समा राखेर उपचारका लागि नेपालगन्ज लैजाने बहाना गरेको क्वारेन्टाइनमा रहेका उनका साथीहरूको आरोप छ । ‘समयमै औषधि पाएको भए ऊ बाँच्थ्यो होला ।

मलाई बचाउ भनेर उसले हामीसँग धेरै हारगुहार गर्‍यो । औषधि र पानी माग्यो,’ मुम्बईबाटै फर्किएका उनका अर्का साथीले भने, ‘उसको मृत्युमा क्वारेन्टाइन व्यवस्थापन समिति, स्वास्थ्यकर्मी र गाउँपालिकाको ठूलो गल्ती छ । एक ट्याब्लेट औषधि समेत नपाएर उसले मर्नुपर्‍यो ।’ स्वाब परीक्षणको रिपोर्ट नआउँदै युवकको मृत्यु भएको थियो । पछि, रिपोर्टमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गर्‍यो ।

एउटा क्वारेन्टाइनमा पाँच जना चिकित्सकको टोली हुनुपर्ने कानुनी व्यवस्था छ । तर, दीपेन्द्र प्राविको क्वारेन्टाइनमा ती युवकको मृत्यु हुँदा स्वास्थ्यकर्मी नै थिएनन् । स्वास्थ्यकर्मीको अभाव भएकाले एउटा क्वारेन्टाइनमा एक जना मात्रै खटाइएको नरैनापुरका स्वास्थ्य शाखा प्रमुख मोइन खानले बताए ।

दीपेन्द्र प्राविको क्वारेन्टाइनमा भारतबाट आएका ४३ जना बस्दै आएकोमा एकको मृत्युपछि अन्य ३८ जनालाई जयकिसान माविको खुला चौरमा सारिएको छ । उनीहरूलाई सामान्य टेन्टमा राखिएको छ । क्वारेन्टाइन व्यवस्थित गर्न टेन्टमा सारिएको स्वास्थ्य शाखा प्रमुख खानले बताए ।

क्वारेन्टाइनभित्रै युवकको मृत्यु हुनुले एकातिर राज्यको जिम्मेवारीमाथि प्रश्न उठेको छ भने अर्कातिर एक विपन्न परिवारको भविष्यमाथि समस्या जन्मिएको छ । बाढीले घरखेत बढारेपछि सामुदायिक जंगलको जग्गामा बस्दै आएको परिवारलाई आफ्नै जमिनमा सानो पक्की घर बनाएर राख्ने लक्ष्य थियो युवकको । छोराले पटक–पटक दिएको यो आश्वासनले बाबुलाई यतिवेला नराम्रोसँग पोलेको छ ।

‘कमाएर सानै भए पनि पक्की घरमा तपाईंहरूलाई राख्छु भन्थ्यो, तर उसका योजना दैवले तुहाइदियो,’ गहभरि आँशु लिँदै उनका बाबुले भने, ‘खेतीपाती गर्ने जमिन छैन । एक दिन काम नगरे छाक टार्न मुस्किल पर्छ । घरकै समस्या देखेर सानैदेखि छोरो भारत जान थाल्यो । बल्लतल्ल काम खोजेर घरखर्च पठाउँथ्यो । उसकै भरमा सबै चलेको थियो । हाम्रो त टेको नै भाँचियो ।’

परिवारलाई दुःखबाट उकास्न उनी रोजगारीका लागि मुम्बई गएका थिए । ‘म त आफै जान्छु भन्थें, उसलाई घरै बस भनेको हो,’ उनका बाबुले भने, ‘तर, मानेन । तपाईं घर हेर्नु, म जान्छु कमाउन भन्यो । अहिले यो दिन आइलाग्यो ।’

रमजान मनाउन घर फर्किने वाचासहित उनी पछिल्लो पटक ६ महिनाअघि मुम्बई गएका थिए । यस वर्ष रमजानमा व्रत बस्ने र परिवारसँगै रमाइलो गर्ने उनको योजना थियो । तर, सयौँ हन्डर खाँदै घर नजिकै आइपुगेका उनले घर नपुग्दै क्वारेन्टाइनमै देहत्याग गरे । परिवार मात्रै होइन, सिँगो गाउँ शोकमा डुबेको छ । गाउँले एउटा मिहिनेती र इमानदार युवक गुमाएको उनका छिमेकीहरू बताउँछन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy