Khabar Dabali २५ माघ २०८२ शनिबार | 7th February, 2026 Sat
Investment bank

यी हुन् बङ्गालको खाडीमा उत्पन्न चक्रवातले नेपालमा पार्न सक्ने तीन प्रभाव, सतर्क रहन आग्रह

\"\"

काठमाडौं । बङ्ग्लादेश र उत्तर-पूर्वी भारतीय राज्यहरूलाई ठूलो प्रभाव पार्ने ठानिएको एउटा शक्तिशाली चक्रवातले नेपालमा पनि अप्रत्यक्ष मौसमी प्रभाव पर्ने मौसमविद्हरूले बताएका छन्।

उनीहरूका अनुसार बङ्गालको खाडीबाट उत्पन्न भएको अम्पुन नामक शक्तिशाली चक्रवातले खासगरि नेपालको पूर्वी तथा मध्य भागलाई बढी प्रभावित बनाउनेछ।

यसअघि पनि हिन्द महासागर तथा त्यस क्षेत्रमा देखापर्ने चक्रवातका कारण नेपालमा पनि मौसमी प्रभाव पर्ने गरेका थिए।

कतिपय अवस्थामा त्यस्ता मौसमी प्रभावका कारण प्राकृतिक विपद् आउने गर्छन्।

गत वर्ष पनि भारतको ओडिशामा धनजनको क्षति पुर्‍याएको फणि नामको चक्रवातले नेपालको सगरमाथा क्षेत्रसम्म पनि प्रभाव पारेको थियो।

अहिले दक्षिण बङ्गालको खाडीमा विकसित भइरहेको अम्पुन नामक चक्रवातले नेपालमा पार्नसक्ने प्रभावबारे बीबीसीले केही मौसमविद्हरूसँग कुराकानी गरेको छ।

उनीहरूका अनुसार उक्त चक्रवातका कारण नेपालमा देखा पर्नसक्ने तीनवटा मुख्य प्रभावहरू यस्ता छन् :

१. मध्यम तथा ठूलो वर्षा
अम्पुन चक्रवातका कारण नेपालको पूर्वी र मध्यभागमा मध्यमदेखि ठूलो वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले बताए।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले पनि आगामी तीनदेखि चार दिनसम्म उक्त चक्रवातका कारण नेपालको मौसम प्रभावित हुने जनाएको छ।

महाशाखाकी मौसमविद् गंगा नगरकोटीले भनिन्, \'यो चक्रवातको प्रभाव नेपालको पूर्वी र मध्य भू-भागमा पर्ने देखिन्छ। त्यस क्षेत्रमा पूर्ण रूपमा बदली भएर वर्षा र चट्ट्याङको सम्भावना रहन्छ।\'

जल तथा मौसम विज्ञान विभागका पूर्व उप-महानिर्देशक राजेन्द्र श्रेष्ठले पनि नेपालको पूर्वी र मध्य क्षेत्रमा वर्षा हुने देखिएको बताए। उनले भने, \'यसको डायमिटर (व्यास) धेरै भएकाले नेपालमा पनि बादल बढ्ने र पानी पर्ने हुन्छ।\'

उनले चट्याङ् पर्ने सम्भावना पनि रहेको बताए। नेपालमा अहिले स्थानीय वायु पनि सक्रिय रहेको र गर्मी मौसम भएकाले मेघ गर्जनसहितको वर्षा हुने उनको अनुमान छ।

उच्च पहाडी क्षेत्रमा भने हिमपात हुने पनि मौसमविद्हरूले बताएका छन्।

२. खहरे उर्लने सम्भावना
चक्रवातको प्रभावले हुने वर्षा र हिमपातका कारण पूर्वी र मध्य नेपालका सानाखाले खोलाहरू र खहरेहरूमा पानीको मात्रा बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका जलविद्ले बताएका छन्।

उनीहरूका अनुसार ठूला नदीहरूमा भने जलस्तर बढे पनि खतराको तह पार गर्ने सम्भावना कम रहेको प्रक्षेपण गरिएको छ।

विभागका सूचना अधिकारीसमेत रहेका जलविद् विक्रम श्रेष्ठ जुवाले भने, \'हाम्रा प्रणालीहरूले ठूला नदीमा चेतावनीको तह नै पार गर्ने देखाएका छैनन्। हाम्रो प्रणालीमा साना खोलाहरूको यकिन अवस्था देखिँदैन। हामीले पूर्वी भेगमा साना खोला र खहरेहरूमा पानी बढ्ने अनुमान गरेका छौँ। साना खोलाहरूमा यति नै पानी बढ्छ भन्नसक्ने अवस्था चाहिँ छैन।\'

विभागका पूर्व उप-महानिर्देशक राजेन्द्र श्रेष्ठले पनि हिमपात र वर्षा हुने भएकाले त्यसले साना खोलादेखि ठूला नदीहरूमा समेत पानीको मात्रा बढाउने सम्भावना रहने बताए।

३. हावाहुरी चल्ने
चक्रवातका कारण नेपालको पूर्वी र मध्य क्षेत्रमा लगातार सिमसिम पानी पर्दै हावाहुरी लाग्ने सम्भावना पनि रहेको मौसमविद्हरूले बताए।

त्यसले गर्दा कतिपय पूर्वाधारहरूमा क्षति पुर्‍याउनुका साथै रूखहरू लडाउनसक्ने उनीहरूको भनाइ छ।

नेपालसम्म आइपुग्दा हावाको गति निकै कमजोर भए पनि त्यसले विद्युत तथा टेलिफोनका पोलहरू लडाउनसक्ने पूर्व उप-महानिर्देशक श्रेष्ठले बताए। उनले भने, \'नेपालमा समुद्र नभएकाले धेरै ठूलो हावाहुरी चल्दैन तर मध्यम खालको हावाहुरीले पनि कुनै स्थानमा पोलहरू लडाउन सक्ने भएकाले हामी तयार भएर चाहिँ बस्नुपर्छ।\'

लकडाउनका कारण हवाई उडानहरू बन्द भएकाले अहिले त्यसतर्फ भन्दा पनि पोलहरू तथा कतिपय स्थानका छानोहरू उडाउन सक्ने भएकाले विशेष ध्यान दिनुपर्ने उनले बताए।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् नगरकोटीले मङ्गलवार र बुधवार हावाहुरीको सम्भावना कम देखिएको तर बिहीवार भने हावाहुरी चल्नसक्ने जानकारी दिइन्।

सुझाव
मौसम तथा जलविद्हरूले सर्वसाधारणलाई विभिन्न मौसमी गतिविधिबाट उत्पन्न हुने अवस्थासँग सतर्क रहन आग्रह पनि गरेका छन्।

उनीहरूले विशेषगरी पूर्वी नेपालका साना खोलाहरूमा बाढी आउने भएकाले त्यस्ता खोलाहरू वरपर बस्नेहरू सतर्क रहनुपर्ने बताए।

त्यस्तै हिमाली क्षेत्रमा रहेका बासिन्दाहरूले हिमपात र सानाखाले हिमपहिरोप्रति पनि सचेत हुनुपर्ने उनीहरूको सुझाव छ।

मौसमविद्हरूले चट्याङ् र हावाहुरीबाट बच्ने उपायहरू अपनाउन पनि सर्वसाधारणलाई आग्रह गरेका छन्।

अम्पुन चक्रवात
भारत र बाङ्ग्लादेशले दक्षिण बङ्गालको खाडीमा विकसित भइरहेको उक्त चक्रवातबाट प्रभावित हुने करिब २० लाख मानिसहरूको उद्धार गर्ने तयारी गरिरहेका छन्।

मौसमविद्हरूले उक्त चक्रवातका क्रममा बङ्गालको खाडीमा हावाको गति २२० देखि २४० किलोमिटर प्रतिघण्टासम्म पुग्नसक्ने बताएका छन्।

उक्त चक्रवातले बुधवार जमिनमा प्रहार गर्ने अनुमान गरिएको छ।

बङ्गालको खाडीमा आउन लागेको यो सन् १९९९ यताकै पहिलो सबैभन्दा शक्तिहाली चक्रवात हुनेछ।

यो चक्रवात भारतको पश्चिम बङ्गालहुँदै पूर्वोत्तरतर्फ लाग्ने बताइएको छ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE