Ntc summer Offer
Khabar Dabali १० पुष २०८१ बुधबार | 25th December, 2024 Wed
Investment bank

अहिलेको कोरोना संक्रमण दोस्रो वेभ हुनसक्छ : जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डे

काठमाडाैं । नेपालमा कोरोना संक्रमणको पहिलो वेब जनवरी र फेब्रुअरीमा आएको मेरो निस्कर्ष छ । त्यो बेला काठमाडौं लगायत देशभर निकै कडा खालको रुघाखोकी तथा ज्वरो फैलिएको थियो । उक्त समयमा उच्च ज्वरोको कारण केहि व्यक्तिको मृत्यु भएको समाचार हामीले पढेका थियौं । यसलाई पुष्टि गर्ने केहि आधार छन् ।

१. बेलायतबाट प्रकाशित हुने डेलिमेल लगायत धेरै पत्रिकाले त्यो बेला लेखेका थिए कि नेपाल भ्रमण गरेर स्पेन फर्किएपछि एकजना स्पेनिशको फेब्रुअरी १३ मा भेलेन्सिया अस्पतालमा कोरोना संक्रमणको कारण मृत्यु भएको थियो । त्यो नै स्पेनको कोरोना संक्रमणबाट भएको पहिलो मृत्यु थियो ।

२. फेब्रुअरी २७ मा नेपालबाट अस्ट्रेलिया गएका एक बिद्यार्थीलाई तास्मानियामा परिक्षण गर्दा कोरोना संक्रमण पोजिटिभ देखिएको थियो ।

३. माघ तथा फाल्गुनमा उच्च ज्वरोको कारण नेपालका बिभिन्न ठाउँमा केहि मृत्यु भएका थिए ।

४. फाल्गुन तथा चैत्रमा संसारभर कोरोना संक्रमण तीब्र गतिमा फैलिंदा नेपालमा अत्यन्तै न्यून केस देखिएका थिए । यसबाट के अनुमान लगाउन सकिन्छ भने नेपालको केहि जनसंख्या कोरोना संक्रमण बिरुद्ध इम्युन भएको हुनसक्छ । बैशाखसम्म एकजना बिरामी पनि आइसीयु तथा भेन्टिलेटरमा बस्नु परेको थिएन । त्यस्तै कसैको पनि मृत्यु भएको थिएन ।

५. नेपालका अधिकांश ठाउँमा र्यापिड टेस्ट पोजिटिभ भएका व्यक्तिलाई PCR टेस्ट गर्दा नेगेटिभ देखिएको छ । र्यापिड टेस्टमा ३० देखि ६० प्रतिशत फल्स रिपोर्ट आउँछ, १०० % फल्स रिपोर्ट आउंदैन । र्यापिड टेस्ट पोजिटिभ तथा PCR टेस्ट नेगेटिभको अर्थ के हुन्छ भने अहिले सक्रिय संक्रमण छैन तर पहिले संक्रमण भएर शरीरमा एन्टिबोडी बिकास भएको छ ।

६. हालसम्म र्यापिड टेस्ट पोजिटिभ भएका व्यक्तिहरुको क्लस्टर अध्ययन गर्ने हो भने कुन कुन ठाउँमा कोरोना फैलिएको थियो भनेर अनुसन्धान गर्न सजिलो हुन्छ ।

७. गुल्मीको मदाने गाउँपालिका शिक्षकलाई जन्डिस तथा निमोनियाको संकेत भनेर स्थानीय स्वास्थ्य केन्द्रमा उपचार गर्दा निको भएन । उनलाई बुटवल रिफर गरियो । बुटवलको क्रिम्सन अस्पतालमा ल्याउँदा उनलाई सास फेर्न निकै गाह्रो भएको थियो । त्यसैले भेन्टिलेटरमा राखियो । उनको कोरोना टेस्ट पोजिटिभ देखियो । उनको ट्राभल हिस्ट्री छैन । गाउँमा कसैलाई कोरोना पोजिटिभ देखिएको थिएन । यो किसिमका केस अधिराज्यभर फाट्टफुट्ट देखिएका छन् । यसको अर्थ के हुन्छ भने नेपालका बिभिन्न गाउँमा कोरोना संक्रमणको अवशेष अहिले पनि छ ।

यी केसको आधारमा के भन्न सकिन्छ भने नेपालमा जनवरी र फेब्रुअरीमा कोरोना संक्रमणको पहिलो वेभ आएको थियो ।

कोरोना संक्रमणको दोस्रो वेभ :

अप्रिल र मे मा नेपालमा कोरोना संक्रमणको दोस्रो वेभ आएको छ । यो वेभ खास गरेर भारतबाट आएका नेपाली र उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुमा ब्यापक मात्रामा देखिएको छ । परिक्षणको दायरा निकै साँगुरो भएकोले यो वेभको क्षेत्रफल अध्ययन हुन सकेको छैन । अहिले भारतसंग जोडिएका सिमाना, त्यहाँबाट बिभिन्न गाउँ तथा सहरमा पुगेका व्यक्ति र उनीहरुको सम्पर्कमा आएका व्यक्ति, क्वारेन्टाइनमा बसेका व्यक्तिमा धरै देखिएको छ ।

संक्रमण फैलिएको इन्डिकेटर बताउने समुह जस्तै डाक्टर, नर्स, सुरक्षाकर्मी, सफाइकर्मी, संचारकर्मी, बालबालिका तथा सक्रिय उमेरका व्यक्तिमा बिभिन्न ठाउँमा छरिएर देखिएको छ । यो वेभ साउनसम्म तीब्र गतिमा फैलिने देखिन्छ । रोकथामका उपायलाई गम्भीर रुपमा परिचालन नगर्ने हो भने साउन मसान्तसम्म नेपालमा २४ हजार व्यक्ति संक्रमित हुने मेरो निस्कर्ष छ । यसको १५ % अर्थात ३६०० जनालाई अस्पतालको सेवा आबश्यक पर्न सक्छ भने १२०० जनालाई आइसीयु / भेन्टिलेटर आबश्यक हुनसक्छ । गुणस्तरीय उपचार र तयारी नभएमा करिब ६०० जनाको मृत्यु हुनसक्छ । यो ग्यारेन्टी होइन, मेरो अध्ययन र विश्लेषण हो । राज्यले न्युनतम यो संख्याको उपचारको लागि र मृत्युदर घटाउन गम्भीर तयारी गर्नुपर्ने देखिन्छ ।

तेस्रो वेभ :

विश्वका बिभिन्न देशमा भएको अध्ययन अनुसार नोभेम्बरदेखि तेस्रो वेभ सुरु हुनेछ । नेपालको सन्दर्भ हेर्ने हो भने तेस्रो वेभ मंसिर, पुस र माघसम्म रहने देखिन्छ । यो वेभ दोस्रो वेभभन्दा कमजोर हुने प्रक्षेपण गर्न सकिन्छ । यो वेभ आउने बेलासम्म कोभिड १९ को औषधि तथा खोपमा धेरै प्रगति हुने अनुमान गर्न सकिन्छ । राज्यले बिज्ञहरुको टास्क फोर्स बनाएर यो अवस्था नियन्त्रण गर्न आबश्यक पहल गर्नु जरुरी छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy